Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, October 2, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८२: पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक, ५ उत्कृष्ट खेलाडी प्रतिस्पर्धामा

Sambridinews by Sambridinews
आइतवार, साउन ३१, २०८३
in TOP STORIES, खेलकुद, समाचार
0
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८२: पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक, ५ उत्कृष्ट खेलाडी प्रतिस्पर्धामा
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने नेपाली खेलकुद क्षेत्रको सर्वाधिक प्रतिष्ठित ‘२३औं संस्करणको एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८२’ को तयारी तीव्र पारिएको छ। आगामी भदौ १८ गते आयोजना हुने यस अवार्डअन्तर्गत बहुप्रतीक्षित ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक गरिएको छ।

यससँगै मञ्चले अवार्डको आधिकारिक भोटिङ पार्टनरका रूपमा ‘Khalti By IME’ सँग औपचारिक सम्झौता पत्रमा हस्ताक्षर समेत गरेको छ।

You might also like

‘युनाइटेड डिलर्स समिट २०८३’ थाइल्यान्डमा सम्पन्न, नयाँ लुब्रिकेन्ट सार्वजनिक

इनड्राइभको ‘सुनको सवारी’ क्याम्पियन सुरु: यात्रुलाई सुनको सिक्का, स्मार्ट टिभी र स्मार्टवाच जित्ने अवसर

नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने

वर्षभर उत्कृष्ट प्रदर्शन गरी चर्चामा रहेका तथा सम्भावना बोकेका खेलाडीहरूलाई जनमतका आधारमा पुरस्कृत गरिने यस विधामा विभिन्न खेलका ५ जना स्टार खेलाडीहरू मनोनयनमा परेका छन्:

  • मीना सुनार (भलिबल): उदीयमान शक्तिशाली स्पाइकर मीना एभरेस्ट भलिबल क्लब बुटवलकी कप्तान हुन्। उनले काभा महिला च्याम्पियनसिप, काभा यु-१९ (उपविजेता), काभा यु-२० मा उत्कृष्ट प्रदर्शन गर्नुका साथै नेपाल पुलिस क्लबबाट काभा क्लब च्याम्पियनसिपमा तेस्रो स्थान दिलाउन महत्वपूर्ण भूमिका खेलेकी छन्।
  • पूजा राना (फुटबल): एसियन कप छनोटमा उच्च प्रदर्शन गरेकी राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य पूजाले वैदेशिक व्यावसायिक लिगमा समेत प्रभावशाली छाप छाडेकी छन्। उनी भुटानको ट्रान्सफर युनाइटेड तथा बंगलादेशका फरासगन्ज एफसी र नासरिन स्पोर्ट्स एकेडेमीसँग आबद्ध भई खेलिसकेकी छन्।
  • सानुमाया थिङ (कराते): इजिप्टको कायरोमा आयोजित विश्व कराते च्याम्पियनसिपको छनोट चरण पार गरेकी सानुमायाले २१औं एसियन कराते च्याम्पियनसिपमा कांस्य पदकका लागि प्रतिस्पर्धा गरेकी थिइन्। उनी दक्षिण एसियाली करातेकी टिम काता स्वर्ण र एकल काता रजत विजेता हुनुका साथै यूकेकेसी च्यालेन्जकी स्वर्ण पदक विजेता हुन्।
  • शेर मल्ल (क्रिकेट): आइसिसी टी-२० विश्वकपको डेब्यु खेलकै पहिलो बलमा विकेट लिएर इतिहास रचेका शेरले मलेसियामा आयोजित एसियन गेम्स क्वालिफायरमा उत्कृष्ट बलिङ गरेका थिए। उनी नेपाल प्रिमियर लिग (NPL) को दुवै सिजनका च्याम्पियन टोली (जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स) का प्रमुख सदस्य हुन् (१० खेलमा १७ विकेट)। उनकै कप्तानीमा सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कपको फाइनल पुगेको थियो।
  • रवीन्द्र ढाँट (मिक्स मार्सल आर्टस – MMA): ‘बझाङका बाघ’ उपनामले चिनिने एमएमए फाइटर रवीन्द्रले गत वर्ष म्याट्रिक्स फाइट नाइट १७ को बेन्टमवेट च्याम्पियन बनेर इतिहास रचेका थिए। उनी एसिया प्यासिफिक रिजनको २०५औं वरीयता प्राप्त फाइटर हुन्।

