काठमाडौं । रुसले यूक्रेनको राजधानी किएभमा दर्जनौं पटक हवाइ आक्रमण गरेको छ । स्थानीय समय अनुसार बिहान ८ बजे भएको आक्रमणमा धेरै संख्यामा मानवीय हताहती भएको हुनसक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
रुसले यूक्रेनमाथि गरिरहेको आक्रमणको कडा प्रतिरोधमा उत्रिएको यूनक्रेनमा भएको यो आक्रमण रुसको पछिल्लो ठुलो आक्रमण हो ।
दुईदिन अघि मात्र आत्मघाती आक्रमणमा रुस र क्रिमिया जोड्ने सामुन्द्रीक पुल ध्वस्त भएको थियो ।
उक्त आक्रमणलाई लिएर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यूक्रेनलाई घटिया आतंकबादी आक्रमण भनेका छन् ।