Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, May 7, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल टेलिकमको २२औं वार्षिकोत्सव सम्पन्न

Sambridinews by Sambridinews
बिहिबार, माघ २३, २०८२
in FEATURED, अर्थ, समाचार
0
नेपाल टेलिकमको २२औं वार्षिकोत्सव सम्पन्न
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । नेपाल टेलिकमको स्थापनाको २३ औं वर्षमा प्रवेश गरेको छ। यसै अवसरमा कम्पनीले आज (माघ २२ गते) २२औं वार्षिकोत्सव सम्पन्न गरेको हो ।

कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष लक्ष्मी कुमारी बस्नेतले अध्यक्षता गरेका थिए ।

You might also like

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व अञ्जन श्रेष्ठ

नेपाल ५ के रन च्यालेन्ज शनिबार

कीर्तिपुरमा हतियार प्रहार गरेर एक युवकको हत्या

समारोहमा प्रमुख अतिथि गृह मन्त्री ओम प्रकाश अर्यालले विशेषतः डिजिटल डिभाइड न्यूनीकरण गर्ने र ग्रामीण क्षेत्रहरूमा सञ्चार पहुँच विस्तार गर्ने काममा कम्पनीले गरेको योगदान प्रशंसनीय भएको बताउँदै सुशासन मार्फत नागरिक र सरकारको सम्बन्धलाई प्रगाढ बनाउने तर्फ कम्पनीबाट उपलब्ध सेवा एवम् कम्पनीका पूर्वाधारहरुको महत्वपूर्ण योगदान रहने बताए।

उनले सरकारले लिएका नीति एवम् कार्यक्रमलाई आत्मसात गरी सरकारको नागरिकप्रतिको कर्तव्य निर्वाहमा नेपाल टेलिकमले सरकारसँग हातेमालो गर्ने र कम्पनीको सुदृढीकरण र विकासमा सरकारको अभिभावकत्व सदैव रहने प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष लक्ष्मी कुमारी बस्नेतले नयाँ प्रविधि र अनुसन्धानलाई आत्मसात गरी सर्वसुलभ रूपमा आम सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रवाह गर्न नेपाल टेलिकमले महत्वपूर्ण कार्य गर्दै आएको बताउँदै नेपाल टेलिकमले देशको प्रमुख सेवा प्रदायकको रुपमा कनेक्टिभिटी उपलब्ध गराई टेलिहेल्थ, टेलिमेडिसिन र टेलिएजुकेसन जस्ता सेवाको विकासलाई ध्यान दिनुपर्ने बताइन्।

उनले विशेष गरी दुर्गम क्षेत्रहरूमा डिजिटल सेवाहरू पुग्ने गरी आवश्यक ढाँचा तयार पार्न जरुरी भएको र यसले जनताको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने र मुलुकलाई डिजिटाइजेसन गर्ने अभियानलाई गति दिने बताइन् ।

यस्तै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले दक्ष जनशक्ति भएको नेपाल टेलिकमले त्यसै अनुसार नेटवर्क निर्माण र विस्तार गरी बजार अझै विस्तार गर्न सक्ने सम्भावना भएको र त्यसै अनुसार आम्दानी समेत वृद्धि गर्न सकिने भएकोले त्यसतर्फ लाग्न सुझाव दिए।

उनले नेपाल टेलिकमले प्राधिकरणमार्फत गरिरहेका विभिन्न परियोजनाहरु समयमै सम्पन्न गर्नेतर्फ लाग्नु पर्ने बताए।

सञ्चालक समितिका सदस्य (कर्मचारी प्रतिनिधि) लोक बहादुर कटुवालले स्वच्छ प्रतिस्पर्धा भनिए पनि नेपाल टेलिकम जस्ता संस्थाहरुले लाइसेन्स लिन र नवीकरण गर्न बढी रकम तिर्नु परेको र आगामी दिनमा यसलाई अझै सच्याउन सकिने तर्फ ध्यान दिन आग्रह गरे । कर्मचारी सरोकारका विषयमा सञ्चालक समिति र कम्पनी व्यवस्थापन सबै मिलेर अगाडि बढ्नु पर्नेमा उनले जोड दिए।

नेपाल टेलिकमका नायव प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले कम्पनीको समग्र अवस्थाका बारेमा छोटकारीमा जानकारी गराउँदै नेपाल टेलिकमले फोरजीरएलटीई सेवा विस्तारलाई सफलतापूर्वक सम्पन्न गरी स्तरोन्नति तथा वितरणलाई निरन्तरता दिंदै आएको र परिणामस्वरुप सातै प्रदेशका ७७ जिल्लाका कुल ७४९ स्थानीय तहमा सो सेवाको पहुँच विस्तार भएको बताए।

