Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, June 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

म हेरी रहे, मेरो घर जलि रह्यो, जलि रह्यो

Sambridinews by Sambridinews
मङ्लबार, भदौ ३१, २०८२
in FEATURED, विचार
0
म हेरी रहे, मेरो घर जलि रह्यो, जलि रह्यो
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • डाेरमणि पौडेल

म हेरी रहे, मेरो घर जलि रह्यो, जलि रह्यो । म हेरी रहे हेर्दा हेर्दै घर खरानी भयो तर पनि हेरी रहे । अनि मैले सम्झे मैले गरेका एक एक गल्तीहरुलाई केलाउनथाले ।
म ५४ वर्ष भएछ यहाँ बसेको यो विचमा मेरो घर अगाडीको सानो छाप्रो स्कूललाई महलमा परिणत गरे । ५ कक्षाबाट १२ कक्षामा पु¥याए । पहिलो गल्ति त्यहिबाट सुरु गरे । पञ्चायती निरंकुशताको विरुद्ध लड्दा दर्जनौ पटक जेल गए । लाठी खाए, बुट खाए, क्रुर दमनलाई खेपे, मण्डलेहरुबाट कुटाई खाए ।

म लडीरहे लडीरहे, जनतालाई सचेत गराउन काम गरि रहे । त्यो मैले अर्को गल्ती गरे । म मेयर भए, मैले आफ्ने तागत नगरको विकासमा लगाए, शुन्यमा रहेको हेटौँडा नगरलाई उचाइमा पु¥याए । देश विदेशमा नगरलाई चिनाए । पानी, विजुली, सडक, शिक्षा र स्वास्थ्यमा व्यापक सुधार गरे, त्यो अर्को गल्ति गरे । पदमा नहुँदा पनि नगरपालिकालाई अरबौको जग्गा दिलाए (टिसिएन) फेरी अर्को गल्ती गरे । सानो खुम्चिएको हेटौँडालाई बृहत्तर हेटौँडा बनाए गल्ति माथी गल्ती गर्दे गए ।

You might also like

नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रहअवरोध हटाउन कूटनीतिक पहल भइरहेको मन्त्री खनालको धारणा

एलजीद्वारा नेपाली बजारमा “Essential Series” का नयाँ घरेलु उपकरणहरू सार्वजनिक

के छ आजदेखि प्रचलनमा आएका ५ सयका नयाँ नोटमा ?

मुख्यमंत्री बने नगर भित्रका पिछडीएका क्षेत्रलाई रुपान्तरण गरे गाउँलाई शहर वनाए, प्रदेशको राजधानी हेटौँडामा कायम गराए, मृत शहरलाई जीवन दिए, बिस वर्ष देखी सुस्ताएर बसेको सिटीइभिटीलाई जगाए र गौरीटार रंगशालालाई जीवन दिए ।

पचास शैयाको हेटौंडा अस्पताल लाई पाचसय शय्याको शिक्षण अस्पताल बनाउन लागे । कृषिको सुपर मार्केट बनाए, दुध प्रशोधनको कारखाना बनाए, विश्व विद्यालयको जग हाले, हेटौडालाई शिक्षा र स्वास्थको हव बनाए, पर्यटकहरुको आकर्षणको केन्द्र बनाए ।

यती धेरै गल्ती गरेको रहेछु, अझ लेख्न नसकेका गल्तीहरु कति हुन कति । अनी मेरो घरमा आगो लगाउने कुरालाई सहजै स्वीकारे । एउटा दुइवटा होईन हजारौं गल्ती गरेको घरमा आगो लगाउनु पर्ने थियो । लगाए तर एउटा चुनौती दिन्छु यदि आफ्नै बाबुले जन्माएको छोरो छ भने मैले यो चउन्नस वर्षमा कसैको एक रुपैया खाएको, भ्रष्ट्राचार र अनियमितता गरेको छ भने पुष्टी गरेर देखाओस् । अनुसन्धान गरोस्, प्रमाणित गरोस्, अगाडी आएर म सगं बोल्ने हिम्मत गरोस् म आत्मदाह गर्न तयार छु । होइन भने तिमीहरुका आगो झोस्नेको अनुहार मेरा सबै परिवारको आँखा अगाडी नाचि रहनेछ, नाचि रहने छ । जबसम्म ………..

