समाचार

सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना 

काठमाडौँ  ,सूचना प्रविधि क्षेत्रमा तीन दशकदेखि सक्रिय रहँदै आएको सागर ग्रुपले आगामी माघ २२ गतेदेखि माघ २७ गतेसम्म काठमाडौंको कलंकीस्थित कर्पोरेट हाउसमा विशेष प्रविधि एक्स्पो आयोजना गर्ने भएको छ। “Baleyo Experience: Technology & Lifestyle” नाम दिइएको यस एक्स्पो सागर ग्रुपले आयोजना गर्ने प्रविधि एक्स्पोको चौथो संस्करण हो।  ग्राहक, विक्रेता, पत्रकार तथा शुभेच्छुकहरूलाई एउटै थलोमा भेला गराउँदै सूचना प्रविधिका नयाँ प्रवृत्ति, नवीन उत्पादन तथा बजार अवस्थाबारे प्रत्यक्ष अन्तरक्रिया गर्ने उद्देश्यले यो एक्स्पो आयोजना गर्न लागिएको सागर ग्रुपले जनाएको छ। सागर ग्रुपकी भाइस चेयरपर्सन बुद्ध लक्ष्मी मानन्धरले यस एक्स्पोले ब्राण्ड र ग्राहकबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ।  एक्स्पोमा Brother, Konica Minolta, Kaspersky, NEC, Micropack, X-Lab, IDP लगायतका ब्राण्डहरूका उत्पादन तथा सेवाबारे जानकारी लिन सकिनेछ। सो अवसरमा सम्बन्धित ब्राण्डका प्रतिनिधि तथा प्राविधिकहरू उपस्थित भई आवश्यक जानकारी प्रदान गर्नेछन्। एक्स्पो अवधिभर उत्पादन तथा सेवा खरिद गर्ने ग्राहकहरूले विशेष छुट तथा अतिरिक्त सेवा पाउनेछन् भने Brother र Konica Minolta ले नयाँ उत्पादनहरू सार्वजनिक गर्नुका साथै सहभागिहरूलाई विभिन्न प्रकारका प्रोडक्ट ट्रेनिङ पनि प्रदान गरिनेछ।  ६ दिनसम्म प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने एक्स्पोमा अवलोकनका लागि आउने आगन्तुकहरूलाई हाई टी तथा गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।  

Read more

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने

—कोका–कोला नेपाल र ओपन डोर इन्टरटेन्मेन्टको सहकार्य काठमाडौं, २३ माघ , कोका–कोला नेपालले ओपन डोर इन्टरटेन्मेन्टसँगको सहकार्यमा आईसीसी पुरुष टी–२०...

Read more

छोराको विहे भोजमा खर्च हुने रकम गलेश्वर आश्रमलाई दान

काठमाडौं ।माघ २३, वरिष्ठ अधिवक्ता सुशील पन्त र उहाँकी धर्मपत्नी कुमुदा पन्तले छोराको विहेमा भोज नगरी उक्त शीर्षकमा खर्च हुने...

Read more

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त

काठमाडाैं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छन्। प्रधानमन्त्री एवम् सञ्चार...

Read more

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार घोषणा

काठमाडौं, ५ फेब्रुअरी – ब्रिटिस काउन्सिल नेपालले ग्लोबल च्यानल पार्टनर क्याम्पेन २०२५ अन्तर्गत आइइएलटिएस प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएका साझेदार संस्थाहरूलाई...

Read more

नेपाल टेलिकमको २२औं वार्षिकोत्सव सम्पन्न

काठमाडाैं । नेपाल टेलिकमको स्थापनाको २३ औं वर्षमा प्रवेश गरेको छ। यसै अवसरमा कम्पनीले आज (माघ २२ गते) २२औं वार्षिकोत्सव...

Read more

देश बनाउने कि जलाउने भन्ने यो लडाइँमा हामीले जित्नुपर्छ: ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा उम्मेदवार ईश्वर पोखरेलले यस पटकको निर्वाचन सामान्य चुनाव...

Read more

प्रतिनिधि सभा निर्वाचन २०८२ को सन्दर्भमा :ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको आह्वान

नेपालको संविधानअनुसार प्रतिनिधि सभाको निर्वाचन आउँदो २०८२ साल फागुन २१ गते हुने भएको सर्वविदितै छ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको...

Read more

‘गरिमा सुवर्ण योजना’ सार्वजनिक निष्काशनको लागि सेबोनबाट स्वीकृति

काठमाडौं । गरिमा म्युचूअल फण्ड अन्तर्गत विकास बैंकबाट प्रवर्धित पहिलो खुलामुखी योजना “गरिमा सुवर्ण योजना” सार्वजनिक रुपमा निष्काशन गर्न नेपाल...

Read more

जेबी अन्तरविद्यालय बास्केटबल शुक्रबारदेखि

जेबी स्कुलको आयोजनामा दोश्रो जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।प्रतियोगितामा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १२–१२...

Read more
Page 55 of 377 1 54 55 56 377

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.