यस वर्षको स्पोर्टस अवार्डमा कूल ९ विधा (वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियाली खेलकुद पत्रकार अवार्ड) मा खेलाडी तथा खेलकर्मीहरूलाई सम्मानित गरिनेछ।

Related

Previous Post

ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

Next Post

Proton e.MAS 5 and e.MAS 7 Draw Strong Customer Interest at NAIMA Nepal Mobility Expo 2026

Sambridinews

Sambridinews

Related Posts

‘युनाइटेड डिलर्स समिट २०८३’ थाइल्यान्डमा सम्पन्न, नयाँ लुब्रिकेन्ट सार्वजनिक
FEATURED

‘युनाइटेड डिलर्स समिट २०८३’ थाइल्यान्डमा सम्पन्न, नयाँ लुब्रिकेन्ट सार्वजनिक

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
इनड्राइभको ‘सुनको सवारी’ क्याम्पियन सुरु: यात्रुलाई सुनको सिक्का, स्मार्ट टिभी र स्मार्टवाच जित्ने अवसर
TOP STORIES

इनड्राइभको ‘सुनको सवारी’ क्याम्पियन सुरु: यात्रुलाई सुनको सिक्का, स्मार्ट टिभी र स्मार्टवाच जित्ने अवसर

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
TOP STORIES

नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान X5000e इलेक्ट्रिक प्राइम मुभर र टिप
FEATURED

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान X5000e इलेक्ट्रिक प्राइम मुभर र टिप

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
स्मार्ट टिभी प्रयोगकर्ताका लागि नेपाल टेलिकमको भर्चुअल सेट-टप बक्स सेवा सुरु, १००० रुपैयाँ छुट पाइने
FEATURED

स्मार्ट टिभी प्रयोगकर्ताका लागि नेपाल टेलिकमको भर्चुअल सेट-टप बक्स सेवा सुरु, १००० रुपैयाँ छुट पाइने

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
Next Post
Proton e.MAS 5 and e.MAS 7 Draw Strong Customer Interest at NAIMA Nepal Mobility Expo 2026

Proton e.MAS 5 and e.MAS 7 Draw Strong Customer Interest at NAIMA Nepal Mobility Expo 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मकवानपुरको भीमफेदीमा सवारी दुर्घटना ; १४ जना घाइते

मकवानपुरको भीमफेदीमा सवारी दुर्घटना ; १४ जना घाइते

मङ्लबार, जेष्ठ ६, २०८२
इमेज च्यानलमा पत्रकारले नियमित पारिश्रमिककाे माग राखेर धर्ना

इमेज च्यानलमा पत्रकारले नियमित पारिश्रमिककाे माग राखेर धर्ना

बुधबार, अशोज १२, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

‘युनाइटेड डिलर्स समिट २०८३’ थाइल्यान्डमा सम्पन्न, नयाँ लुब्रिकेन्ट सार्वजनिक
FEATURED

‘युनाइटेड डिलर्स समिट २०८३’ थाइल्यान्डमा सम्पन्न, नयाँ लुब्रिकेन्ट सार्वजनिक

शुक्रबार, अशोज १६, २०८३
अहिंसा परमो धर्म
साहित्य / ब्लग

अहिंसा परमो धर्म

शुक्रबार, अशोज १६, २०८३
इनड्राइभको ‘सुनको सवारी’ क्याम्पियन सुरु: यात्रुलाई सुनको सिक्का, स्मार्ट टिभी र स्मार्टवाच जित्ने अवसर
TOP STORIES

इनड्राइभको ‘सुनको सवारी’ क्याम्पियन सुरु: यात्रुलाई सुनको सिक्का, स्मार्ट टिभी र स्मार्टवाच जित्ने अवसर

शुक्रबार, अशोज १६, २०८३
नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
TOP STORIES

नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने

शुक्रबार, अशोज १६, २०८३
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान X5000e इलेक्ट्रिक प्राइम मुभर र टिप
FEATURED

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान X5000e इलेक्ट्रिक प्राइम मुभर र टिप

शुक्रबार, अशोज १६, २०८३
स्मार्ट टिभी प्रयोगकर्ताका लागि नेपाल टेलिकमको भर्चुअल सेट-टप बक्स सेवा सुरु, १००० रुपैयाँ छुट पाइने
FEATURED

स्मार्ट टिभी प्रयोगकर्ताका लागि नेपाल टेलिकमको भर्चुअल सेट-टप बक्स सेवा सुरु, १००० रुपैयाँ छुट पाइने

शुक्रबार, अशोज १६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In