Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कुम्भ मेला अखिल हिन्दुहरुको पर्व हो

Sambridinews by Sambridinews
आइतवार, फाल्गुन ११, २०८१
in विचार
0
कुम्भ मेला अखिल हिन्दुहरुको पर्व हो
598
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • छविरमण भट्टराई


कुम्भ मेला अखिल हिन्दुहरुको पर्व हो अनि सनातनको गर्व हो । मलाई पाप पखालेर पखालिन्छ र कुनै अमूक स्थानमा नुहाउँदा पापमोचन हुन्छ भन्ने कुरामा कहिल्यै कुनै विश्वास भएन ।
तर, आफ्नो नाभि सनातनसँग जोडिएको कारणले होला प्रयागराजको महाकुम्भमा पुग्ने र गंगामा दिव्य स्नान गर्ने हुटहुटी र चाहना असाध्यै थियो ।

आफ्नो उक्त दमित ईच्छालाई आज मुर्तरुप दिईयो । यद्यपि गंगा स्नान गर्ने बित्तिकै अब जीवन सहज भैहाल्छ अनि आफुबाट भएका र अब हुने पापहरु सरक्क गैहाल्छ भन्ने म मान्दिंन ।

You might also like

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

भीष्म पितामह स्वयं गंगाका पुत्र थिए, तर उनले पनि जीवनमा आफ्नो एकएक कर्मको हिसाब दिनुप¥यो ।

त्यसैले, आफ्नो जीवनलाई सकेसम्म निष्पाप र कर्मको हिसाब राफसाफ राखौं ।
हाम्रो अबको गन्तव्य वाराणसी !

सफर में धूप तो होगी, जो चल सको तो चलो,
सभी है भीड में, तुम भी निकल सको तो चलो !

निदा फाजलीले ठिकै भनेका रहेछन् – यात्रामा दुःख हुन्छ, तर पनि निस्किन सक्छौ भने निस्क ! भीडमा छन् सबै, तिमी पनि निस्किन सक्छौ भने निस्क !

त्यसैगरी निस्किएको एउटा धार्मिक यात्राको अन्ततः चार दिनपछि आज पटाक्षेप भएको छ । यो चार दिनमा हामी करीब एघार सय किलोमिटर गुडेका रहेछौं । हाम्रो कैयौं घण्टा त शहर छिचोल्ने क्रममा सडकजामले पनि खाएको छ ।

सायद कुम्भमेला भन्दा ठूलो भीड संसारमा अरु कुनै छैन । अहिले महाकुम्भका कारण वाराणसी, अयोध्या र प्रयागराज अत्यन्त तनावमा छन् । दुःख हाम्रा मात्र, छैनन् दुःख तिनका पनि छन् ! तर, तिनका दुःख कसले सुन्ने ?

आजै बिहान एकजना वाराणसीका स्थानीयले भन्दै थिए, सडकजामका कारण मालबाहक यातायात शहरभित्र छिर्न पाएनन्, परिणाम स्वरूप खाद्यान्नको मूल्य अत्यन्त चर्को भएको छ ।

पाँच किलोग्राम चिनी लिन जाँदा आधा किलोग्राम पाईरहेका छौं । हामीले पचास रुपैयाँमा किनेको ब्याट्रीको पानीसहितको ग्यालेन, गंगाजल भण्डारणका लागि अहिले दईसय रुपैयाँमा बिक्री भैरहेको देख्दा दुःख लाग्छ ।

जे होस्, यो धार्मिक यात्राले ठूलो भीडसँग हामीलाई साक्षात्कार गरायो । प्रयागराज, अयोध्या र वाराणसी अहिलेको महोत्सवका ईपिसेण्टर हुन् । यात्रा आनन्ददायी हुनका लागि हाम्रो सवारी पनि ठीक र दुरुस्त हुनुपर्छ, कथं भएन भने यात्रामा रुनु पर्छ ।

हामीले प्रयोग गरेको सवारी हुण्डाई कम्पनीको क्रेटा कार थियो । हामी सवारीमा बस्दा यो करीब नौ हजार पाचसय किलोमिटर मात्र चलेको थियो । चालक भाइ राजेश वर्णवाल अत्यन्त भलाद्मी र सहयोगी रहेछन् । उनको सवारी चलाउने सिप समग्रमा एकनास र आरामदायी छ । जसले हामीलाई सडक सुरक्षाको प्रश्नमा आश्वस्त तुल्यायो ।

मुझे खबर थी कि मेरा ईन्तजार घर में रहा,
ये हादसा था कि मैं उम्र भर सफर में रहा !

