- भोजराज घिमिरे
जंगबहादुर कुवँरको उदय नेपालको इतिहासमा एउटा नाट्कीय र महत्वपूर्ण घटना थियो । उनी शाही खलक नभएपनि आफ्नो बुद्धिमता र रणनीतिक क्षमताको कारण लगभग सम्पुर्ण राज्यसत्ता आफ्नो हातमा लिएर एउटा निरंकुश तानाशाही शासक बन्न सफल भएका जंगबहादुरको बेलायत भ्रमणका केही राम्रो र नराम्रो पक्ष दुबै छन ।
विसं १९०७ साल (जनवरी महिना सन १८५०) मा नेपालका प्रधानमन्त्री तथा श्री ३ महाराज जंगबहादुर राणाले गरेको बेलायत र फ्रान्सको भ्रमण नेपालको इतिहासमा एउटा असाधारण घटना थियो ।
उनी युरोप भ्रमण गर्ने पहिलो दक्षिण एशियाली शासक थिए। विस १९०३ साल कार्तिक २ गते राति कोतपर्व र विस १९०३ साल कार्तिक १२ भण्डारखाल पर्वबाट सम्पुर्ण राज्यसत्ता आफ्नो अधिनमा लिएपछि सम्बन्ध सुदृढ गर्न युरोपेली राष्ट्रको सैन्य तथा औद्योगिक सामथ्र्य बुझ्न जंगबहादुरले ऐतिहासिक बेलायत भ्रमण गरेका थिए ।
बेलायत भ्रमण केवल राजकीय मात्र थिएन यसले नेपाल – बेलायत सम्बन्धमा नयाँ अध्यायको सुत्रपात गरेको थियोे । त्यसको नतिजा आजपनि नेपालको भुभागमा सुरक्षित छ ।
त्यसबेला जंगबहादुर राणाको बेलायत भ्रमणलाई आलोचनात्मक कुटनितिक प्रयासको रुपमा हेरिएपनि दीर्घकालमा यसले नेपाललाई केही राजनीतिक लाभहरु दिलाए ।
भारतमा इष्ट इन्डिया कम्पनीको प्रभाव बढीरहेको समयमा जंगबहादुरले बेलायती महारानी (त्तगभभल ख्ष्अतयचष्ब) सँग सिधै सम्पर्क स्थापित गरे । उनले कलकत्ता स्थित बेलायती गभर्नर जनरललाई कुनै किसिमको भाउ नदिई लन्डनमा महारानी भिक्टोरियासँग औपचारिक भेटवार्ता गरे र नेपालका राजाको पत्र हस्तान्तरण गरे।
यसले नेपाल एक स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो नेपाल– बेलायती भारतको अधिनमा छैन भन्ने सन्देश अन्तर्राष्ट्रिय समुदाय समक्ष स्थापित गर्न सफल भए।
महारानी भिक्टोरियाले जंगबहादुर राणालाई विशेष राजकीय सम्मान दिएर स्वागत गरिन । जंगबहादुरले भ्रमणका क्रममा महारानीसँग तीनपटक भेटवार्ता गरेका पनि थिए। त्यस समय शक्तिशाली बेलायतका सैनिक छाउनी र युद्धपोत निर्माणस्थल, हातहतियार उत्पादन गर्ने कलकारखाना र अत्याधुनिक औधौगिक केन्द्रको अवलोकन समेत गरेका थिए ।
बेलायतको शक्तिशाली सैन्य सामथ्र्य र औद्योगिक प्रगतिको प्रत्यक्ष अवलोकन गरेपछि बेलायतीसँग युद्ध होइन, मित्रता बढाउँदा नै नेपालको हितमा हुन्छ भन्ने उनलाइ लागेको हुनुपर्छ ।
