Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, October 2, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्तानेपाल–चीन आर्थिक सम्बन्धलाई व्यापार र लगानी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड

Sambridinews by Sambridinews
मङ्लबार, भदौ २, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्तानेपाल–चीन आर्थिक सम्बन्धलाई व्यापार र लगानी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच सोमबार महासंघ सचिवालय टेकुमा भेटवार्ता भएको छ । भेटवार्तामा नेपाल–चीन आर्थिक सम्बन्धलाई व्यापार र लगानी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा दुवै पक्षले जोड दिएका छन् ।
सो अवसरमा महासंघ, चिनियाँ दूतावास, सीसीपीआईटी तथा चिनियाँ प्रान्तीय वाणिज्य संघबीच नियमित संवाद र सहकार्यलाई थप प्रभावकारी बनाउँदै व्यापार, लगानी, पर्यटन, प्रविधि हस्तान्तरण, संयुक्त उद्यम र निर्यात प्रवद्र्धनमा केन्द्रित कार्यक्रम अघि बढाउने विषयमा छलफल भएको थियो ।
महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल–चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो व्यापार, लगानी र आर्थिक साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले चिया, कफी, जडीबुटी तथा हर्बल उत्पादन, हस्तकला, फेल्ट, हस्तनिर्मित कागज, तयारी पोसाक र सिङ्गिङ बाउललगायत नेपाली उत्पादनको चीनमा निर्यात बढाउन सकिने बताउनुभयो । “चीनसंग आयातको तुलनामा नेपालको निर्यात नगन्य छ । यो अवस्थामा नेपालको निर्यात व्यापार बढाउने ढंगले चिनीयाँ पक्षको सहयोग आवश्यक छ । अब हाम्रो प्राथमिकता प्रदर्शनीमा सहभागिता मात्र नभई वास्तविक अर्डर, दीर्घकालीन खरिदकर्ता र व्यावसायिक साझेदारी निर्माण गर्नु हुनुपर्छ । ” उहाँले भन्नुभयो ।
महासंघले विगत १५ वर्षभन्दा बढी समयदेखि चीनको कुनमिङमा आयोजना हुँदै आएको चाइना–साउथ एसिया एक्स्पोलगायत विभिन्न व्यापार मेलामा नेपाली व्यवसायीको सहभागिता गराउँदै आएको जानकारी दिनुभयो । चिनियाँ पर्यटकको आगमन बढाउन पोखरा र भैरहवा अन्तरराष्ट्रिय विमानस्थलमा सिधा हवाई सम्पर्क विस्तारका लागि अध्यक्ष श्रेष्ठले जोड दिनुभयो ।
यस्तै नेपाल एलडीसीबाट स्तरोन्नतिको चरणमा प्रवेश गरिरहेको सन्दर्भमा निर्यात विविधीकरण, प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि र गुणस्तरीय वैदेशिक लगानी आकर्षित गर्न चीनले महत्वपूर्ण भूमिका खेल्न सक्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो । चीनसँगको सहकार्यबाट नेपालको उत्पादन क्षमता वृद्धि गर्दै क्षेत्रीय तथा विश्वव्यापी मूल्य शृङ्खलामा जोडिन सकिने उहाँको भनाई थियो ।

अध्यक्ष श्रेष्ठले आगामी डिसेम्बरमा काठमाडौंमा आयोजना हुने ११औँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा चिनियाँ कम्पनीहरूको थप सहभागिताका लागि राजदूतसँग आग्रह गर्दै यसलाई नेपाल–चीन व्यवसायीबीच प्रत्यक्ष सम्पर्क र साझेदारी विस्तारको महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताउनुभयो ।
भेटमा चिनियाँ राजदूत झाङ माओमिङले नेपाल–चीन सम्बन्धलाई आर्थिक तथा व्यावसायिक क्षेत्रमा थप गहिरो बनाउनुपर्ने धारणा राख्दै नेपाली उत्पादनलाई चिनियाँ बजारमा प्रवद्र्धन गर्न तथा दुई देशका व्यवसायीबीच प्रत्यक्ष सम्पर्क विस्तारमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
चिनियाँ राजदूत झाङ माओमिङले नेपाल–चीन सम्बन्धलाई परम्परागत व्यापारिक सम्बन्धभन्दा माथि उठाउँदै लगानी, प्रविधि, संयुक्त उद्यम, निर्यात, पर्यटन तथा प्रत्यक्ष व्यावसायिक सहकार्यमा आधारित दीर्घकालीन आर्थिक साझेदारीमा रूपान्तरण गर्नुपर्ने बताउनु भयो । साथै उहाँले त्यसकालागि सहजिकरण गर्न चीन तयार रहेको बताउनु भयो ।
उहाँले चीनमा प्रतिष्पर्धात्मक बजार रहेकोले नेपाली वस्तु निर्यात गर्दा गुणस्तर, ब्रान्डिङ्ग र प्याकेजिङ्ग तथा परिमाणमा विशेष ध्यान दिन नेपाली व्यवसायीहरुलाई आग्रह गर्दै नेपाली व्यवसायीहरुको क्षमता अभिवृद्धिमा सहयोग गर्न आफूहरु तयार रहको बताउनु भयो । “नेपाल चीनको असल छिमेकी हो । नेपालको विकास र समृद्धिका लागि चीन सधैं सकारात्मक छ । नेपाली वस्तुको निर्यातमा सहजिकरणकालागि पनि चीन तयार छ । यसकालागि नेपाली व्यवसायीहरुले आफ्‌नो क्षमता बढाउँदै लैजानु पर्दछ । ” उहाँले भन्नु भयो ।
सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, उपाध्यक्षद्वय कृष्ण प्रसाद शर्मा र नरेशलाल श्रेष्ठ वाग्मती प्रदेश अध्यक्ष वेद बहादुर श्रेष्ठ लगायतले चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार तथा महत्वपूर्ण वैदेशिक लगानीको स्रोत रहेको उल्लेख गर्दै द्विपक्षीय व्यापारमा रहेको असन्तुलन घटाउन नेपाली वस्तुको चिनियाँ बजारमा पहुँच विस्तारमा थप सहयोग र सहजिकरण आवश्यक रहेको बताउनु भयो ।

