Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, May 10, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मृगौला प्रत्यारोपणका लागि नेपाल मेडिसिटी

Sambridinews by Sambridinews
मङ्लबार, फाल्गुन २९, २०८०
in FEATURED, TOP STORIES, समाचार, स्वास्थ्य
0
मृगौला प्रत्यारोपणका लागि नेपाल मेडिसिटी
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

२९ फागुन, काठमाडौं । पछिल्लो समय नेपालमा मृगौला रोगको समस्या जटिल बन्दै गइरहेको छ । नेपालमा कूल जनसंख्याको १० प्रतिशत अर्थात करीब ३० लाख मानिसमा कुनै न कुनै रुपमा मृगौलाको समस्या रहेको विभिन्न अध्ययन अनुसन्धानहरुले देखाएको छ । यीमध्ये तीन लाख मानिसको मृगौलाका दीर्घरोग रहेको छ । हरेक वर्ष नेपालमा मृगौलाका ३ हजार नयाँ बिरामीहरु डायलासिसका लागि थपिने गरेका छन् ।

दुबै मृगौला खराब भइसकेपछि गरिने डायलासिस पनि जिन्दगीभर गनुपर्ने हुन्छ र यसको उपयुक्त उपचार भनेकै मृगौला प्रत्यारोपणलाई मानिन्छ । तर प्रत्यारोपण गर्न बिरामीको घर जमिन बिक्री त हुन्छ नै तर समयमै प्रत्यारोपण गर्न अस्पतालमा लामो समय कुर्नुपर्ने अवस्था रहन्छ ।

You might also like

धनुषामा २ बस ठाेक्किएर पल्टिदा १७ यात्रु घाइते

युनिप नेपालद्वारा सामाजिक कोष स्थापना

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

यही समस्यालाई मध्यनजर गर्दै नेपाल मेडिसिटी अस्पतालमा २०७९ माघबाट मृगौला प्रत्यारोपण सेवा सुरु गरिएको छ । हालसम्म अस्पतालमा २३ जना बिरामीको मृगौला प्रत्यारोपण गरिसकेको छ । अस्पतालमा १७ वर्षको युवा देखि ६५ वर्षका बृद्धको सफल रुपमा प्रत्यारोपण गरिएको छ ।
बुटवल, पोखरा, काठमाडौं, रामेछाप, इलाम, दाङ, अर्घाखाँची, हेटौडा जस्ता ठाउँहरुबाट प्रत्यारोपणका लागि अस्पतालमा आउने गरेका छन् ।

प्रत्यारोपण भइसकेका बिरामीहरुमा आफ्नै आमाले छोरालाई, श्रीमान्ले श्रीमतीलाई र श्रीमतीले श्रीमान्लाई, भिनाजुले सालीलाई, सासूले ज्वाईंलाई र सानोबुबाले छोरीलाई मृगौला दिएका छन् । मृगौला दान गर्नेहरुमा १८ वर्षको दाता देखि ६५ वर्ष सम्मका दाताहरु रहेका छन् ।
त्यस्तै, मृगौला दान गर्नेमा महिला बढि रहेका छन् । दान गर्नेमा १६ जना महिला र ७ जना पुरुष रहेका छन् भने मृगौला ग्रहण गर्नेमा १६ जना पुरुष र ७ जना महिला रहेका छन् ।
अस्पतालमा प्रत्यारोपण गर्न आएका अधिकाशं बिरामीहरुको मृगौला बिग्रनुको प्रमुख कारण उच्च रक्तचाप र मधुमेह रहेको नेफ्रोलोजी तथा मृगौला प्रत्यारोपण विभागका प्रमुख डा. प्रकाश पौडेलले बताए ।

“२३ जनामा अधिकाशं उच्च रक्तचाप र मधुमेहकै कारण मृगौला बिग्रेर उपचारका लागि आएका थिए । अर्को कारण भनेको ग्लोमेरुलो नेफ्राइटीस्, शरीरमा प्रोटिनको मात्रा बढि भएर लिकेज हुन थालेपछि मृगौला बिग्रेर जान्छ,” डा पौडेलले भने । यति मात्र नभई प्रत्यारोपणका लागि विदेशबाट काम गरेर फर्केका व्यक्तिहरुको संख्या पनि बढेको छ ।

