Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, April 14, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

छोराको विहे भोजमा खर्च हुने रकम गलेश्वर आश्रमलाई दान

Sambridinews by Sambridinews
शुक्रबार, माघ २४, २०८२
in TOP STORIES, जीवन शैली, समाचार, स्थानीय तह
0
छोराको विहे भोजमा खर्च हुने रकम गलेश्वर आश्रमलाई दान
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

एनटीसीले ल्यायो नयाँ वर्ष २०८३ को अफर

कोका-कोला नेपालले सुरु गर्‍यो फिफा वर्ल्ड कप २०२६ अभियान

नेपाल होस्टल एसोसिएसन काठमाडौंद्वारा नयाँ वर्ष २०८३ सालका अवसरमा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन सम्पन्न

काठमाडौं ।माघ २३, वरिष्ठ अधिवक्ता सुशील पन्त र उहाँकी धर्मपत्नी कुमुदा पन्तले छोराको विहेमा भोज नगरी उक्त शीर्षकमा खर्च हुने रकम समाजमा दीर्घकालीन प्रभाव सृजना गर्ने सनातन धर्म रक्षा तथा संस्कृति र संस्कारको विकासको लागि देवघाटधामस्थित गलेश्वर आश्रमलाई दानस्वरुप अर्पण गर्नुभएको छ ।
शुक्रबार कान्छा छोरा सुयोग्यको कृति घिमिरेका साथ विवाह सुसम्पन्न भए पश्चात् उहाँले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी ४० लाख रुपैयाँको चेक गलेश्वर आश्रमका पीठाधीश अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजलाई हस्तान्तरण गर्नुभएको हो ।
‘कमाउने त्यो, दिनलाई नै हो’ लाई आदर्श वाक्य मानेर उहाँले विवाह, व्रतबन्ध जस्ता शुभकार्यमा फजुल खर्च नगरी त्यस्तो रकम परोपकारी एवं जनकल्याणकारी कार्यमा संलग्न संस्थालाई दिने गर्नुभएको छ । यसअघि जेठा छोराको विहे गर्दा पनि उहाँले भोज नगरी सोबापत खर्च हुने ४० लाख रकमबाट २० लाख रुपैयाँ क्यान्सर केयर फाउन्डेसनलाई र अर्को २० लाख रुपैयाँ पुण्यार्जन फाउन्डेसनलाई दान गर्नुभएको थियो ।
गलेश्वर आश्रम अष्टाङ्ग योगसिद्ध योगीराज ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा)ले स्थापना गर्नुभएको आध्यात्मिक साधना, सांस्कृतिक संरक्षण र सामाजिक सेवामा समर्पित संस्था हो । आश्रमले पवित्र देवघाटधाममा वेद–वेदाङ्ग विद्यालय, यहाँ बसोबास गर्ने साधक सन्त–तिर्थालुका लागि भोजन र बसोबास सहज बनाउने हेतुले अन्न क्षेत्र र घरबारविहीन तथा परिवारबाट परित्यक्त वृद्ध–वृद्धाको कल्याणलाई ध्यानमा राखी सहज एवं सुन्दर कल्पवास निर्माण गरी सञ्चालन गरिरहेको छ ।
आश्रमले देवघाटधाममा बसोबास गर्ने साधक एवं वृद्धवृद्धाको स्वास्थ्य उपचारको लागि धर्मार्थ अस्पताल र एक हजार हाराहारीलाई बास बस्न पुग्ने अतिथिगृह पनि सञ्चालन गरिरहेको छ । अतिथिगृहमा निःशुल्क भोजन र बसोबाको सुविधा छ । अस्पतालले बिरामीलाई स्वास्थ्य जाँच र औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ । आश्रमले तिथिअनुसारका धार्मिक अनुष्ठान तथा अन्य धार्मिक क्रियाकलापहरु नियमित रुपमा सञ्चालन गर्दै आएको छ ।
आश्रमले अध्यात्म, संस्कृति संरक्षण र सामाजिक क्षेत्रमा प्रसंसनीय कार्यहरु गर्दै आएकोले सनातन धर्म, संस्कृति र संस्कारको विकास तथा जगेर्ना हेतु दान दिनका लागि आफूले उक्त आश्रम रोजेको पन्तले बताउनुभयो । यो दानको उद्देश्य स्वर्गवासी मातापिताको स्मृतिमा परोपकारी कार्य गर्नु समेत रहेको उहाँले स्पष्ट पार्नुभयो ।

