Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, June 2, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

विर अस्पतालमा आफुखुसी कर्मचारी नियुक्त गर्दै स्वास्थ्यमन्त्री

Sambridinews by Sambridinews
बिहिबार, पुस ५, २०८०
in FEATURED, TOP STORIES
0
वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण नगरेको घटना नेपाल मेडिकल काउन्सिलले छानबिन गर्ने

Bir Hospital

586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । वीर अस्पतालले कार्यविधि विपरीत करारमा कर्मचारी राखेको पाइएको छ । यसरी राखिएका १३ जना कर्मचारीमध्ये १० जना स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको गृहजिल्ला सिन्धुपाल्चोकका छन् ।

वीर अस्पताल प्रशासनले १० कात्तिकमा सातौं तहको १ जना मेडिकल ल्याब, पाँचौ तहका ल्याब टेक्निसियन ५ जना, इलेक्ट्रिसियन चौथो तहका २ जना, पलम्बर चौथो तहको १ जना, चौथो तहकै लिफ्ट असिस्टेन्ट ४ जना गरी १३ जना जनशक्ति करारमा राख्ने निर्णय गरेको थियो । तर ‘चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि–२०७६’ विपरीत १७ कात्तिकमै सबै कर्मचारी भर्ना गरेको पाइएको छ ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

करार सेवा व्यवस्थापनसम्बन्धी कार्यविधिमा करारमा जनशक्ति पदपूर्ति गर्दा न्यूनतम २१ दिनको सूचना प्रकाशन गरी इच्छुक उम्मेदवारबाट दरखास्त आह्वान गर्नुपर्ने व्यवस्था छ ।

तर एक हप्ताको सूचना निकालियो, जुन दरखास्त बुझाउने अन्तिम दिन १७ गते केही समय मात्रै सर्जिकल भवनमा टाँसिएको थियो । ‘सार्वजनिक रुपमा जानकारी नदिई केहीबेर टाँसिएको जस्तो मात्रै गरियो’ वीर अस्पतालका एक अधिकारी भन्छन् ।

१९ गते कर्मचारी छनोटको लिस्ट सार्वजनिक भयो । अनलाइनखबरलाई प्राप्त विवरण अनुसार करारमा राखिएका १३ जनामध्ये १० जना सिन्धुपाल्चोक जिल्लाका छन् ।

चौथो तहको लिफ्ट असिस्टेन्टमा सिन्धुपाल्चोक बाह्रबिसेका दिपेन्द्र बस्नेत, सन्तोष बस्नेत, पाँचपोखरी थाङपालकी विमला अधिकारी, लिसंखु पाखरकी अन्जली तामाङलाई नियुक्त गरेका छन् । यसैगरी चौथो तह इलेक्ट्रिसियनमा मेलम्ची सिन्धुपाल्चोकका अरुण सापकोटा र सन्तोष दाहाल, पाँचौ तहको ल्याब टेक्निसियनमा मेलम्चीकी रस्मीता मिश्र, रुद्रमतीकी प्रमिला आचार्य, बाह्रबिसेका सन्तोष राउत छन् ।

सातौं तहको मेडिकल ल्याब टेक्निसियनमा बाह्रबिसे सिन्धुपाल्चोककै स्मीता थापा नियुक्त भएकी छन् ।

करारमा राखिएका १३ मध्ये तीन जना मात्र अरु जिल्लाका परेका छन् । पाँचौ तह ल्याब टेक्निसियनमा दुधौली सिन्धुलीकी प्रमिला श्रेष्ठ र रसुवाकी स्मृति देवकोटा तथा पाँचौ तह पलम्बर पदमा बनेपा, काभ्रेका सुरेन्द्र दंगाललाई करारमा राखिएको छ ।

करार कर्मचारी छनोट समितिमा अस्पतालका निमित्त निर्देशक डा. श्रवण थापा संयोजक थिए । तर स्वास्थ्यमन्त्री बस्नेतले दबाबमा उनीहरुलाई नियुक्ति दिइएको स्रोतको दाबी छ । त्यसक्रममा फर्म तथा शुल्क लिएर राजस्व समेत दाखिला नगरेको पाइएको अस्पताल स्रोतले जनाएको छ ।

वीर अस्पतालले १ मंसिरमा मेडिकल अधिकृत ३० र स्टाफ नर्स २६ जना माग गरेको छ । ‘मन्त्रालयबाट लिस्ट आए अनुसार प्रशासनका कर्मचारीले फाइल तयार गरिरहेका छन्’ वीरका एक पदाधिकारीले भने, ‘डाक्टरको अन्तवार्ताको काम भइरहेको छ ।’

साभार : अनलाइनखबर डटकम ; https://www.onlinekhabar.com/2023/12/1408688

Related

Previous Post

सरकार र मन्त्रालयका काम छाडेर अन्य काममा नभुल्न कर्मचारीहरुलाई उर्जा मन्त्री बस्नेतकाे निर्देशन

Next Post

उच्च अदालत पाटनले सिप बिल्डिङमा अनुत्तीर्ण भएकाहरूलाई उत्पादनमूलक क्षेत्रमा आवेदन भर्न दिन आदेश

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
उच्च अदालत पाटनले सिप बिल्डिङमा अनुत्तीर्ण भएकाहरूलाई उत्पादनमूलक क्षेत्रमा आवेदन भर्न दिन आदेश

उच्च अदालत पाटनले सिप बिल्डिङमा अनुत्तीर्ण भएकाहरूलाई उत्पादनमूलक क्षेत्रमा आवेदन भर्न दिन आदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

आइतवार, पुस २४, २०७९
नेपाल टेलिकमले सुरु गर्यो विमानस्थलहरुमा निशुल्क वाइफाई सेवा

नेपाल टेलिकमले सुरु गर्यो विमानस्थलहरुमा निशुल्क वाइफाई सेवा

बुधबार, कार्तिक १३, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In