- खगेन्द्र फुयाँल
समाजमा हुनेगरेका कुनै घटना हुन या सार्वजनिक चर्चाका विषय । भूगोलको सिमितता रहेन, सामाजिक सञ्जाल मार्फत क्षणभरमा भाइरल भइसक्छ ।
यतिवेला सामाजिक सञ्जालमा आशिका तामाङ्ग भाइरल छिन । उनका भिडियो फुटेजहरु सार्वजनिक चासोको विषय बनेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सवारी पार्किङ्मा अस्वाभाविक शुल्क विरोध गरेर उनि सामासिक सञ्जालमा हाइहाइ भएकी छिन् ।
उनि भिडियोमा कतै सार्वजनिक स्थलमा शौचालयले लिने अस्वाभाविक शुल्क बारे अहसमति राख्छिन । कतै उनि, झोलुङ्गे पुल वारपार गर्दा लिइने शुल्कको विरोध गर्छिन ।
कतै उनि, उल्लेखित शुल्क भन्दा बढि शुल्क लिएर बेच्ने बोतलको पानीको विरोध गर्छिन । यहि कारणले गर्दा हिजआज उनि सामाजिक सञ्जालमा चर्चित भइरहेकि छिन् ।
सार्वजनिक बेथिति र मौलाउदो भ्रष्टाचारका विरुद्ध आफ्नो अभियान भएको आशिकाले भनेकिछिन । उनको यो अभियानलाई सर्वसाधारणहले मौन समर्थन गरेका छन् ।
उनले सामाजिक बेथितिका विषयमा असहमती राख्दा भएका नोकझोकलाई सर्वसाधारणले सामाजिक सञ्जालमा सेयर समेत गरेका छन् । कतिपयले त उनको यो कदमलाई धन्यवाद भनेका छन् ।
नेपालीको सबैभन्दा ठुलो चाड बडादसैं सुरु भइसकेको छ । केहीदिन अघिको अबिरल वर्षाका कारण आएको बाढीपहिरोले काठमाडौं उपत्यका सहित काभ्रेपलाञ्चोलक, सिन्धुली, धादिङ्ग, मकवानपुर, रामेछाप लगायतका स्थानमा ठुलो जनधनको क्षति गरेको छ ।
प्राकृतिक विपत्तिमा सरकारको तयारी र जनताको उद्धारमा सरकारले गरेको ढिलासुस्तिले गर्दा सरकार आलोचित छ । बाढीले राजमार्ग अवरुद्ध हुँदा दसैंको मुखमा काठमाडौं उपत्यकाबाट गाँउ जाने सर्वसाधारण सबैभन्दा धेरै मारमा परेका छन् ।
प्रत्येक वर्ष साउन लागेसंगै खाद्यवस्तुमा अस्वभाविक मुल्यवृद्धि तथा कालोबजारी यसपाली प्राकृतिक विपत्तिले मलजल गर्यो । ढिलागरी असोज १२ गतेदेखि खुला गरिएको दसैंका लागि सार्वजनिक यातायातको अग्रीम टिकट बुकिङ्ग प्रकृतिक विपत्तिको वाहानमा केही दिनमा नै बन्द गरियो । ऐले राजमार्गको दुरावस्था वाहाना बनाएर उनिहरुले दोब्बर भाडा असुलिरहेको समाचार आइरहेका छ । यता हवाई यात्रुको चाप बढेपछि त्यसको भाडा पनि अचाक्ली बढेको छ ।
चाडवाडका बेला मात्र गरिने देखावटी बजार अनुगमन यसवर्ष पनि त्यस्तै गरियो । कति ठाउमा बजार अनुगमन गर्न सरकारी टोली आउने खबर थाहा पाएर व्यापारी पसल बन्द गरेर हिडे । कतै, कर्मचारीले बजार अनुगमनको फोटो खिचेर भत्ता बुझे ।
कतै बजार अनुगमन नगर्न व्यापारीसंग सम्झौता गरियो भन्ने खबर पनि सुनियो । यहीविचमा प्राकृतिक विपत्ति आइलाग्यो । न महंगी घट्यो, न खाद्यान्नमा मनपरी मुल्य तोक्नेमाथि कारबाही भयो ।
सुशासन, कालोबजारी तथा मुल्यवृद्धि नियन्त्रण गर्ने निकायको गैरजिम्मेवारीपनले सर्वसाधारण जनता आज जन्म संस्कारदेखि मृत्यु संस्कार्रसम्म बिचौलिया र कमिशनखोरको पन्जामा परेका छन् ।
जनताले पटकपटकको संघर्ष र राजनीतिक परिवर्तनपछि स्थापना भएको लोकतान्त्रिक गणतन्त्रणमा पनि सबैभन्दा धेरै जनताकै हक अधिकार मिचिएको छ । स्पष्ट कानुनको अभावमा जनता कतै दोहोरो कर तिर्न बाध्यन छन् भने कतै, संविधानले ग्यारेन्टि गरेको अधिकारबाट नै बञ्चित छन् ।
पछिल्लो राजनीतिक परिवर्तन र नयाँ संविधान जारी भएपछि जनताको नाम भजाएर विभिन्न राजनीतिक दल र नेताहरु आए । दलको हैसियत अनुसार नेता तथा कार्याकर्ताहरुले आफ्नो स्वार्थपूर्तीमा पार्टीलाई प्रयोग गरे । राजनीतिक अस्थिरतालाई अवसरका रुपमा लिएका नेता कार्यकर्ता तथा कर्मचारीहरुले सम्रग देशको स्रोतसाधनमाथि कब्जा जमाउदै दोहन गरिरहेका छन् ।
