FEATURED

कैद माफी मिनाहा सम्बन्धमा प्रधानमन्त्रीलाई आयोगको पत्राचार

१९असोज ,जघन्य अपराधमा अदालतबाट दोषी ठहर गरी जन्मकैदको सजाय भोगिरहेका व्यक्तिलाई संविधान दिवसको अवसरमा नेपाल सरकारले मुलुकीफौजदारी कार्यविधि संहिता, २०७४...

Read more

सुरू भयो दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट, निःशुल्क अवलोकन गर्न सकिने 

असोज १९, काठमाडौं । काठमाडौंमा स्टार्टअप एण्ड आईडिया फेस्ट सुरू भएको छ बानेश्वरको थापागाउँस्थित बानेश्वर बैंक्वयटमा दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट सुरू भएको हो ।   लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा भइरहेको फेस्टमा सातै प्रदेशका स्टार्टअपसहित ८० बढी डिजिटल स्टार्टअप र इन्नोभेसनहरुको सहभागीता रहेको छ ।   फेस्टको उद्घाटन शत्रमा प्रमुख अतिथिको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी विज्ञान प्रविधि सचिव प्रमिला देवी बज्राचार्यको उपस्थिति रहेको थियो ।   यस्तै विशिष्ट अतिथीको रूपमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहको उपस्थिति रहेको थियो भने अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका पुर्व सह-सचिव विरेन्द्र मिश्र, स्क्वाइड अफ चेन्ज मेकर्सका सहसंस्थापक शुशील भट्टराई, आईसिटी विज्ञ हेमपाल श्रेष्ठ लगायतको स्टार्टअप तथा इन्नोभेसनमा रूची राख्नेहरूको उपस्थिति रहेको थियो ।   उद्घाटन कार्यक्रममा बोल्दै लिभिङ विथ आइसिटीका अध्यक्ष राजन लम्सालले देशैभरका स्टार्टअप तथा इन्नोभेसनलाई प्रवर्द्धन र प्रोत्साहन गर्न स्टार्टअप एण्ड आईडिया फेस्ट आयोजना गरेको बताए ।   त्यसैगरी प्रमुख अतिथि विज्ञान तथा प्रविधि सचिव प्रमिला देवी बज्राचार्यले युवाहरूको स्टार्टअप तथा आईडियालाई प्रवर्द्धन गर्न फेस्ट महत्त्वपूर्ण प्लेटफर्म भएको बताइन् ।   ‘ब्रेड ड्रेन भइरहेको अवस्थामा देशभित्रै केही गर्न चाहने युवाका लागि स्टार्टअप एण्ड आईडिया फेस्ट राम्रो प्लेटफर्म हो,’ सचिव बज्राचार्यले भनिन्, ‘त्यसकारण सबैले फेस्ट अवलोकन गरेर देशमै केही गर्ने हुटहुटी बोकेका युवाहरूको उत्साह बढाउन आग्रह गर्दछु ।’  शुक्रबार र शनिबार सञ्चालन हुने फेस्ट बिहान ११ बजेदेखि ५ बजेसम्म निःशुल्क अवलोकन गर्न सकिने छ । कार्यक्रममा बिहानैदेखि स्कुल, कलेजका विद्यार्थीसँगै स्टार्टअप तथा  इन्नोभेसनमा रूची राख्ने युवाहरूको उत्साहजनक सहभागीता रहेको छ ।   आईसीटी अवार्ड २०२३ को प्रि इभेन्ट क्याम्पियनको रूपमा हुने स्टार्टअप एण्ड आईडिया फेस्ट तथा स्टिम क्याम्पमा द स्क्वाइड अफ चेन्जमेकरको सहकार्य रहेको छ ।   कार्यक्रमको मुख्य आकर्षणको रूपमा नयाँ नयाँ आईडिया, इन्नोभेसन तथा प्रडक्टको प्रदर्शनी, आईडिया पिचिङ, एष्ट्रोनोमी क्याम्प, रकेट तथा रोबोटिक्स क्याम्प, लगानीको अवसर, गेम र आकर्षक पुरस्कारको समेत व्यवस्था रहेको छ ।   यस बाहेक कार्यक्रममा स्याटेलाईट वर्कशप, एस्ट्रोनिमो वर्कशप, एभिसयन वर्कशप र रकेट साइन्स वर्कशप समेत सञ्चालन भइरहेको छ फेस्टमा सातै प्रदेशका ३० बढी स्टार्टअपका साथै आईसीटी अवार्ड २०२३ मा प्रतिस्पर्धाबाट छनौट भएका उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरुले समेत फेस्टमा आफ्ना आइडिया र प्रडक्टहरु प्रदर्शनीमा छन ।   कार्यक्रममा स्क्वाइड अफ चेन्जमेकरले रोबोट, रकेट, थ्रीडी प्रिन्टङसहित बालबालिकाले बनाएका नयाँ प्रोजेक्टहरुलाई पनि प्रर्दशनीमा राखेको छ ।   अवलोकनकर्ताले आईसिटी अवार्ड २०२३ का उत्कृष्ट १२ स्टार्टअप र प्रडक्ट र राइजिङ स्टार इन्नोभेसनलाई भोट पनि गर्न सक्नेछन् ।   नेपालको प्रतिष्ठित प्रविधि अवार्डको रूपमा परिचित आइसिटी अवार्डको आठौं संस्करणमा यस पटक विभिन्न १३ विधामा ५०० बढीको नोमिनेसन प्राप्त भएको थियो । हाल आईसीटी अवार्ड २०२३ को नोमिनेसन र छनौट प्रक्रिया सञ्चालनमा रहेको छ ।  यस पटक आईसिटी अवार्डको ग्रान्ड फिनालेमा सातै प्रदेशका उत्कृष्ट एक-एक स्टार्टअपलाई प्रोभिसियल रिकग्निसन अवार्ड समेत प्रदान गरिने छ ।

