
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:
कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (QCCI) को एक प्रतिनिधिमण्डल नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) र कतार चेम्बर अफ कमर्स...
Read moreकाठमाडौं । नेपालको साहसिक र अनुभवमा आधारित पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले ललितपुरमा आठौं नेपाल राइडर्स मिट हुने भएको छ ।...
Read moreकाठमाडौं । नेपाल टेलिकमका जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरुले कम्पनीमा रहेको ग्राहक विवरण (केवाइसी) अब आफैले अनलाइन मार्फत भरेर अपडेट...
Read moreहोटल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (माघ २६ गते) अन्तिम...
Read moreकाठमाडौँ / प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मत बदर हुने जोखिम न्यूनिकरण र मतदातालाई सचेत बनाउने लक्ष्यसहित निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई...
Read moreप्याब्सन काठमाडौंको आयोजनामा हुने यु–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) को ट्रफी आइतबार सार्वनजिक गरिएको छ । प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद...
Read moreकाठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले नेपाली बजारमा बिक्री भइरहेको लंगग्रेन बासमती चामलमा व्यापक अनियमितता र झेल भएको आरोप लगाएको छ।...
Read more२५ माघ, कोशी, मधेश र गण्डकी प्रदेशका युवाका सरोकारवालाले राष्ट्रिय युवा नीति २०८२ कार्यान्वयन गर्न माग गरेका छन् । युवाको सर्वाङ्गीण विकासमार्फत राष्ट्र निर्माणमा सार्थक सहभागिताको दूरदृष्टिसहित युवालाई सक्षम र जिम्मेवार बनाई राष्ट्र निर्माणमा युवाको सार्थक सहभागिता र भूमिका बढाउने ध्येय युवा नीतिमा रहेको छ । यस नीतिको लक्ष्यमा युवाको सर्वाङ्गिन विकास गर्ने, राज्यका विकासमा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, राष्ट्रभावमा भएका सदाचारी एवं सुसंस्कृत युवा तयार गरी समुन्नत राष्ट्र निर्माणमा योगदान गर्ने लक्ष्य लिएर राष्ट्रिय युवा नीति, २०८२ नेपाल सरकारको मन्त्रिपरिषदबाट २०८२ साल भाद्र २ गते पारित भएको थियो।स्वास्थ्य शिक्षित, सकारात्मक सोचयुक्त, नैतिकवान, उद्यमशील, सिर्जनशील, कर्तव्य तथा दायित्वप्रति निष्ठवान र अधिकारप्रति सचेत युवा शक्तिको विकास संरक्षण र परिचालन गर्नु राष्ट्रको सामाजिक सांस्कृतिक आर्थिक राजनीतिक तथा दिगो विकासमा युवा परिचालनको सुनिश्चितता गर्नु राष्ट्रियताको भावना जागृत गराउँदै समाज रूपान्तरणमा राष्ट्र निर्माणमा युवाहरूलाई नेतृत्वदायी भूमिका बढाउने उद्देश्यका साथ उक्त नीति ल्याइएको कुरा राष्ट्रिय युवा परिषद्का प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले बताउनुभएको छ। जागृति बाल तथा युवा सरोकार नेपाल, राष्ट्रिय युवा परिषद् र ब्रिटिस काउन्सिलको संयुक्त सहकार्यमा गण्डकी प्रदेशको