- भोजराज घिमिरे
केही देशहरुमा मात्र राजा कार्यकारी शासकको भुमिकामा छन । साउदी अरेबिया, बहराईन, कतार ,ओमान, सयुक्त अरब इमिरेट्स, ब्रुनाई र इस्वाटिनी जस्ता देशमा राजतन्त्र कार्यकारी भूमिकाम रहेको छ ।
त्यसबाहेकका राजतन्त्रात्मक मुलुकहरूमा संबैधानिक राजतन्त्र रहेको छ । यी धेरै मुलुकहरूमा राजा प्रतिकात्मक शक्तिमा छन । यद्यपि केही राजाले राजनीतिकमा आफ्नो भुमिका जनतामाझ देखाएका छन । उदाहरणका लागि थाइल्यान्डका राजा भुमिबोल अदुल्यादेज ( सिहासनमा अहिले उहाँका छोरा छन ) जसले सन १९४६ देखि २०१६ सम्म शासन गरे । देशको राजनीतिक एजेन्डा र विभिन्न सैन्य बिद्रोहमा महत्वपूर्ण भुमिका खेले । त्यसैगरी मोरोक्कोमा राजा मोहम्मद छैठौं महत्तवपूर्ण छन । तर उनको त्यहाँ पुर्ण शक्ति छैन । उनि संबैधानको अधिनमा छन् ।
सन १९९३ मा ब्राजिलमा भएको जनमत संग्रहमा त्यहाँका मतदाताले पुन राजतन्त्र पुनस्थापना गर्ने राजावादीको प्रयासलाई अस्वीकार गरिदिएका थिए । त्यस्तै रोमानीयाका पुर्व राजा माइकल र सर्बियाका राजकुमार अलेक्ज्याण्डरलाई राजकाजमा फर्कर्न सरकारले पुन उनुमति दिएको थियोे ।
तर, उनीहरूले केही लोकप्रिय र केही अराजनैतिक गतिविधि गरे । पुर्खाको बिरासतको चिनो सिहासन पुन प्राप्तिका लागि आसावादी भएनन् । त्यस्तै बुल्गेरियामा सिमोन सक्से कोबर्ग गोथा जो सन १९४६ मा बुल्गेरियाको सिहासनबाट हटाइएका थिए । उनी जनमतबाट निर्वाचि भएर सन २००१ देखि २००५ सम्म आफ्नै देश बुल्गेरियाको प्रधानमन्त्रीको रुपमा सेवा गरे । पहिलेको कम्युनिस्ट शासनसत्ता भएको देशमा जनमत संग्रह गर्ने एकमात्र मुलुक पनि हो ।
सार्क राष्ट्र मध्ये अफगानिस्तानमा सन २००२ मा तालेवानी शासनको अन्त्यपछि अफगानिस्तानका अपदस्थ राजा जाहिर शाह इटलिमा निर्वासन जीवन बिताएर पुनः अफगानिस्तान फर्के । त्यहाँका जनताले उनलाई पुनः राजा भइदिन अनुरोध गर्दा उनेले ठाडै अस्वीकार गरिदिए । किन कि बहुमत जनताको ईच्छा त्यो थिएन। राजा भएपनि अफगानिस्तानको परिस्थिति समालेर समाल्ने अवस्थाको थिएन । नियन्त्रण बाहिर गइसकेको थियोे ।
यता नेपालमा २०४७ सालपछि तत्कालीन दलहरुको स्वार्थको कारण संसदवादी दलहरुमा बिवाद बढ्दै जाँदा राजा ज्ञानेन्द्र शाहले दलहरुमा देखापरेको फुटको फाइदा लिन सफल भए । यस्तै मौका कुरेर बसेका ज्ञानेन्द्र शाह फुटाउ अनि राज गर भन्ने वेलायती सिद्धान्तको पृष्टपोषक भएर शासन गर्न २०६१ साल माघ १९ गतेको शाही कु देखि राजाबाट तल ओर्लिएर मन्त्रीपरिषदको अध्यक्ष भए ।
देशमा सर्वशक्तिमान हुनपुगेका राजा ज्ञानेन्द्र शाहको शाही कदमका बिरुद्धमा ०६२÷०६३ को जनआन्दोलन र दशबर्ष चलेको माओवादी सशस्त्र युद्धबाट नेपालमा सधैंका लागि राजतन्त्रको समाप्ति भयो । धर्म निरपेक्षसहितको संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरिएको हो ।
यही आन्दोलनले २०३८ बर्ष पुरानो सामन्तवादी संस्था राजतन्त्रको वर्ग आधारमा गठन भएका सबै अवशेषहरुलाई समाप्त गरिसकेको अवस्थामा पुन राजतन्त्र फर्काउन लागेका छन् । केही पुर्वपञ्चे र केही नयाँ खरानी घस्तै गरेका राजावादीहरु यो प्रयासमा लागेका छन् ।
राजसी शासनका साथ ऐस आराम गर्ने र गरिब जनताले तिरेको करबाट तरमार्ने एउटा सम्प्रभु राजतन्त्रको माग गर्नेहरुले पुर्व राजा ज्ञानेन्द्र शाहलाई बुल्गेरियाका पुर्व राजा सिमोन सक्से कोबर्ग गोथा जस्तै निर्वाचन मार्फत राष्ट्रपति भएर देश र जनताको सेवा गर्न सकिन्छ भन्ने किन सल्लाह नदिने ? यहीँ संविधानमा संशोधन गरेर भएपनि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको लागि सरकारलाई दबाब सिर्जना गर्न किन नसक्ने ?