Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पत्रकारकाे श्रम समस्या समाधानका लागि दबाब दिन महासंघकाे धर्ना

Sambridinews by Sambridinews
शनिबार, साउन २०, २०८०
in TOP STORIES
0
पत्रकारकाे श्रम समस्या समाधानका लागि दबाब दिन महासंघकाे धर्ना
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

साउन १९, काठमाडौं । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारका श्रम समस्या समाधानका लागि दबाबस्वरुप प्रेस रजिष्ट्रारको कार्यालयमा धर्ना दिनुका साथै प्रेस रजिष्ट्रारलाई ध्यानाकर्षणपत्र बुझाएको छ । 

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दे नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिता क्षेत्रलाई श्रमशोषण मुक्त क्षेत्र घोषणा गर्ने महाअभियानमा महासंघ लागेको बताउनुभयो । 
उहाँले पत्रकारका श्रम समस्यालाई सजिलै टुंग्याउन सकिने प्रकृया हुदाहुदै पनि राज्यका निकायहरुले नसुन्ने प्रवृत्ति बढ्दै गएका कारण सडकमा धर्ना तथा सामुहिक दबाबसहित आफ्नो आवाजलाई सरोकारवालासम्म पु¥याउन बाध्य भएको बताउनु भयो ।   

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

संवृद्ध मुलुकपछि दुईदिन बिदा

उहाँले पत्रकारिता क्षेत्र श्रमशोषित क्षेत्र हो कि भन्ने गलत भाष्य स्थापित हुन लागेको भन्दै यसले नयाँ पुस्तालाई यस क्षेत्रमा आउन निरुत्साहन गरेको बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रलाई थप गुणस्तर बनाउन र श्रम शोषण मुक्त क्षेत्र बनाउनका लागि समेत आन्दोलन गर्न बाध्य भएको बताउनुभयो । 
सूचना तथा प्रसारण विभागका महानिर्देशक तथा प्रेस रजिष्ट्रार शंकर नेपालले आफूले पाएको अधिकार क्षेत्रभित्र रहेर वर्ता, मेलमिलाप र मध्यस्तताका आधारमा पीडितलाई न्याय निरुपण गर्दै आएको बताउनुभयो । 
उहाँले यी प्रकृयाबाट समस्या हल नभए प्रचलित कानुनअनुसार अघि बढ्न आग्रह गरेको बताउनुभयो । उहाँले  प्रेस रजिष्ट्रारको  तोकिएको भूमिका विभागले निर्वाह गर्दै आएको बताउनुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले नेपाली पत्रकारिता क्षेत्र श्रम अधिकार प्राप्तिको लडाँइमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘कोभिड पछि श्रम समस्या निक्कै पेचिलो बन्दै आएको छ ।’
 पत्रकारलाई सेवाबाट निकाल्ने, कानुन अनुसारका कुनै पनि सेवा सुविधा नदिने, काम गर्ने वातावरण नदिने, हतोत्साहित गर्ने र पत्रकारिता जस्तो प्राज्ञिक पेशामा अत्यन्तै गैरव्यवसायिक आचारण प्रकट भएको हुनाले, खासगरी सञ्चारगृह र कर्पोरेट भनिएका सञ्चारगृहबाट यस्तो खालको व्यवहार भएकाले महासंघले निरन्तर दबाब दिने, संवाद गर्ने, कानुनी लडाँइ लड्दासमेत उचित समाधान निस्किन सकेन । ’
उहाँले पत्रकारिता क्षेत्रमा देखिएको पेशागत असुरक्षाको वातावरण  दिनानुदिन बढ्दै गहिरहेका कारण सञ्चारगृहमा पनि यस्तै खाले धर्ना दिने बताउनुभयो । 
महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारीले श्रमजीवी पत्रकारले प्रेस रजिष्ट्रारको कार्यालयमा निवेदन दर्ता गर्न समेत समस्या झेल्नुपरेको भन्दै यस्ता समस्या अन्त्य गर्न आग्रह गर्नुभयो ।  

नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको हक अधिकार स्थापित गर्न चरणबद्ध आन्दोलन घोषणा गरेको छ ।  सोही अनुसार आज प्रेस रजिष्ट्रारको कार्यालय घेराउ गर्नुका साथै ज्ञापनपत्र बुझाएको हो ।  कार्यक्रममा महासंघका पदाधिकारी तथा केन्दीय सदस्यसहित  सरोकारवालाको उपस्थिति रहेको थियो । 