उनी स्वदेश फर्कदा साथमा ल्याएको एउटा गिद्दे प्रेस र केही औद्योगिक उपकरण पनि नेपाल भित्र्याए । जसले नेपालमा आधुनिकरणको ढोका खुल्यो । यो भ्रमणको सबैभन्दा ठुलो र निर्णायक लाभ सन १८५७ मा भारतको लखनउमा भएको सिपाही विद्रोहसँग जोडिएको छ ।
बेलायतको वास्तविक शक्ति बुझेका र व्यक्तिगत सम्बन्ध समेत बनाएका जंगबहादुरले विद्रोह दबाउन इष्ट इन्डिया कम्पनीलाई सैन्य साहयता गर्ने निर्णय लिए । यस महत्त्वपूर्ण सहयोगको कक्सिसका रुपमा सन १८६० मा बेलायती सरकारले नेपालको पश्चिम (नयाँ मुलुकको नामले समेत परिचित) तराईका बाँके, बर्दिया र कैलाली, कञ्चनपुर फिर्ता ल्याए । यो नेपालको ४ मार्च सन १८१६ को सुगौली सन्धिमा गुमेको भुभाग मध्यको एउटा सानो हिस्सा थियोे ।
यसले जंगबहादुरको जीवनशैली दरबारको बस्तुकला र प्रशासनमा पश्चिमेली प्रभाव देखियो । बेलायतको मुल कानुन म्याग्नाकार्टाबाट प्रभावित भएर विसं १९१० सालमा नेपालको पहिलो लिखित कानुन मुलुकी ऐन जारी गरे ।
तर यो मुलुकी ऐनले केही कुलीन वंशवादी राणा र शाह सामन्तवर्गको पक्षपोषण गर्नुबाहेक, जनतालाई दास र रैतीमा सिमित राख्यो ।
मनुस्मृती ग्रन्थलाई आधार बनाएर जातपात एकल धर्म कुरीतिलाई संस्थागत गर्ने काम भयो।
जंगबहादुरको बेलायत भ्रमण कुटनीतिक मात्र नभएर व्यक्तिगत स्तरमा समेत निकै चर्चित रह्यो। विशेषगरी लन्डनकी प्रसिद्ध नतर्की लाउरा वेलसँगको प्रेम सम्बन्धले त्यो समय बेलायती पत्रपत्रिकामा ठुलो स्थान पायो ।
भिक्टोरियन लन्डनमा लाउरा वेल आफ्नो सुन्दरता र उच्च वर्गका व्यक्ति उनका ग्राहकका कारण निकै चर्चित थिइन । जंगबहादुर लाउराको सुन्दरतामा मोहित भए । उनले लाउरालाई लन्डनको महंगो स्थानमा एउटा आलिसान महल खरिद गरिदए र बहुमुल्य उपहार पनि दिए ।
उनलाई ९० दिनको समयमा जंगबहादुरले दुई लाख पचास हजार ( २,५००००) पाउन्ड ( त्यस समयको नेपालको एक वर्षको बजेट ) खर्च गरेको भनिन्छ । लन्डनबाट फर्किने क्रममा लाउरा वेललाई एउटा महंगो औठी उपहार दिए । जब तिमीलाई कुनै सहयोगको आवश्यक पर्छ यो औठीसँगै एउटा सन्देश पठाउनु म तिमीलाई सहयोग गर्छु भने वाचा समेत गरेका थिए ।
जंगबहादुरको व्यक्तिगत प्रेम नेपालको इतिहासमा एउटा कुटनीतिक हतियार बन्यो । सन १८५७ मा भारतको लखनउमा भएको सिपाही विद्रोह चर्किएपछि बेलायतीहरु संकटमा परेका थिए । लाउरा वेलले त्यसबेला वाल्सका राजकुमार ( उचष्लअभ या धबभिक ) को माध्यमबाट जंगबहादुरलाई त्यही औठी पठाउँदै सहयोगका लागि अनुरोध गरिन ।