वाराणसी घुमघाम पश्चात् आज हामी आजमगढ, गोरखपुर, रक्सौल हुँदै वीरगञ्ज प्रस्थान गर्दैछौं । रक्सौल पुग्न हामीले करीब चारसय किलोमिटरको दुरी पार गर्नुपर्ने छ । हाम्रो फूल अप्सनको हुण्डाईको नयाँ क्रेटा राष्ट्रिय राजमार्गमा उक्लिसकेको छ र एकसय किलोमिटर प्रतिघण्टाको रफ्तारमा कुदिरहेको छ ।

वाराणसी अत्यन्त पुरानो शहर हो । यो शहरसँग हाम्रो अध्यात्मिक र राजनीतिक दुबै साईनो छ । हिजोअस्ति देखि नै हाम्रा अस्थिहरु यहाँ विसर्जन हुँदै आएका छन् । हाम्रा नेताहरु वाराणसी बसेर राजनीतिको रुपरेखा कोर्थे । राजा महेन्द्र आफ्ना मान्छेलाई ’मलाई वनारसीहरुले साह्रै दुःख दिए’ पनि भन्थे रे !

यहाँ गंगाको पश्चिमी तटमा काशी विश्वनाथ छन्, जो बाह् ज्योतिर्लिङ्ग मध्येका एक हुन् । देवाधिदेवले स्वयं प्रकट भएर भक्तहरुलाई दर्शन दिएको स्थानलाई ज्योतिर्लिङ्गमा गणना गरिन्छ । काशी विश्वनाथलाई शासकीय क्षमता भएको देवता मानिन्छ । यस स्थानमा गंगा उल्टो बग्छिन् । भगवान दत्तात्रेयको सम्मानमा गंगाले विपरीत गति लिएको कथन छ ।

मसानघाटलाई तीर्थस्थलको दर्जा मिलेको अन्यत्र कहीं छ ? त्यो स्थान पनि यहीं छ । मणिकर्णिकाघाट जहाँ दैनिक औसत तीनसय शवहरु दाहसंस्कारका लागि आउँछन् । यहाँ अहर्निश चिता जलिरहेको हुन्छ । करीब तीनहजार वर्षदेखि यहाँ शवदाह भैरहेको छ ।

अराध्यदेव शिवले आफ्नी प्रिया सतीको अन्तिम संस्कार यहीं गरेको मान्यता छ । मणिकर्णिकाघाटमा अन्तिम संस्कार गर्दा सोझै मोक्ष मिल्ने भनाई रहेको छ । यहाँ चिताको खरानीले मसान होरी पनि खेलिन्छ ।

खेले मसाने में होरी दिगम्बर,
खेले मसाने में होरी ।
भुत पिशाच बटोरी दिगम्बर,
खेले मसाने में होरी ।

Related

Previous Post

त्रिशूली नदीनमा खसेको ९ दिनपछि रोहित रानाको शव फेला

Next Post

अमेरिकाबाट भारतका लागि उडेको जहाज इटालीमा सफल अवतरण

Sambridinews

Sambridinews

Related Posts

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

by Sambridinews
आइतवार, माघ १९, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
राजनीति

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

by Sambridinews
शनिबार, माघ ४, २०८२
हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग
विचार

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

by Sambridinews
मङ्लबार, पुस ८, २०८२
जोसे अल्बर्टोबाट नेपालका कम्युनिस्टहरुले सिक्नुपर्छ
विचार

जोसे अल्बर्टोबाट नेपालका कम्युनिस्टहरुले सिक्नुपर्छ

by Sambridinews
शनिबार, मंसिर २१, २०८२
Next Post
अमेरिकाबाट भारतका लागि उडेको जहाज इटालीमा सफल अवतरण

अमेरिकाबाट भारतका लागि उडेको जहाज इटालीमा सफल अवतरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एसियाडका लागि चार भारोत्तोलन खेलाडी छनोट

एसियाडका लागि चार भारोत्तोलन खेलाडी छनोट

बुधबार, असार १३, २०८०
काठमाडौं उपत्यकाका केही स्थानमा शनिबार विद्युत बन्द हुने

आज कमलामाइका केही स्थानमा विद्युत अवरुद्ध हुने

शनिबार, फाल्गुन १०, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In