Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, August 30, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

वरिष्ठ पत्रकार गौतमको निधनले महासंघ स्तब्ध

Sambridinews by Sambridinews
आइतवार, अशोज २, २०७९
in TOP STORIES, समाचार
0
वरिष्ठ पत्रकार गौतमको निधनले महासंघ स्तब्ध
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

असोज २, नेपाल पत्रकार महासंघका पूर्वउपसभापति वरिष्ठ पत्रकार देवेन्द्र गौतमको ७७ वर्षको उमेरमा आज बिहन ५ः३० बजे ललितपुरको ग्वार्खोस्थित बिएण्डबी अस्पतालमा निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र मर्माहत भएको छ ।

कोभिड संक्रमणबाट मुक्त भएपछि श्वासप्रश्वासमा समस्या आएर निमोनिया देखिएपछि उक्त अस्पतालको आइसियुमा उपचाररत गौतमको स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटरमा राखी थप उपचार भैरहेकोमा उपचारकै क्रममा निधन भएको हो । गौतमले लामो समय महासंघको कार्यवाहक सभापतिको भूमिकासमेत निभाउनु भएको थियो ।

You might also like

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा

स्वर्गीय गौतमको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिअघि नेपाल पत्रकार महासंघका तर्फबाट अध्यक्ष विपुल पोख्रेलले उहाँको पार्थीव शरीरमा महासंघको झण्डा ओढाएर सम्मान प्रकट गर्नुभएको थियो । सो क्रममा महासंघका पदाधिकारी तथा पत्रकारिता सम्वद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिलगायत पत्रकार एवं शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।

विक्रम संवत् २००२ सालमा काठमाडौंमा जन्मनु भएका गौतम सम्पादक समाज नेपालको पूर्वअध्यक्ष हुनुहुन्थ्यो । पाँच दशक लामो सक्रिय पत्रकारिताका क्रममा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा उभिँदा उहाँबाट सम्पादन र प्रकाशन भएका झण्डै एकदर्जन पत्रिकालाई प्रशासनले रोक लगाएको थियो । २०४२ सालको बम काण्डको बेला रामराजाप्रसाद सिंहको भाषण छापेको निहुँमा ६ महिना जेल जीवन बिताएका गौतमले सोही क्रममा ’अनुसन्धानभित्रको अनुसन्धान’ नामक पुस्तकसमेत लेख्नु भएको थियो ।

पछिल्लो समय नयाँ करेन्ट साप्ताहिकका सम्पादक÷प्रकाशकका रूपमा कार्यरत गौतमलाई २०६९ सालमा नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गरेको थियो भने नेपाल सरकारले सुप्रबल जनसेवाश्री पदक प्रदान गरेको थियो ।

नेपाली पत्रकारिताको संस्थागत विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका वरिष्ठ पत्रकार गौतमको निधनबाट नेपाली पत्रकारिता जगत्ले एक योग्य, अनुभवी र एकजना मूर्धन्य व्यक्तित्व गुमाएको छ भने महासंघले अभिभावक गुमाएको छ । उहाँको निधनलाई महासंघले पत्रकारिता जगतको अपूरणीय क्षतिको रूपमा लिएको छ । उहाँले पत्रकारिता क्षेत्रमा पु¥याउनु भएको योगदानको नेपाली पत्रकारिता जगत्ले सदा स्मरण गरिरहनेछ । स्वर्गीय गौतमका श्रीमती र दुई छोरा हुनुहुन्छ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय गौतमप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा उहाँकी धर्मपत्नी र छोरासहित शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछ ।

Related

Previous Post

नबिल बैंकले ल्यायो ‘दशैं तिहार घर कर्जा धमाका’

Next Post

चोलेन्द्र प्रकरण : के भयो आज दिनभरी

Sambridinews

Sambridinews

Related Posts

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

by Sambridinews
शनिबार, भदौ १३, २०८३
MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा
FEATURED

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

by Sambridinews
शनिबार, भदौ १३, २०८३
मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा
TOP STORIES

मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा

by Sambridinews
शनिबार, भदौ १३, २०८३
बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह
TOP STORIES

बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह

by Sambridinews
शनिबार, भदौ १३, २०८३
विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण
FEATURED

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

by Sambridinews
शुक्रबार, भदौ १२, २०८३
Next Post
चोलेन्द्र प्रकरण : के भयो आज दिनभरी

चोलेन्द्र प्रकरण : के भयो आज दिनभरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

हल्ट प्राइजमा सहभागी हुने नेकका विद्यार्थीलाई विदाई

हल्ट प्राइजमा सहभागी हुने नेकका विद्यार्थीलाई विदाई

बिहिबार, जेष्ठ २४, २०८१
सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभामा दर्ता ; चौतर्फी विरोध

सञ्चार सम्बन्धि विधेयक सच्याउन श्रमजीवी पत्रकार संघ नेपालले सांसदलाई मोबाइलमा सन्देश

मङ्लबार, फाल्गुन ६, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

शनिबार, भदौ १३, २०८३
MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा
FEATURED

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

शनिबार, भदौ १३, २०८३
मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा
TOP STORIES

मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा

शनिबार, भदौ १३, २०८३
बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह
TOP STORIES

बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह

शनिबार, भदौ १३, २०८३
विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण
FEATURED

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग
FEATURED

भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग

शुक्रबार, भदौ १२, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In