लन्डनमा जंगबहादुरले दिएको वचन उनले स्मरण गराइन । आफ्नी प्रेमीकालाई दिएको वचन पुरा गर्न र बेलायतसँग सम्बन्ध पनि बलियो बनाई राख्न जंगबहादुरले तीन रेजिडेन्ट सैनिक लिएर जंगबहादुर भारतमा भएको सिपाही बिद्रोह दबाउन भारत गए ।
त्यहा उनका सिपाहीहरुले बेलायती सैनिकसँग मिलेर त्यहाँका धनीमानी व्यक्ति र राजा महाराजाको घरमा सजाएका हिरा जवहार र दौलत समेत लुटेका थिए । यस घटनालाइ लखनउको लुट का रुपमा परिचित छ ।
त्यस्तै भारतमा सिपाही विद्रोहको सुरुवात सन १९५७ मा ३४ औ बंगाल नेटिभ इन्फ्यान्टीका सिपाही मंगल पाण्डेबाट भयो । त्यही कारण यो विद्रोहलाई सिपाही बिद्रोह भनिन्छ ।
यतिबेला बेलायती सेनाले एनफिल्ड नामक नयाँ बन्दुक भारतमा ल्याएको थियोे। कार्टिजलाई दाँतले काटेर खोलेपछि त्यसभित्रको बारुदलाई बन्दुकको नालीमा भरेर पड्काइन्थ्यो ।
२९ मार्चमा सेनाभित्र रणभ्यास चलिरहेको थियोे। तर बेलायती अधिकारीले बन्दुक भर्न दिएको आदेश भारतीय सिपाहीले टेरेनन। किनकि गाई वा सुँगुरको बोसो प्रयोग गरेर नयाँ कार्टिज बनाइएको हल्ला सैनिकमाझ चलेको थियोे। आक्रोशित भीडबाट मंगल पाण्डेले अगाडि सरेर दुई बेलायती अधिकारीमाथि गोली हाने । त्यसपछि सबैलाई बिद्रोहको अपिल गरे। लगत्तै उनलाई पक्राउ गर्न माथिल्लो दर्जाका अफिसरले भारतीय सैनिकलाई आदेश दिए। तर सैनिकले आदेश नटेरेपछि बेलायती अफिसरले नै उनलाई पक्राउ गर्नुपर्याे। पाण्डेलाई साथ दिएको भन्दै बंगाल इन्फ्यान्टीका धेरै सैनिक बर्खास्तीमा परे । ८ अप्रिलमा पाण्डेलाई फाँसी दिइयो ।
बर्खास्तीमा परेका सैनिकले आन्दोलन थाले। यो आन्दोलनलाई अन्य व्यारेकका सैनिकले पनि साथ दिए। अप्रिल महिनाभरी आगरा इलाहावाद,अम्बाला लगायत सहरमा आगलागी र दंगा भयो । १० मे सन १८५७ मा मेरठका सैनिकले पनि बन्दुकमा नली भर्न मानेनन् । त्यसपछि बेलायती अफिसरले उनीहरुलाई बन्दी बनाए। तर बिद्रोही सैनिकले बन्दी बनाएका आफ्ना साथीलाई रिहा गरे। त्यसपछि बेलायती अधिकारीलाई खेद्दै दिल्लीतर्फ मार्च गरे ।
११ मे लालकिल्ला पुग्दासम्म अन्य ब्यारेकबाट पनि बिद्रोह गरेर ठुलो संख्यामा सैनिक उनीहरुको साथ दिए। यो बिद्रोह दबाउन बेलायती सैनिकलाई साथ र सहयोग गर्न ग्वालियर, लखनउ लगायतका क्षेत्रमा राजारजौटा तथा नबाबले क्रान्तिमा भाग लिएका थिए । तर कानपुरको लडाइँ जितेपछि बिस्तारै बेलायती सैनिकको मनोबल बढेको थियोे ।
यही खुसीमा बेलायतले सन १८६० मा सुगौली सन्धिमा गुमेको मध्य केही सानो भुभाग बाँके, बर्दिया, कैलाली र कञ्चनपुर प्राप्त गर्न सफल भएको हो।














