-भाेजराज घिमिरे
राजनैतिक अराजकता नै सामन्तवादको उत्पत्तिको मुलकारक हो । सामन्तवादी व्यवस्थामा ब्याक्तीको राजनीतिक अधिकार तथा कर्तव्य निर्धारण गरिन्थ्यो ।
यो व्यवस्थामा सामन्तहरुको धेरै श्रेणीहरु थिए । जसमा शिर्ष स्थानमा राजा र उनका परिवार हुने गर्दथे । त्यसपछिका दोस्रो स्थानमा विभिन्न कोटीका सामन्त हुन्थे ।
सबैभन्दा निम्न स्तरमा किसान र दास हुने गर्थे । आदिम साम्यवादी संरचनाको बिघटनपछि बर्गीय रुपमा बिभाजित दास ब्यवस्था अस्तित्वमा आयो ।
त्यस ब्यवस्थामा उत्पादक शक्तिको प्रमुख अङ्ग मानव श्रम,दास स्वामीको निजी स्वामित्वको बस्तुका रुपमा परिणत गरिए । उत्पादक दासहरु उत्पादकका सम्पुर्ण साधन जल,जमिन,जंगल,कृषि, पशु तथा उत्पादकका सामाग्री दास मालिकहरुको निजी सम्पत्तिमा परिणत हुन पुग्यो ।
आदिम साम्यवादलाई छाडेर आजसम्मको इतिहास बर्ग संघर्षको इतिहास हो । प्रत्येक युगमा ठुला ठुला बिद्रोह र संघर्ष भएका छन । दास युगको अन्त्यगरी सामन्तवादी चरणमा समाज प्रवेश गर्न हजारौं दासहरुले बलिदान दिएका थिए ।
यस्तै सामन्तवादी समाजबाट पुँजीवादमा पुग्नका निम्ति कयौं बिप्लब र क्रान्तिहरु भएका थिए । हजारौं लाखौं मानिसको बलिदान बिना समाजको रुपान्तरण भएको इतिहास पाइदैन । फ्रान्सेली राज्यक्रान्ति पनि यसैको उपज थियो ।
दासयुग आदिम साम्यवाद पछिको समाज ब्यवस्थाको एउटा चरण थियो । आदिम साम्यवादी युगको गर्भबाट दासयुगको जन्म भयो। दासयुगबाट नै बर्ग निजी सम्पत्ति र राज्यको उत्पत्ति भएको थियोे ।
दासयुगमा राज्य मालिक र दास दुई बर्गमा बिभाजित थिए । सामन्ती उत्पादन सम्बन्धमा पुँजीवादी उत्पादन प्रणालीको उदयका साथसाथै बुर्जुवा बर्गको राजनीति प्रभावको पनि तिब्र बिकास हुदै गयो । आफ्नो बिस्तार र बिकाससंगै पुँजीपति बर्गले सामन्ती राजाको स्थानमा आफ्नो सत्ताको रहर गर्न थालेपछि सामन्तवाद र पुँजीवादका बीचमा अन्तरबिरोध हुदैगए ।
यो सत्ता संघर्षको जननी मुलुक पनि बेलायत नै हो । संसारको शुरवात भएको बिश्वको पहिलो मुलुक बेलायत हो । त्यसैले बेलायतलाई संसदीय ब्यवस्थाको जननी देश पनि भनिन्छ ।
मध्य युगमा पनि अत्यन्तै प्रबल मात्र होइन, बर्बर प्रकारको तानाशाही निरंकुश राजशाही प्रणाली भएको मुलुक भनेर पनि चिनिन्थ्यो । इस्बिसम्वत १२१५ मा बेलायतका राजा जोहनलाई राजाको सम्पत्ति अधिकार र राजनीति बिशेषअधिकारमाथि अंकुश लगाउने महाअधिकार पत्र म्याग्नकार्टामा राजालाई हस्ताक्षर गर्न बाध्य बनाइएको थियोे ।
बेलायतमा ई.सं. १२६५ मा पहिलो संसदको अधिवेशन पनि भएको मुलुक भनेर पनि चिनिनेका साथै सन १८०२ को बेलायतलाई अर्को प्रकारले पनि चिनिन्छ औधौगिक क्रान्तिको पहिलो शुरुवाती मुलुक भनेर ।
औधौगिक क्रान्ति संगसंगै पुँजीवादी बिकासका क्रममा पुँजीपति बर्गलाई भरपुर साथ दिएर सामन्तवाद परास्त भएपछि पुँजीवादी हरुको हातमा सत्ता आएपछि त्यतिबेलाका पुँजीवादका प्रतिनिधिहरुले मजदुर बर्गले उल्लेख गरेका बिस्वास र सामन्तवाद बिरुद्धको संघर्षमा देखाएको बलिदानलाई बेवास्ता गर्न थाले ।
मजदुरमाथि मेसिनका पाटपुर्जालाई जस्तो ब्यवहार गर्ने चरित्र नै पुँजीवादी चरित्र हो । येस्तै यस्तै चरित्रलाई अन्त्य गर्नका लागि सन १८४८ मा कार्ल माक्स र फ्रेडिक एङगेल्सद्धारा प्रतिपादन गरिएको कम्युनिस्ट मेनुफेष्टोको धोषणा भएको हो ।
माक्सवाद र त्यसको सिद्धान्त तथा पद्धतिको महानता नै कुन बिषयमा निहित छ भने यो यस्तो जिबित रचनात्मक र निरन्तर बिकासशिल शिक्षा हो । जसले जीवनबाट र सामाजिक अनुभवबाट आफ्नो शक्ति आर्जन गर्छ, यो कुनै जडसुत्रवाद होइन, यस्तो कार्यको पथप्रदर्शक हो ।
आफ्नो ठोस सिद्धान्तको जग हालेर मार्क्स र एङगेल्सले झण्डै आधा शताब्दीसम्म त्यसको बिकास गर्नुभयो र मानव चिन्तनका सबै नयाँ उपलब्धिहरुलाई आलोचनात्मक दृष्टिले हेर्दै अन्तर्राष्ट्रिय सर्वहाराबर्ग तथा श्रमिक समुदायको बर्गीय संघर्ष र क्रान्तिकारी आन्दोलनका नयाँ अनुभवको समिकरण गर्नुभयो ।