काठमाडौं । स्वास्थ्य सेवा तथा शिक्षा सुधारको माग राखेर १० दिनदेखी धनगढीमा अनशनमा बसेका चिकित्सक डा.गोविन्द केसीको स्वास्थ्य नाजुक बन्दैगएपछि काठमाडौं को त्रिवी शिक्षण अस्पतालमा भर्ना भएका छन् ।
बुधबार सेती प्रादेशिक अस्पतालले एक विज्ञप्ति जारी गर्दै लामो समयसम्म भोकै बस्दा उनको स्वास्थ्यमा गम्भीर समस्या आएकोले उपचारका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज रेफर गरिएको जनाएको छ।
धनगढीबाट अपराह्न ५ बजेको श्री एयरलाइन्सको नियमित उडानबाट उनी काठमाडौं आएका हुन्।
सेती प्रादेशिक अस्पतालका डाक्टर शेरबहादुर कमरका अनुसार डाक्टर केसीको शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुनसक्ने र थप गम्भीर स्थिति देखापर्ने भन्दै तत्काल थप उपचार आवश्यक देखिएको हो।
त्यस्तै उनको पेटमा कडा खालको अल्सर भइ रक्तश्राव भएको आंशकासमेत उनले गरेका छन्।