Read more

भृकुटी कागज कारखानका मजदुरको बाँकी रहेको तलब उपलब्ध गराउने सहमती

काठमाडौं । विगत केही बर्षदेखि बन्द रहेको गैडाकोट स्थित भृकुटी कागजकारखानाका मजदुरहरुले ३२ करोड रुपैया तलब वापतको भुक्तानी पाउने भएका...

Read more

सर्वोच्चद्वारा ‘रिगल’ लाई आममाफी दिनुको कारण माग

काठमाण्डौ । असोज १९, व्यक्ति हत्यामा दोषी ठहर भएका ‘रिगल’ भनिने योगराज ढकाललाई आममाफी दिएकोमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ...

Read more

एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा विजयी

पोखरा ।असोज १९, नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा विजयी भएका छन् । प्रदेशमा शर्मा नेतृत्वको प्यानल नै जित...

Read more

शुक्रबार र शनिबार काठमाडौंमा स्टार्टअप एण्ड आईडियाफेस्ट, यस्ता छन् मुख्य आकर्षण

काठमाडौं । अशोज १८, शुक्रबार र शनिबार काठमाण्डौको बानेश्वर बैंक्वटमा स्टार्टअप एण्ड आईडिया फेस्ट तथा स्टिम क्याम्प हुने भएको छ...

Read more

दशैंको मुखमा उपभोक्ता महँगीको मारमा

काठमाडौँ  । असोज १८,दसैँको मुखमा अत्यावश्यकीय खाद्यान्न चामल, दाल, चिउरा, आँटा, गेडागुडीलगायतका उपभोग्य वस्तुको भाउ महँगिएको छ । आर्थिक मन्दीले थलिएका...

Read more

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमाकम्पनीका नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त हुनुभएको छ ।...

Read more

एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश

काठमाडौँ । प्रधानमन्त्री श्री पुष्पकमल दाहाल तथा मिलेनियमच्यालेञ्ज कर्पाेरेशन (एमसीसी) का प्रमुख कार्यकारी अधिकृत श्री एलिस पी.अल्ब्राइट नेपाल सरकारको लगानी...

Read more

सन् २०२५ को ईडीभी कार्यक्रमकाे आवेदन दर्ता आज राति ९:४५ बजेबाट खुल्दै

काठमाडौं । सन् २०२५ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (ईडीभी) कार्यक्रमको लागि बुधबारदेखि आवेदन खुल्दैछ । नेपाली समय अनुसार असोज १७...

Read more
Page 205 of 368 1 204 205 206 368

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.