फाइभजी सेवा सुरुवात गर्नको निम्ति आपुर्तिकर्ताबाट प्राप्त भएको प्रस्तावको अध्ययन सम्पन्न भई रिभ्युको चरणमा रहेको, कम्पनीले एफटीटीएच सेवा विस्तारलाई सफलतापूर्वक सम्पन्न गरी स्तरोन्नति तथा वितरणलाई निरन्तरता दिंदै आएको, ‘राष्ट्रको सञ्चार’ भएका कारण नेपाल टेलिकमले विगत देखि नै दुर्गम र अति विकट क्षेत्रमा समेत विभिन्न प्रकारले सेवा उपलब्ध गराइरहेको, डाटा सेन्टर निर्माणको निम्ति प्राप्त भएका उपकरणहरुको जडान सम्पन्न हुने चरणमा रहेको बताए।

यस्तै उनले नयाँ बिलिङ सिस्टमको पुनः बोलपत्रको लागि बोलपत्र कागजात पुनरावलोकन गर्न कमिटी गठन भई कार्य प्रारम्भ भएको, प्राइभेट क्लाउड प्लेफर्म (एनटी क्लाउड) को नयाँ बोलपत्र आब्हानको निम्ति बोलपत्र कागजातहरु रिभ्युको क्रममा रहेको जानकारी दिए।

वार्षिकोत्सव कार्यक्रममा सातै प्रदेशका बढी रिचार्ज कार्ड बिक्री गर्ने बिक्रेता, ठूला व्यावसायिक ग्राहक र उत्कृष्ट सेवा प्रदान गर्ने कार्यालयहरूलाई सम्मान गरिएको छ। साथै, कम्पनीमा २० वर्ष सेवा पूरा गरेका कर्मचारीहरूलाई दीर्घ सेवा पदक र प्रमाणपत्र प्रदान गरिएकाे छ।

Related

Previous Post

देश बनाउने कि जलाउने भन्ने यो लडाइँमा हामीले जित्नुपर्छ: ईश्वर पोखरेल

Next Post

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार घोषणा

Sambridinews

Sambridinews

Related Posts

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व अञ्जन श्रेष्ठ
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व अञ्जन श्रेष्ठ

by Sambridinews
बुधबार, बैशाख २३, २०८३
नेपाल ५ के रन च्यालेन्ज शनिबार
TOP STORIES

नेपाल ५ के रन च्यालेन्ज शनिबार

by Sambridinews
बुधबार, बैशाख २३, २०८३
FEATURED

कीर्तिपुरमा हतियार प्रहार गरेर एक युवकको हत्या

by Sambridinews
बुधबार, बैशाख २३, २०८३
घिसिङद्वारा च्याम्पियन जापान पुरस्कृत
TOP STORIES

घिसिङद्वारा च्याम्पियन जापान पुरस्कृत

by Sambridinews
बुधबार, बैशाख २३, २०८३
किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण
TOP STORIES

किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण

by Sambridinews
बुधबार, बैशाख २३, २०८३
Next Post
ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार घोषणा

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सेयरधनीका लागि नगद लाभांश घोषणा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सेयरधनीका लागि नगद लाभांश घोषणा

सोमवार, माघ २२, २०८०
नेपाल अडिटर्स एशोसियन (अडान) को १८ औं स्थापना दिवस सम्पन्न

नेपाल अडिटर्स एशोसियन (अडान) को १८ औं स्थापना दिवस सम्पन्न

आइतवार, साउन २१, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व अञ्जन श्रेष्ठ
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व अञ्जन श्रेष्ठ

बुधबार, बैशाख २३, २०८३
नेपाल ५ के रन च्यालेन्ज शनिबार
TOP STORIES

नेपाल ५ के रन च्यालेन्ज शनिबार

बुधबार, बैशाख २३, २०८३
FEATURED

कीर्तिपुरमा हतियार प्रहार गरेर एक युवकको हत्या

बुधबार, बैशाख २३, २०८३
घिसिङद्वारा च्याम्पियन जापान पुरस्कृत
TOP STORIES

घिसिङद्वारा च्याम्पियन जापान पुरस्कृत

बुधबार, बैशाख २३, २०८३
किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण
TOP STORIES

किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण

बुधबार, बैशाख २३, २०८३
नेपाल टेलिकमद्वारा उच्च गतिको नेटवर्क विस्तार, पाथीभरामा फोरजी सेवा सञ्चालन
TOP STORIES

नेपाल टेलिकमद्वारा उच्च गतिको नेटवर्क विस्तार, पाथीभरामा फोरजी सेवा सञ्चालन

मङ्लबार, बैशाख २२, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In