Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, September 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मिटर ब्याजी गजेन्द्र मास्केको जालमा सर्वसाधारण: घरजग्गा गुम्दै,परिवार विखण्डन हुँदै

Sambridinews by Sambridinews
आइतवार, पुस १३, २०८२
in TOP STORIES, अर्थ, जीवन शैली, समाचार
0
मिटर ब्याजी गजेन्द्र मास्केको जालमा सर्वसाधारण: घरजग्गा गुम्दै,परिवार विखण्डन हुँदै
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – छोटो समयमा मोटो रकम कमाउने लोभले काठमाडौं उपत्यकामा मिटर ब्याजको अवैध धन्दा खतरनाक रूपमा फैलिरहेको छ। मासिक चर्को ब्याजदरमा गरिने यो कारोबारले सयौं परिवारलाई सर्वस्व गुमाउन बाध्य तुल्याइरहेको छ। घरजग्गा सखाप हुनुदेखि परिवार विखण्डनसम्मको पीडा भोगिरहेका पीडितहरूको संख्या दिनहुँ बढ्दै गएको छ।

काठमाडौं प्रहरीका अनुसार दैनिक सयौं जना मानिस आर्थिक कारोबारसँग सम्बन्धित गुनासो लिएर प्रहरी कार्यालय धाउने गरेका छन्। जानकारहरूका अनुसार मिटर ब्याजको धन्दाले आफन्तजन, साथीभाइ र परिवारमा विलाप मात्र निम्त्याएको छैन, सम्पूर्ण सामाजिक संरचनामा नै आघात पुर्‍याइरहेको छ। कतिपयले एक करोडदेखि चार करोडसम्मको रकम डुबाएर भागेको पीडितहरूले बताएका छन् भने लगानी उठ्न नसकेपछि कतिपय घर छोडेर सम्पर्कविहीन बनेका छन्।

You might also like

आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल

माइडियाको दसैँ विशेष योजना सार्वजनिक: ३७,७०० रुपैयाँसम्म क्यासब्याक र आकर्षक उपहार

२०८३ भाद्र १० गतेको त्यो कालो दिन: रसुवाको एउटा कारुणिक कथा

संघीय राजधानी काठमाडौंको मुटुमा रहेको नागर्जुन नगरपालिका वडा नम्बर ६ टौखेलस्थित एक कोलोनीमा बसोबास गर्दै आएका गजेन्द्र मास्के उर्फ मिटरव्याजीको नाम अहिले काठमाडौंभरि चर्चामा छ। विभिन्न समाचार माध्यममा मास्केको धन्दाबारे खुलासा भएपछि पीडितहरू भटाभट सम्पर्कमा आउन थालेका छन्। काठमाडौं उपत्यकामा विरेन्द्र लाल श्रेष्ठपछिको मिटर ब्याजका किङ भनेर चिनिने मास्केको धन्दा गर्ने तरिका नौलो र खतरनाक रहेको खुलेको छ।

नागर्जुन नगरपालिका ६ मा गाईफार्म सञ्चालन गर्दै आएका कुमार लामिछानेबाट ७५ लाखको ५ करोड असुलेको खुलासापछि मास्केको अनुचित लेनदेनको नाङ्गो नाच बाहिरिन थालेको छ। मास्केले लगानी गर्दा धितो बापत हस्ताक्षर गरेको चेक लिनुका साथै तमसुक गराउँदै लाखको दशहजारको दरले व्याज पहिल्यै कटाउने गरेको पाइएको छ। त्यसपछि रकम असुली हुँदा प्रहरीकै सेटिङमा चेक बाउन्स गरी मुद्दा चलाउने गरेको पीडितहरूले बताएका छन्।

त्यस्तै मास्केले नागर्जुनका चामल व्यापारी ताहिर हुसेनलाई २५ लाख लगानी गरी २ करोड असुली गरेको खुलेको छ। त्यसपछि धितो स्वरूप हस्ताक्षर गरी दिएको चेकमा आफूखुशी रकम भरी उनी लगायत परिवारको नाममा रहेको १६ रोपनी जग्गा रोक्का राख्ने सर्तसम्म आइपुगेको छ।

यसैगरी काठमाडौंस्थित न्युरोडका गहना व्यापारी सुरेश सराफलाई १२ लाख रुपैयाँ लगानी गरी ६ महिना भित्रै ३० लाख असुली गरेपछि धितो स्वरूप हस्ताक्षर गरेर दिएको चेकमा ३६ लाख रुपैयाँ भरी मुद्दा चलाएको पाइएको छ। त्यो मात्र होइन, सोही १२ लाख रुपैयाँ लगानी गरेबापत १४ केजी चाँदी धितो स्वरूप लगेकोमा फिर्ता नगरी पचाएको सराफले गुनासो गरेका छन्।