जनतामा समर्पित भनिएको व्यवस्थामा समेत वास्तविक श्रमिक मजदुर किसानहरुको जिवनस्तरमा कुनै परिवर्तन आएको छैन । उनिहरुको दैनिकी घाँसदाउर मेलापात र बालबच्चाको दुई छाक टार्नमा नै सिमित छ । सुगम भनिएका जिल्लामा समेत दलित जनजाती मधेशी अल्पसंख्यक समुदायका धैरै बालबालिका विद्यालय भन्दा बाहिरै छन् ।
आर्थिक अवस्थाले कमजोर हुदाँ कतिले पढाईलाइ विचैमा छोडिदिएका छन् । दुर्गम तथा विकट पहाडी स्थानमा बसोबास गर्ने जनताको अवस्था बारेमा सरकार अझैपनि बेखबर छ ।
राजनीतिक रंगमा समाज विभाजित छ । राजनीतिक आस्थाका कारण परिवार भित्रै मानिस खण्डित र विभाजित भएका छन् । राजनीतिक संरक्षणमा दण्डहिनता कायम छ । रोजगारी तथा विकास निर्माण राजनीतिक रंगका आधारमा वर्गीकृत छ ।
कर्मचारीतन्त्र भत्ता र कमिसनको चक्करले जनताको नजरमा विचौलियाको रुपमा परिचित हुदैगएको छ । कालोधन्दा मार्फत आँखै अगाडी मालामाल भएका व्यक्ति र तिनको रावफले सर्वसाधारणमा ग्लानि महुशुस हुनु स्वभाविक हो ।
राज्यका निकायमाथि जनताको विश्वास घटेको छ । राज्यका अंगबाट निष्पक्ष व्यवहार खोज्नु आकाशको फल जस्तै हुनथालेको महसुस हुन्छ । कमजोर सरकारको फाइदा उठाउदै दलाल भ्रष्ट कमिशनखोरहरुले देशमा उधुम मच्चाइरहदा एउटा सच्चा नागरिकलाई कसरी शान्ति मिल्छ ?
यस्तो चरम निराशाबीच देशका तमाम विकृति विसंगती विरुद्ध कसैले बोल्दा एउटा विरामीले चहर्याइरहेको घाउमा थोरै भएपनि औषधी पाएजस्तो जनताले महसुस गरेका छन ।
सामाजिक न्याय र भुइमान्छेको अधिकारका सवालमा समाज नै निरिह बन्दै गएको बेला जनताको पक्षमा बोल्ने मानिस भेटिदा आम सर्वसाधारणले केहीहदसम्म सितलताको महसुस गरेका छन् ।
केहिसमय अगि सहकारीको चर्को ऋणको भारले थिचिएका जनताको पक्षमा मेडिकल व्यवसायी दुर्गा प्रसाई बोल्दा एकहदसम्म उनि पनि हाइहाइ भएका थिए । सामाजिक उत्तरदायित्व र जनताको सेवामा गठन भएको संस्था व्याज, स्याज र प्याजको तापले जनतालाई नै पोलिरहेको थियो ।
जनताले सहकारीमा राखेको रकम तिनका साहुले हिनामिना गर्दा धेरै सर्वसाधारणको वर्षोदेखिको बचत नोक्सान भएको छ । हिनामिना गरिएको जनताको पैसा फिर्ता गराउनेतर्फ सरकारको ध्यान अझै गएको छैन ।
त्यस्तै वाँकेमा हत्या गरिएकी निर्मला कुर्मीको न्यायका लागि रुवी खानसहितको टोली संघर्षरत छ । उनी र उनको टोलीसंग सरकारले पटकपटक गरेको सहमती कार्यान्वयन नगर्दा उनि महिनौदेखि सडकमै छिन् ।
जनताको न्याय र सुसंस्कृत समाजका लागि सरकारका निकाय गम्भीर नबन्दा समग्र देश नै असफलतातर्फ धकेलिदै गएको छ । जनता चरम निराशाले जेलिदै गएका छन् भने पढेलेखका व्यक्तिको विदेश पलाएन तिब्र छ । रोजगारीका लागि जनता अरब भूमिमा सस्तोमा श्रम बेच्न बाध्य छन् ।
जनताको मुद्दामा जो बोल्छ उही सामाजको वास्तविक हिरो बन्ने अवस्था यही दलाल कमिशनखोर पुँजीवादी शासन व्यवस्थाले सिर्जना गरेको हो । जनताको न्यायका पक्षमा पटकपटक सत्तामा पुगेका दलहरुले सिन्को समेत नभाच्दा जनताले आफ्नै वर्गको हिरो खोजेका हुन ।
जनतामो पक्षमा बोल्दै हिड्ने आशिकाहरुकोे ईष्र्याले केही समुह प्रतिशोध साध्न खोजेको देखिन्छ । फलस्वरुप उनि र उनिजस्तामा व्यक्तिमाथि अराजकताको आरोप लागाइएको छ ।
स्वतन्त्र एंव् एकल व्यक्तिले उठाएका जनताका वास्तविक विषयलाई पनि सरकारले आफ्नो कमजोरी सच्याउने अवसरका रुपमा लिनुपर्छ । सरकारले उनिहरुको विद्रोहलाई प्रतिशोधका रुपमा नभएर सकारात्मक रुपमा लिइ जनताको पक्षमा तत्काल आफ्ना स्रोत साधन परिचालन गर्नुपर्छ ।