काठमाडौं, असोज २४ ,काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा हुने पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको उद्घाटन खेल फ्रिडम ‘ए’ र जोरपाटी भेट्रानबीच हुने भएको छ । शनिबारदेखि सुरु हुने प्रतियोगिताको पहिलो दिन उद्घाटन खेलसहित ७ खेल हुनेछ ।
‘सिक्स ए साइड’ स्वरुपको नकआउट प्रतियोगितामा २० टिमको सहभागिता रहेको आयोजक वडाका अध्यक्ष विमलकुमार होडाले जनाएका छन् ।
चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट खेलाडी, गोलरक्षक र डिफेन्डरलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख ९५ हजार रुपैयाँ खर्च हुने आयोजक वडाका सदस्य एवं प्रतियोगिता संयोजक सुरेश शाहीले जानकारी दिए । असोज २९ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु चन्द्रविनायक पार्क, चावहिल मैदानमा खेलाइने छ ।
जेनजी आन्दोलनका कारण स्थगित प्रतियोगिता यसअघि भदौ २८ देखि असोज २ गतेसम्म हुने भनिएको थियो ।
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल: