
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:
नेपालगन्ज ।अन्तरालको आयोजना तथा व्यवस्थापनमा पत्रकार/फोटोग्राफर जयनारायण शाहले खिचेका फोटोहरुको `विटनेश अफ टाइम´ शीर्षकमा एकल फोटो प्रदर्शनी आयोजना हुने भएको...
Read moreसरकारले सीमा नाकामा थालेको पछिल्लो कडाइ र अवैध आयात नियन्त्रणको कदमलाई नेपाल बिस्कुट उत्पादक संघले स्वागत गरेको छ । संघले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको यस निर्णयले धराशायी बन्दै गएको स्वदेशी बिस्कुट उद्योगलाई पुनर्जीवन दिने र उत्पादनमुखी अर्थतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गरेको हाे । पछिल्लो समय सीमावर्ती क्षेत्रबाट हुने कर नतिरेको अवैध आयातले नेपाली उत्पादनको बजार घटाएको भन्दै उद्योगीहरूले चिन्ता व्यक्त गर्दै आएका थिए। संघका अनुसार नेपालमा स्थापना भएका कुल ४० बिस्कुट उद्योगमध्ये हाल १७ वटा मात्र सञ्चालनमा छन् भने २३ वटा उद्योग बन्द अवस्थामा छन्। वार्षिक १,५०० करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने यस क्षेत्रमा वार्षिक ६०० करोड रुपैयाँभन्दा बढीको अवैध आयात हुने गरेको अनुमान छ। संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'कच्चा पदार्थ ल्याउँदा कर तिर्नुपर्ने तर तयारी बिस्कुट अवैध रूपमा भित्रिँदा स्वदेशी उद्योग दबाबमा परेका थिए। सरकारको यो कदमले उद्योग, रोजगारी र राजस्व तीनै पक्षलाई सकारात्मक प्रभाव पार्नेछ।' यदि अवैध आयात पूर्ण रूपमा रोकिएमा उद्योगले हाल सरकारलाई तिर्दै आएको करिब २०० करोड रुपैयाँ प्रत्यक्ष कर वृद्धि भई ३०० करोड रुपैयाँ पुग्ने र थप ५,००० भन्दा बढी युवालाई सम्मानजनक रोजगारी सिर्जना गर्न सकिने संघको दाबी छ। पहिले पनि यस्तै कडाइपछि नेपाली बिस्कुटको माग उल्लेखनीय रूपमा बढेको, बन्द उद्योगहरू पुनः सञ्चालनमा आएका र राज्यकोषमा योगदान बढेको अनुभव उद्योग र सरकार दुवैसँग स्पष्ट छ । त्यसैले यो नीति अस्थायी होइन, दीर्घकालीन र निरन्तर हुनुपर्छ भन्नेमा संघकाे जाेड छ। 'न्यायपूर्ण व्यापार, करपालन, र घरेलु उत्पादन संरक्षणतर्फ सरकारले देखाएको दृढताका लागि धन्यवाद । यस निर्णयले तराई क्षेत्रको बजार विस्तार, स्थानीय उद्योगको पुनरुत्थान, र राष्ट्रिय अर्थतन्त्रको सबलीकरणमा महत्वपूर्ण टेवा पुर्याउनेछ।'विज्ञप्तिमा भनिएको छ । यसैगरी, विदेशबाट आयात गरिने सम्पूर्ण वस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य उल्लेख हुनुपर्ने र बिक्री गर्दा अनिवार्य बिल जारी गर्ने नियमको पनि संघले स्वागत गरेको छ।'पहिले नेपाली उत्पादन' भन्ने साझा अभियानलाई बलियो बनाउन अपिल गर्दै संघले उपभोक्ताहरूलाई स्वदेशी बिस्कुट प्रयोग गर्न र व्यापारीहरूलाई नेपाली उत्पादनलाई नै प्राथमिकतामा राख्न अनुरोध गरेको छ नेपाली उत्पादन किन्नु भनेको रोजगारी बचाउनु, किसानलाई प्रोत्साहन गर्नु र देशलाई आत्मनिर्भर बनाउनु भएको विज्ञप्तिमा उल्लेख छ।
Read moreकाठमाडाैं । उपभोक्ताले प्रतिदर्जन ४०० रुपैयाँसम्म तिर्नु परिरहेको केराको मूल्यमा बिचौलियाको चरम हस्तक्षेप रहेको भन्दै नेपाल केरा उत्पादक महासंघले गम्भीर...
Read moreकाठमाडौँ / नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल -नाडा_को एक प्रतिनिधि मण्डलले आज वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञवालीसँग...
Read moreनेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ र नेपालका लागि स्लोभेनियाका लागि आवासीय राजदूत टोमाज मेन्सिनसँग महासंघ सचिवालयमा भेटवार्ता...