मिटरव्याजीका राजा गजेन्द्र मास्केका कारण म व्यवसायबाट पलायन हुनुपर्ने अवस्थामा पुगेँ, सराफ भन्छन्,मैले व्यापार बढाउन १२ लाख रुपैयाँ लिएको थिएँ, ६ महिना भित्र ३० लाख तिरेँ अनि धितो स्वरूप दिएको चेक फिर्ता दिन्छु भन्थे। पछि बाउन्स गरी ३६ लाख रुपैयाँ रकम भरी मुद्दा चलाएको रहेछन्। तपाईं सञ्चारकर्मीहरूलाई बल्ल थाहा भयो यो त फिल्मी स्टाइलको ठग हो।

सुरेशले यसको चारवटा बैंक अकाउन्ट रहेको र सम्बन्धित निकायले छानबिन गर्दा प्रष्ट हुने बताएका छन्। यसै गरी न्युरोडकै शंकर भन्ने एक व्यापारीले पनि सम्पर्क गरी नयाँ तथ्यको खुलासा गर्ने बताएका छन्।

मिटर ब्याज कारोबारमा तीन थरीका गिरोह संलग्न रहेको खुलेको छ। पहिलो गिरोह लगानी गर्न प्रोत्साहित गर्नेहरूको हो। व्यावसायिक रूपमा नजिक रहेका, चिनजान भएका आधारमा र सानोतिनो व्यावसायिक सम्बन्ध भएकाले नै एकअर्कालाई यो धन्दामा लगानी गर्न प्रोत्साहित गर्ने काम यसै गिरोहले गर्दछ।

अर्को गिरोह वित्तीय संस्थामा ऋण धितो राखेर रकम निकाल्नेहरूको रहेको छ। विभिन्न व्यावसायिक फर्म दर्ता गरी धितो बन्धकी राखेर वित्तीय संस्थाबाट ऋण निकाल्ने र सुरुसुरुमा आकर्षक ब्याज दिई विश्वास दिलाउने काम यही गिरोहले गर्छ। बिस्तारै लगानीकर्ताको विश्वास जितेपछि एकैपटक ठूलो रकम लगानी हुने गर्दछ।

तेस्रो गिरोहले लगानी भएको रकम संकलन गर्ने, कमिसन दिनुपर्ने ठाउँमा दिने, राजनीतिक संरक्षणका लागि पहल गर्ने काम गर्दछ। यसरी संस्थागत रूपमा भइरहेको ठगीमा परेकाहरूले उजुरी दिन थालेपछि मुख्य व्यक्तिलाई भगाउने र सबै दोष उसैमाथि खन्याएर आफ्नो हिस्सामा आएको रकम लिने गरिएको पाइएको छ।

बैंकको मिलोमतो

मिटर ब्याज कारोबारको जालो वित्तीय संस्थासम्म फैलिएको छ। सामान्य कारोबारका लागि ऋण दिन धेरै सास्ती भोग्नुपरे पनि मिटर ब्याज कारोबारीलाई भने वित्तीय संस्थाले सजिलै ऋण दिने गरेको खुलेको छ। सरकारी तथा निजी क्षेत्रका बैंकका कर्मचारी यो धन्दामा संलग्न रहेको आरोप लागिरहेको छ।

मिटर ब्याजमा कारोबार गर्ने अधिकांशका नाममा विभिन्न बैंकमा ठूला–ठूला व्यावसायिक कर्जा रहेको तर तिनको व्यवसाय कहीँकतै केही पनि नदेखिने गरेको पाइएको छ। राष्ट्रिय वाणिज्य बैंकका एक अधिकारीले भने,वाणिज्य बैंकले नै प्रवाह गरेका कर्जा हेर्ने हो भने यस्ता एक दर्जन बढी व्यावसायिक कर्जा भेटिन्छन्, जसका नाममा कर्जा छन् तर व्यवसाय छैनन्।

बैंकका कर्मचारीलाई आकर्षक कमिसन दिएर यसरी कर्जा लिने र मिटर ब्याजमा लगानी गर्ने गरिएको खुलासा भएको छ। बैंकका कर्मचारीमार्फत सहज तरिकाले ऋण निकाल्ने र मिटर ब्याजमा लगाउने प्रवृत्तिले गर्दा व्यवसाय गर्न कर्जा पाउनेहरूका लागि ऋण लिन निकै गाह्रो हुँदै गएको सेवाग्राहीको गुनासो छ।

निजी क्षेत्रको बैंक अफ काठमाडौंले त मिटर ब्याजमा संलग्न व्यक्तिहरूका नाममा भएको कम्पनीविरुद्ध प्रहरीमा उजुरीसमेत गरेको छ। बैंकले शंकास्पद रहेको धितोमा फर्जी कागजपत्र तयार गरेको भन्दै छानबिनका लागि प्रहरीमा उजुरी गरेको हो। तर पीडितले भने बैंकको मिलोमतोमा ठूलो रकम धितोवालाको सहमतिबिना नै कर्जा दिएको आरोप लगाउँदै आएका छन्।

कानुनी अभावमा कारण कारबाहीमा समस्या

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले दैनिकजसो मिटर ब्याज र ढुकटीसम्बन्धी गुनासो लिएर आउने गरेको बताएका छन्। उनका भनाइमा एक लाखदेखि करोडाैं रुपियाँसम्म ठगिएका गुनासा आउने गरेका छन्। तर कानुनको अभावमा धेरै गर्न सकिने स्थिति नभएको उनले बताएका छन्।