महासंघले बुझाएको ज्ञापनपत्र यसप्रकार रहेको छ । 

मिति ः २०८०।०४।१९
श्री प्रेस रजिष्ट्रारज्यू 
संचारग्राम, काठमाडौं । 

विषय ः ध्यानाकर्षण सम्बन्धमा ।
नेपाली संचार क्षेत्रमा श्रम अधिकारको मुद्दा शसक्त ढंगबाट उठ्दै आएको यहाँलाई अवगत नै छ । विषेशगरी श्रमजीवी पत्रकारहरूले श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरेको सेवासुविधा र न्यूनतम पारिश्रामिकसमेत प्राप्त गर्ने वातावरण नभएकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानार्कषण भएको छ । 
पछिल्ला दिनहरूमा श्रमजीवी पत्रकारलाई ऐनले व्यवस्था गरेअनुसारको सेवासुविधा नदिई पारिश्रामिक कटौती गर्ने, समयमा पारिश्रामिक नदिने, सेवाबाट हटाउने तथा सेवाबाट हटाउँदा सेवासुविधा नदिने समस्या वृद्धि भएकाले श्रमजीवी पत्रकारको श्रम अधिकारको पक्षमा नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको जानकारी गराउँदछौं ।
श्रमजीवी पत्रकारको श्रम अधिकारको समस्याका बारेमा महत्वपूर्ण जिम्मेवारीमा रहेको प्रेस रजिष्ट्रारले समेत प्रभावकारी काम नगरेकोप्रति महासंघ गम्भीर चिन्ता प्रकट गर्दै निम्न बुँदामा ध्यानाकर्षण गराउँदछ ।  
१.सम्मानित सर्वोच्च अदालतको आदेश र श्रमजीवी पत्रकार ऐनको व्यवस्थाअनुसार छुट्टै अधिकार सम्पन्न प्रेस रजिष्ट्रारको नियुक्तिको माग गर्दछौं ।
२ प्रेस रजिष्ट्रारको समेत भूमिकामा रहेको सूचना तथा प्रसारण विभागका महानिर्देशकले प्रेस रजिष्ट्रारको भूमिका र कार्य सम्पादन प्रभाकारी ढंगबाट गर्न माग गर्दछौं ।
३ श्रमजीवी पत्रकारका गुनासा र उजुरीलाई बिनाझन्झट र बिनासर्त दर्ता गरी प्रक्रिया अघि बढाउन माग गर्दछौ ।
४ श्रमजीवी पत्रकार  ऐनले दिएको अधिकार प्रयोग गरी ऐन कार्यान्वयन नगर्ने संचार माध्यमका सेवासुविधा रोक्का गरी थप कारवाही गर्न माग गर्दछौं ।
५. श्रमजीवी पत्रकारका उजुरी तत्काल सुनुवाई गरी समाधान हुन नसकेमा तत्काल श्रम विभाग र श्रम अदालतमा जाने मार्गप्रशस्त गर्ने वातावरण निर्माण गर्न माग गर्दछौ ।
६ प्रेस रजिष्ट्रार कार्यालय र सूचना तथा प्रसारण विभागबाट प्रवाह हुने सेवा छिटो छरितो र सहज ढंगबाट प्रवाह गर्ने व्यवस्था गर्न माग गर्दछौं ।

    
    रोसन पुरी
    महासचिव

Related

Previous Post

त्रिविका प्राध्यापकहरूले विद्युतीय हाजिरी राख्न मानेन

Next Post

चिप्लिएर टाउकाे ढुंगामा ठाेकिदा सिन्धुलीमा १ जनाकाे मृत्यु

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post

चिप्लिएर टाउकाे ढुंगामा ठाेकिदा सिन्धुलीमा १ जनाकाे मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित

प्रजातन्त्र प्राप्तिको लडाइमा संगै जेल परेका व्यक्तिहरुलाई राष्ट्रपति पाैडेलको निमन्त्रणा

सोमवार, फाल्गुन २९, २०७९
पलेसा र कविराज वर्षका उत्कृष्ट

पलेसा र कविराज वर्षका उत्कृष्ट

आइतवार, बैशाख ९, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In