Read moreकर्पोरेट खेलकुद क्षेत्रमा नयाँ उत्साह थप्दै एक्सट्रिम इनर्जी ड्रिंकले कर्पोरेट टि-१० लिगको लागि आधिकारिक “ईनर्जी पार्टनर” को रूपमा सम्झौता गरेको...
Read moreकाठमाडौँ, वैशाख ७ गते । नेपालको चर्चित रेसमध्येको एक मञ्जुश्री ट्रेल रेस (एमटिआर) को छैटौँ संस्करणमा नेपालका अर्जुन कुलुङ राई...
Read moreकाठमाडौं,औद्योगिक उद्यम विकास संस्थान (आईईडीआई), नेपाल सरकारद्वारा आईसीटी फाउन्डेसन नेपाल (आईएफएन) लाई बिजनेस इन्क्युबेसन सर्भिस (बीआईएस) अपरेसन एन्ड म्यानेजमेन्ट प्रोग्राम कार्यान्वयनका लागि चयन गरिएको छ। यसअन्तर्गत आईएफएनले डिजिटल एन्ड आईटीइनेबल्ड स्टार्टअप इन्क्युबेसन प्रोग्राम सञ्चालन गर्दै बागमती प्रदेशको काठमाडौं उपत्यका र कोशी प्रदेशको इटहरी केन्द्रित ५० भन्दा बढी प्रारम्भिक चरणका स्टार्टअपलाई समर्थन गर्नेछ। मार्चदेखि जुन २०२६ सम्म सञ्चालन हुने यो कार्यक्रम हाइब्रिड मोडल मा चलाइनेछ। कार्यक्रममा सहभागी स्टार्टअपहरूले विशेषज्ञबाट वान-टु- वान मेन्टरशिप, क्यापसिटी बिल्डिङ, बिजनेस डेभलपमेन्ट एन्ड भ्यालिडेसन सपोर्ट, र इन्भेस्टर रेडिनेस प्रिपरेशन प्राप्त गर्नेछन्। आयोजकका अनुसार यो इन्क्युबेसन पहलले उद्यमशीलता विकासलाई काठमाडौं बाहिर पनि विस्तार गर्ने उद्देश्य राखेको छ। विशेषगरी ऐतिहासिक रूपमा कम अवसर पाएका क्षेत्रका उद्यमीलाई समेटेर नवप्रवर्तनको क्षेत्रीय इकोसिस्टम बलियो बनाउने लक्ष्य कार्यक्रमले राखेको छ। कार्यक्रममार्फत छनोट भएका स्टार्टअपलाई उद्योग–विशेषज्ञसँगको प्रत्यक्ष सम्पर्क, व्यावहारिक तालिम र नेटवर्किङ अवसर उपलब्ध गराइनेछ। यसले उनीहरूलाई आफ्नो बिजनेस मोडल परिष्कृत गर्न, बजारमा उपस्थिति बढाउन र लगानीका लागि तयारी गर्न मद्दत गर्ने विश्वास गरिएको छ। यसका साथै उत्कृष्ट प्रदर्शन गर्ने स्टार्टअपहरूले सीड इन्भेस्टमेन्ट सपोर्ट प्राप्त गर्नेछन् भने उनीहरूलाई आईसीटी अवार्ड, स्टार्टअप एन्ड आइडिया फेस्ट, नेशनल कन्क्लेभ्स र एआई कन्फरेन्स जस्ता राष्ट्रिय स्तरका प्लेटफर्ममा पहुँच प्रदान गरिनेछ। आईसीटी फाउन्डेसन नेपालले यसअघि डिजिटल कर्णाली कन्क्लेभ र डिजिटल मधेश कन्क्लेभ जस्ता कार्यक्रममार्फत क्षेत्रीय नवप्रवर्तन प्रवर्द्धनमा योगदान दिँदै आएको छ। यो कार्यक्रममार्फत आईएफएनले नेपालको स्टार्टअप इकोसिस्टम सुदृढ गर्ने, समावेशी तथा क्षेत्रीय उद्यमशीलता प्रवर्द्धन गर्ने, नवप्रवर्तनमा आधारित आर्थिक वृद्धि अघि बढाउने र स्टार्टअपलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने लक्ष्य राखेको छ। कार्यक्रममा सहभागी हुनका लागि यहाँ क्लिक गरी दर्ता गर्नुहोस् । https://shorturl.at/e5n98 दर्ता गर्ने अन्तिम मिति वैशाख १०, २०८३ को राति ११:५९ बजेसम्म रहेको छ
Read moreकाठमाडौं । बौद्ध तथा मेलम्ची ह्याङ्ग गुाठीको आयोजनामा विश्वशान्ति, अहिंसा र करुणाको सन्देश प्रवाह गर्ने उद्देश्यसहित २५७०औँ बुद्ध जयन्ती विविध...
Read moreकाठमाडौं, बैशाख ५, त्रिभुवन आर्मी क्लबका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले कान्तिपुर हाफ म्याराथनको मुख्य विधा २१.१ किलोमिटरको हाफ...
Read more| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.