Related

Previous Post

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त

Next Post

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने

Sambridinews

Sambridinews

Related Posts

एनटीसीले ल्यायो नयाँ वर्ष २०८३ को अफर
FEATURED

एनटीसीले ल्यायो नयाँ वर्ष २०८३ को अफर

by Sambridinews
सोमवार, चैत्र ३०, २०८२
कोका-कोला नेपालले सुरु गर्‍यो फिफा वर्ल्ड कप २०२६ अभियान
FEATURED

कोका-कोला नेपालले सुरु गर्‍यो फिफा वर्ल्ड कप २०२६ अभियान

by Sambridinews
सोमवार, चैत्र ३०, २०८२
नेपाल होस्टल एसोसिएसन काठमाडौंद्वारा नयाँ वर्ष २०८३ सालका अवसरमा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन सम्पन्न
TOP STORIES

नेपाल होस्टल एसोसिएसन काठमाडौंद्वारा नयाँ वर्ष २०८३ सालका अवसरमा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन सम्पन्न

by Sambridinews
सोमवार, चैत्र ३०, २०८२
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
TOP STORIES

राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

by Sambridinews
आइतवार, चैत्र २९, २०८२
राष्ट्रपति पौडेलबाट चेम्बर अफ कमर्सको हीरक जयन्ती वर्ष ७५औँ साधारण सभा समुद्घाटन, विभिन्न विधामा ९ सम्मानित
FEATURED

राष्ट्रपति पौडेलबाट चेम्बर अफ कमर्सको हीरक जयन्ती वर्ष ७५औँ साधारण सभा समुद्घाटन, विभिन्न विधामा ९ सम्मानित

by Sambridinews
शनिबार, चैत्र २८, २०८२
Next Post
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नक्कली नोटसहित युवक पक्राउ

शनिबार, बैशाख २३, २०८०
काठमाडौँ महानगरपालिकाले यही मङ्सिर २७ गतेदेखि सबै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गर्दै

काठमाडौँ महानगरपालिकाले यही मङ्सिर २७ गतेदेखि सबै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गर्दै

बुधबार, मंसिर १३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एनटीसीले ल्यायो नयाँ वर्ष २०८३ को अफर
FEATURED

एनटीसीले ल्यायो नयाँ वर्ष २०८३ को अफर

सोमवार, चैत्र ३०, २०८२
कोका-कोला नेपालले सुरु गर्‍यो फिफा वर्ल्ड कप २०२६ अभियान
FEATURED

कोका-कोला नेपालले सुरु गर्‍यो फिफा वर्ल्ड कप २०२६ अभियान

सोमवार, चैत्र ३०, २०८२
नेपाल होस्टल एसोसिएसन काठमाडौंद्वारा नयाँ वर्ष २०८३ सालका अवसरमा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन सम्पन्न
TOP STORIES

नेपाल होस्टल एसोसिएसन काठमाडौंद्वारा नयाँ वर्ष २०८३ सालका अवसरमा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन सम्पन्न

सोमवार, चैत्र ३०, २०८२
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
TOP STORIES

राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

आइतवार, चैत्र २९, २०८२
राष्ट्रपति पौडेलबाट चेम्बर अफ कमर्सको हीरक जयन्ती वर्ष ७५औँ साधारण सभा समुद्घाटन, विभिन्न विधामा ९ सम्मानित
FEATURED

राष्ट्रपति पौडेलबाट चेम्बर अफ कमर्सको हीरक जयन्ती वर्ष ७५औँ साधारण सभा समुद्घाटन, विभिन्न विधामा ९ सम्मानित

शनिबार, चैत्र २८, २०८२
एन आई सी एशिया बैंकद्वारा बर्दगोरिया, कैलालीस्थित सहारा घरलाई आवश्यक सामग्री सहयोग
TOP STORIES

एन आई सी एशिया बैंकद्वारा बर्दगोरिया, कैलालीस्थित सहारा घरलाई आवश्यक सामग्री सहयोग

शनिबार, चैत्र २८, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In