सम्पत्ति शुद्धीकरण विभागले चाहेमा मिटर ब्याजमा लागेर अस्वाभाविक धन आर्जन गरेका माथि कारबाही हुन सक्ने बताउँदै प्रजिअ पौडेलले यस विषयमा विभागका अधिकारीसँग मौखिक रूपमा कुराकानी भएको जानकारी दिए। प्रहरीलाई अधिकार प्रदान गरे पनि विभागले छानबिन गर्न सक्ने तर अहिलेसम्म त्यस किसिमले छानबिन भने नभएको उनले बताएका छन्।

आज ठगियौँ भनेर आउनेहरूविरुद्ध अर्को दिन उनीहरूले पनि ठगेका मुद्दा आउने गरेका छन्, प्रजिअ पौडेल भन्छन्, यो ठगीको ठूलो सञ्जाल छ, ठग्ने लेभल फरक फरक छन्। प्रमाणविहीन रूपमा हुने यो ठगी रोक्न कठिन पनि छ।

यसरी काठमाडौं उपत्यकामा मिटर ब्याजको धन्दाले संगठित रूप लिँदै जाँदा सर्वसाधारणको जीवन दुखद बन्दै गएको छ। कानुनी अभाव र प्रशासनिक सुस्तताका कारण यो अपराध निरन्तर बढ्दै जानुले समाज र अर्थतन्त्रमा गम्भीर असर पार्ने चिन्ता गरिरहेका छन्।

Related

Previous Post

चिसो बढेसंगै भाइरल जरोको प्रकोप बढ्दै

Next Post

एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स

Sambridinews

Sambridinews

Related Posts

आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल
FEATURED

आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल

by Sambridinews
आइतवार, अशोज ११, २०८३
माइडियाको दसैँ विशेष योजना सार्वजनिक: ३७,७०० रुपैयाँसम्म क्यासब्याक र आकर्षक उपहार
FEATURED

माइडियाको दसैँ विशेष योजना सार्वजनिक: ३७,७०० रुपैयाँसम्म क्यासब्याक र आकर्षक उपहार

by Sambridinews
आइतवार, अशोज ११, २०८३
२०८३ भाद्र १० गतेको त्यो कालो दिन: रसुवाको एउटा कारुणिक कथा
FEATURED

२०८३ भाद्र १० गतेको त्यो कालो दिन: रसुवाको एउटा कारुणिक कथा

by Sambridinews
आइतवार, अशोज ११, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

निरन्तरको वर्षा र बाढी-पहिरोले टेलिकम सेवा प्रभावित, मर्मत कार्य जारी

by Sambridinews
आइतवार, अशोज ११, २०८३
आजबाट सोह्र श्राद्ध प्रारम्भ
FEATURED

आजदेखि सोह्रश्राद्ध सुरु, पितृको सम्झनामा श्राद्ध तथा तर्पण गरिँदै

by Sambridinews
आइतवार, अशोज ११, २०८३
Next Post
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स

एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एन आई सी एशिया बैंकद्वारा पाँच ग्राहक महानुभावहरूलाई दुर्घटना बीमा वापत रू. ५० लाख हस्तान्तरण

एन आई सी एशिया बैंकद्वारा पाँच ग्राहक महानुभावहरूलाई दुर्घटना बीमा वापत रू. ५० लाख हस्तान्तरण

मङ्लबार, असार २६, २०८०
ह्वावेद्धारा जाजरकोट र रुकुमका भूकम्प पिडितलाई सहायता

ह्वावेद्धारा जाजरकोट र रुकुमका भूकम्प पिडितलाई सहायता

आइतवार, मंसिर १७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल
FEATURED

आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल

आइतवार, अशोज ११, २०८३
माइडियाको दसैँ विशेष योजना सार्वजनिक: ३७,७०० रुपैयाँसम्म क्यासब्याक र आकर्षक उपहार
FEATURED

माइडियाको दसैँ विशेष योजना सार्वजनिक: ३७,७०० रुपैयाँसम्म क्यासब्याक र आकर्षक उपहार

आइतवार, अशोज ११, २०८३
२०८३ भाद्र १० गतेको त्यो कालो दिन: रसुवाको एउटा कारुणिक कथा
FEATURED

२०८३ भाद्र १० गतेको त्यो कालो दिन: रसुवाको एउटा कारुणिक कथा

आइतवार, अशोज ११, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

निरन्तरको वर्षा र बाढी-पहिरोले टेलिकम सेवा प्रभावित, मर्मत कार्य जारी

आइतवार, अशोज ११, २०८३
आजबाट सोह्र श्राद्ध प्रारम्भ
FEATURED

आजदेखि सोह्रश्राद्ध सुरु, पितृको सम्झनामा श्राद्ध तथा तर्पण गरिँदै

आइतवार, अशोज ११, २०८३
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा
FEATURED

आजदेखि मौसममा क्रमिक सुधार हुँदै

आइतवार, अशोज ११, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In