पोखरा, मधेस प्रदेशको जनकपुर र कोशी प्रदेशको विराटनगरमा युवाका सरोकारवालाहरूका बीचमा राष्ट्रिय युवा नीति, २०८२ को बारेमा जानकारी गराउने तथा आगामी युथभिजनको बारेमा सुझाव सङ्कलन गर्ने उद्देश्यले छलफल कार्यक्रम सम्पन्न गरेको कुरा जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बताउनुभएको छ। माघ १२ गते पोखरा, २१ गते विराटनगर र २३ गते जनकपुरमा सम्पन्न कार्यक्रममा प्रत्येक प्रदेशमा जनप्रतिनिधि तथा सरकारी, गैरसरकारी, संवैधानिक निकाय, युवा अधिकारकर्मी, विकासका साझेदार संस्था, कृषी उद्यमी, निजी क्षेत्र, शैक्षिक क्षेत्र, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका तथा युवा मैत्री, बालमैत्री, पोषणमैत्री, बालविवाह मुक्त, किशोरी सशक्तिकरण, अभियानमा क्रियाशील तीन प्रदेशमा गरी २०० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।२०६६ मा पहिलो राष्ट्रिय युवा नीति आएपश्चात समयसन्दर्भिकतालाई ध्यानमा राख्दै २०७२मा यिनै व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न २०१५-२०२५ को युथ भिजन ल्याइएको र उक्त युथभिजनको पनि समय समाप्त भएको हुनाले अब समय र परिस्थिति अनुसार नयाँ युथ भिजनको बारेमा छलफल सुरुवात गरिएको कुरा राष्ट्रिय युवा परिषद्का उपसचिव चन्द्रा थापाले बताउनुभएको थियो। युवाको क्षेत्रमा प्रयाप्त अध्ययन अनुसन्धान भई युवा विकासका लागि आवश्यक ठोस कार्यक्रमहरू लक्षित वर्गसम्म पुग्न नसक्नु युवा विकासका प्रमुख समस्याहरूको रूपमा रहेको छ सङ्घीय संरचना अनुरुप नीतिगत तथा संस्थागत व्यवस्था पूर्ण रुपमा क्रियाशील मन्त्रालयहरूको कार्यक्रमहरूको बीचको तादाम्यताको कमी, विगतमा सञ्चालित कार्यक्रमहरूको न्यून प्रभावकारिता स्रोत साधनको अभाव तथा अवसरको समानुपातिक वितरण नहुँदा युथ भिजन र युवा नीति २०७२ ले सोचेअनुरूप उपलब्धि हासिल गर्न नसकेको कुरालाई मध्यनजर राख्दै राष्ट्रिय युवा परिषद् युवा तथा खेलकुद मन्त्रालय नागरिक सङ्घसंस्था साझेदार संस्था निजी क्षेत्र सबैको छलफल र सुझाव अनुरूप राष्ट्रिय युवा नीति, २०८२को विषयमा सरोकारवालालाई जानकारी गराउने र विगतका असल अभ्यासलाई आत्मासात् गर्दै युवामैत्री छलफलबाट आगामी युथभिजनमा सुझाव संकलन गर्न लागिएको कुरा उपप्राध्यापक डाक्टर दिपेश घिमिरेले कार्यक्रममा बताउनुभएको थियो। १६ देखि ४० वर्ष उमेरसम्मका युवाहरूको जनसङ्ख्या ४२.५६% छ र यो नयाँ नीतिले अब युवाको उमेर १८ देखि ३५ मा राख्ने निष्कर्ष निकालेको छ । सहभागीहरूले हालसम्मका असल अभ्यासहरूलाई आत्मसात् गर्दै आगामी युथ भिजनमा सहभागी युवाहरूले युवा मैत्री स्थानीय शासन प्रवर्धन, सबै स्थानीय तहमा स्थानीय युवा समिति गठन, सबै प्रदेशमा प्रदेश युवा परिषद् गठन, युवाहरूको जीविकोपार्जन र उद्यमशीलताको सुनिश्चितता, जीवन उपयोगी सीप, प्राण घातक रोगहरूको उपचार, अपाङ्गता भएका तथा यौनिक लैङ्गिक अल्पसंख्यक, वैकल्पिक संरक्षणमा रहेका युवाहरूको लागि विशेष व्यवस्था, जलवायु