अन्त्यमा मेरो घरमा आक्रमण हुँदा आफ्नो ज्यानको बाजी राखेर प्रतिकार गर्ने दुईचार जना छिमेकीहरुलाई अन्तरमनले धन्यवाद भन्न चाहन्छु । साथै, आगलागी भएको ठाउँबाट पचास मिटर टाढा उभिएर तमाशा हेर्ने सयाैँ गाउँलेहरु प्रतिकारको त कुरै नगरौँ, आतताईहरु फर्किसके पछि पनि आगो निभाउन समेत नआउने सबैलाई नमन गर्दै सबैको जय होस् भन्न चाहन्छु ।
जय होस् ।

Related

Previous Post

क्रिकेटर सुलभप्रति श्रछाञ्जली

Next Post

गरिमा विकास बैंकको मोबाईल बैंकिङ एपबाट भर्चुअल क्रेडिट कार्ड सेवा सुरुवात

Sambridinews

Sambridinews

Related Posts

नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रहअवरोध हटाउन कूटनीतिक पहल भइरहेको मन्त्री खनालको धारणा
FEATURED

नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रहअवरोध हटाउन कूटनीतिक पहल भइरहेको मन्त्री खनालको धारणा

by Sambridinews
बिहिबार, असार ४, २०८३
एलजीद्वारा नेपाली बजारमा “Essential Series” का नयाँ घरेलु उपकरणहरू सार्वजनिक
FEATURED

एलजीद्वारा नेपाली बजारमा “Essential Series” का नयाँ घरेलु उपकरणहरू सार्वजनिक

by Sambridinews
बुधबार, असार ३, २०८३
नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितो प्रवाह कर्जाको सिमा बृद्धि
FEATURED

के छ आजदेखि प्रचलनमा आएका ५ सयका नयाँ नोटमा ?

by Sambridinews
बुधबार, असार ३, २०८३
अमेरिकी लडाकु विमान दुर्घना हुँदा आठजनाको मृत्यु
FEATURED

अमेरिकी लडाकु विमान दुर्घना हुँदा आठजनाको मृत्यु

by Sambridinews
मङ्लबार, असार २, २०८३
दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य
FEATURED

दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य

by Sambridinews
सोमवार, असार १, २०८३
Next Post
गरिमा विकास बैंकको मोबाईल बैंकिङ एपबाट भर्चुअल क्रेडिट कार्ड सेवा सुरुवात

गरिमा विकास बैंकको मोबाईल बैंकिङ एपबाट भर्चुअल क्रेडिट कार्ड सेवा सुरुवात

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रधानमन्त्री दाहाल र एसिया रग्बीका अध्यक्ष कायसबीच छलफल

प्रधानमन्त्री दाहाल र एसिया रग्बीका अध्यक्ष कायसबीच छलफल

आइतवार, भदौ ३, २०८०
देशैभरआज पनि पानी पर्ने, बबई र पश्चिम राप्ती नदीले नाघ्यो खतरा तह

आज पनि देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना

मङ्लबार, बैशाख १९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

FOTON Honored with ‘Corporate Commercial Vehicle Award 2026’ for its Contribution to Nepal’s Transportation Sector
TOP STORIES

FOTON Honored with ‘Corporate Commercial Vehicle Award 2026’ for its Contribution to Nepal’s Transportation Sector

बिहिबार, असार ४, २०८३
बाँसबारी बन्यो चेयरमेन कप चेस च्याम्पियन
TOP STORIES

बाँसबारी बन्यो चेयरमेन कप चेस च्याम्पियन

बिहिबार, असार ४, २०८३
नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रहअवरोध हटाउन कूटनीतिक पहल भइरहेको मन्त्री खनालको धारणा
FEATURED

नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रहअवरोध हटाउन कूटनीतिक पहल भइरहेको मन्त्री खनालको धारणा

बिहिबार, असार ४, २०८३
इनड्राइभ नेपाल र डीजीओद्वारा विश्वकप फुटबल २०२६ ‘राइड एन्ड विन’ क्याम्पेन
TOP STORIES

इनड्राइभ नेपाल र डीजीओद्वारा विश्वकप फुटबल २०२६ ‘राइड एन्ड विन’ क्याम्पेन

बुधबार, असार ३, २०८३
गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड
TOP STORIES

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

बुधबार, असार ३, २०८३
‘कहीँ नभाको जात्रा’ मा रोमाण्टिक देखिए सियोन र खुशी ( भिडियो )
TOP STORIES

‘कहीँ नभाको जात्रा’ मा रोमाण्टिक देखिए सियोन र खुशी ( भिडियो )

बुधबार, असार ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In