You might also like

इनड्राइभको ‘सुनको सवारी’ क्याम्पियन सुरु: यात्रुलाई सुनको सिक्का, स्मार्ट टिभी र स्मार्टवाच जित्ने अवसर

नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान X5000e इलेक्ट्रिक प्राइम मुभर र टिप

Related

Previous Post

‘बजाज पल्सर’ इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक 

Next Post

काठमाडौँमा नाडा अटो शो २०२६ भाद्र ९ देखि सुरु हुँदै, स्वर्ण उत्सवका रूपमा भव्य आयोजना गरिने

Sambridinews

Sambridinews

Related Posts

इनड्राइभको ‘सुनको सवारी’ क्याम्पियन सुरु: यात्रुलाई सुनको सिक्का, स्मार्ट टिभी र स्मार्टवाच जित्ने अवसर
TOP STORIES

इनड्राइभको ‘सुनको सवारी’ क्याम्पियन सुरु: यात्रुलाई सुनको सिक्का, स्मार्ट टिभी र स्मार्टवाच जित्ने अवसर

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
TOP STORIES

नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान X5000e इलेक्ट्रिक प्राइम मुभर र टिप
FEATURED

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान X5000e इलेक्ट्रिक प्राइम मुभर र टिप

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
स्मार्ट टिभी प्रयोगकर्ताका लागि नेपाल टेलिकमको भर्चुअल सेट-टप बक्स सेवा सुरु, १००० रुपैयाँ छुट पाइने
FEATURED

स्मार्ट टिभी प्रयोगकर्ताका लागि नेपाल टेलिकमको भर्चुअल सेट-टप बक्स सेवा सुरु, १००० रुपैयाँ छुट पाइने

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै
TOP STORIES

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै

by Sambridinews
बुधबार, अशोज १४, २०८३
Next Post
काठमाडौँमा नाडा अटो शो २०२६ भाद्र ९ देखि सुरु हुँदै, स्वर्ण उत्सवका रूपमा भव्य आयोजना गरिने

काठमाडौँमा नाडा अटो शो २०२६ भाद्र ९ देखि सुरु हुँदै, स्वर्ण उत्सवका रूपमा भव्य आयोजना गरिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सुन तस्करसँग पूर्वसभामुख महराको २२ र छोराको २३४ पटक फोन संवाद

सुन तस्करसँग पूर्वसभामुख महराको २२ र छोराको २३४ पटक फोन संवाद

आइतवार, साउन २८, २०८०
जेन-जी समुह र एमाले समर्थकबिच झडप भएपछि सिमरामा कर्फ्यू

जेन-जी समुह र एमाले समर्थकबिच झडप भएपछि सिमरामा कर्फ्यू

बुधबार, मंसिर ३, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

इनड्राइभको ‘सुनको सवारी’ क्याम्पियन सुरु: यात्रुलाई सुनको सिक्का, स्मार्ट टिभी र स्मार्टवाच जित्ने अवसर
TOP STORIES

इनड्राइभको ‘सुनको सवारी’ क्याम्पियन सुरु: यात्रुलाई सुनको सिक्का, स्मार्ट टिभी र स्मार्टवाच जित्ने अवसर

शुक्रबार, अशोज १६, २०८३
नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
TOP STORIES

नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने

शुक्रबार, अशोज १६, २०८३
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान X5000e इलेक्ट्रिक प्राइम मुभर र टिप
FEATURED

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान X5000e इलेक्ट्रिक प्राइम मुभर र टिप

शुक्रबार, अशोज १६, २०८३
स्मार्ट टिभी प्रयोगकर्ताका लागि नेपाल टेलिकमको भर्चुअल सेट-टप बक्स सेवा सुरु, १००० रुपैयाँ छुट पाइने
FEATURED

स्मार्ट टिभी प्रयोगकर्ताका लागि नेपाल टेलिकमको भर्चुअल सेट-टप बक्स सेवा सुरु, १००० रुपैयाँ छुट पाइने

शुक्रबार, अशोज १६, २०८३
विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै
TOP STORIES

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै

बुधबार, अशोज १४, २०८३
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
TOP STORIES

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

बुधबार, अशोज १४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In