परिवर्तनबाट पर्ने असर न्यूनीकरणका लागि विशेष कार्यक्रम, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, खेलकुद, राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा अनुभव आदानप्रदान, आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक क्षेत्रको नीति निर्माण प्रक्रियामा युवाहरूको समावेशी र सार्थक सहभागिताको सुनिश्चितता गर्नु सुझाव दिएका छन् । युवा नागरिक संघसंस्थाहरूको क्षमता अभिवृद्धि, योग, ध्यान, प्राकृतिक चिकित्सा, खाद्य र पोषण, युवाको प्रजनन स्वास्थ्य, स्वास्थ्य बीमा, मनोसामाजिक समस्याको समाधान, करियर काउन्सेलिङ्, अनलाइन सुरक्षा, लागुपदार्थ दुर्वेशनीबाट सुरक्षा, पर्यटन, वन, ऊर्जा मार्फत युवा उद्यमशीलता तर्फ उन्मुख गर्न युथ भिजनमा उल्लेख गर्नुपर्ने बताएका थिए । युवासँग सम्बन्धित कला, साहित्य, संस्कृतिको विकास, सूचना प्रविधि, अनुसन्धान र आविष्कारको क्षेत्रमा युवाहरूको पहुँच वृद्धि सबै जाति भाषा धर्म क्षेत्र लिङ्गका युवाहरूको अधिकारको ग्यारेन्टी, सुरक्षित आप्रवासन, मानव बेचबिखनको जोखिमबाट संरक्षण, युथ रिजोलुसन २२५० को कार्यान्वयन लगायतका विषयमा आगामी युथ भिजनमा उल्लेख हुनुपर्ने कुरा सहभागी युवाहरूले बताएका छन्। राष्ट्रिय युवा परिषद्का उपसचिव नवराज निरौलाले युवा नीतिको कार्यान्वयन र प्रचारप्रसारमा सबै युवाहरू लाग्नुपर्ने बताउँदै युवा परिषद्ले गरेका विभिन्न गतिविधिहरूको बारेमा जानकारी गराउनु भएको थियोसहभागी युवाहरूले प्रदेश र स्थानीय तहले युवाहरूको निम्ति युवाहरूकै अर्थपूर्ण सहभागितामा कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताउँदै प्रदेशमा र स्थानीय तहमा तत्काल युवाको लागि छुट्टै संरचना बनाउन माग गरेका थिए। कार्यक्रम संयोजक रिता थापाले स्वागत गर्दै प्रदेश स्तरीय छलफलले युवाहरूको क्षेत्रमा लगानी गर्न आगामी युथ भिजनमा मार्गदर्शन हुने बताउँदै प्राप्त सुझावलाई सम्बन्धित निकायमा बुझाई कार्यान्वयन गर्न पहल गर्ने बताउनुभएको थियो। सहभागी युवाहरूले युवा कूटनीतिक मार्फत क्षेत्रीय अन्तर्राष्ट्रिय संघसंस्था तथा बहुपक्षीय दुईपक्षीय साझेदारीमा विभिन्न परियोजना तथा कार्यक्रमहरूलाई सञ्चालन गर्न, युवा मार्फत समग्र राष्ट्रको विकास गर्न, संघ प्रदेश स्थानीय तह निजी क्षेत्र र साझेदार संस्था बीचको सहकार्यलाई थप प्रभावकारी पारदर्शी र उत्तरदायी बनाउनुपर्ने युवा प्रतिभाहरूको खोजी गरी उनीहरूको सीप र क्षमतालाई उपयोग गर्नुपर्ने बताएका थिए।
Read moreअमेरिकामा गरिएको एक अनुसन्धान अनुसार मासुबाट भन्दा ड्राइ फ्रुट्स तथा बीउबिजनबाट प्राप्त हुने प्रोटिन मुटुका लागि स्वस्थकर हुन्छ । मासुबाट...
Read moreललितपुर— सरकारी अस्पताल भन्नेबित्तिकै आँखाअगाडि झुल्कने दृश्य हो— बिहानैदेखि टिकट काट्न लागेको लामो ताँती, रिपोर्ट लिन घण्टौँको पर्खाइ र कागजी...
Read more| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.