विशेषगरी खाडी मुलुकमा काम गर्न गएका व्यक्तिहरुमा यो समस्या देखिएको छ । ५ जना मृगौला प्रत्यारोपण भएका व्यक्तिहरु कतार, दुवईबाट फर्केर उपचारका लागि आएका छन् ।
निकै गर्मीमा काम गर्ने तथा पानीको कमीका कारण खाडी मुलुकमा काम गर्न गएका व्यक्तिहरुमा मृगौलाको समस्या बढि देखिएको डा पौडेलले बताए ।
प्रत्यारोपण गर्न सरकारले पाँच लाखसम्मको उपचार खर्च प्रदान गर्ने गरेको छ । विभिन्न उपचार खर्च जोड्दा बिरामीकोे कूल खर्च ७ देखि ८ लाख पर्दछ । तर निकै लामो समयसम्म कुर्नुपर्ने अवस्था रहिआएको छ ।

नेपाल मडिसिटी अस्पतालमा प्रत्यारोपण देखि सम्पूर्ण उपचार खर्च १५ लाखसम्ममा हुने मृगौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले बताए ।
“यहाँ ल्याप्रोस्कोपी विधिबाट उपचार गरिन्छ, जसका कारण मृगौला दाता तथा ग्रहणकर्तालाई दुखाई पनि कम हुन्छ भने बिरामी चाँडै निको भएर घर जान पाउँछन्,” डा. काफ्लेले भने । मृगौला दाता ३ देखि ४ दिनमा र ग्रहणकर्ता ६ देखि ७ दिनमा डिस्चार्ज हुने गरेका छन् ।

मृगौला प्रत्यारोपण गर्नु अगाडी धेरै थरीका टेस्ट गर्नुपर्ने हुन्छ । एउटै परिवारमा पनि मृगौला दिन नमिल्ने हुन सक्छ । त्यसैले अस्पतालमा पिएर किड्नी एक्सचेन्जको पनि सुविधा रहेको छ । हालसम्म १५० भन्दा बढि बिरामीहरु प्रत्यारोपणका लागि अस्पताल आएका मध्ये मात्र २३ जनाको सफल प्रत्यारोपण गरिएको हो भने ९ जना प्रत्यारोपणका लागि कुरिरहेका छन् ।

उपचारका लागि अस्पतालमा भास्कुलर सर्जन, युरोलोजी, नेफ्रोलोजी , एनेस्थेसिया, ट्रान्सप्लान्स सर्जनको समूह मिलेर काउन्सिलिङ देखि अप्रेसन गर्ने गरिएको छ ।
विश्व मृगौला दिवसको अवसरमा मृगौला रोगको निदान तथा उपचारमा सम्पूर्ण नागरिकको सम्मान पहुँच रहेकोमा यस अस्पतालबाट पनि सकेसम्म धैरै भन्दा धेरै मृगौला रोगीहरुको पहिचान गर्न सर्वसुलभ तथा साधारण नागरिकको पनि पहुँचमा पुग्नेगरी उपचार विधिहरु अपनाइएको छ ।

Related

Previous Post

सेयर बजारमा एकाएक उछाल , लगानीकर्ताको मनोवल उच्च

Next Post

साफका एतिहासिक स्वर्ण विजेता खेलाडी सम्मानित

Sambridinews

Sambridinews

Related Posts

पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
FEATURED

धनुषामा २ बस ठाेक्किएर पल्टिदा १७ यात्रु घाइते

by Sambridinews
आइतवार, बैशाख २७, २०८३
युनिप नेपालद्वारा सामाजिक कोष स्थापना
TOP STORIES

युनिप नेपालद्वारा सामाजिक कोष स्थापना

by Sambridinews
आइतवार, बैशाख २७, २०८३
महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई
TOP STORIES

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

by Sambridinews
शनिबार, बैशाख २६, २०८३
टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच ऐतिहासिक सम्झौता: एआई र साइबर सुरक्षा शिक्षामा नयाँ आयाम
FEATURED

टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच ऐतिहासिक सम्झौता: एआई र साइबर सुरक्षा शिक्षामा नयाँ आयाम

by Sambridinews
शनिबार, बैशाख २६, २०८३
नेपाल मेडिकल कलेजद्वारा हजयात्रीलाई स्वास्थ्य सामग्री प्रदान
FEATURED

नेपाल मेडिकल कलेजद्वारा हजयात्रीलाई स्वास्थ्य सामग्री प्रदान

by Sambridinews
शनिबार, बैशाख २६, २०८३
Next Post
साफका एतिहासिक स्वर्ण विजेता खेलाडी सम्मानित

साफका एतिहासिक स्वर्ण विजेता खेलाडी सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कामीरिता शेर्पाले २७ औं पटक सगरमाथाको सफल आरोहण

कामीरिताले २८औं पटक सगरमाथाको सफल आरोहण

मङ्लबार, जेष्ठ ९, २०८०
‘नाडा अटो शो’को संयोजकमा अनुप बराल चयन

‘नाडा अटो शो’को संयोजकमा अनुप बराल चयन

बुधबार, माघ १०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
FEATURED

धनुषामा २ बस ठाेक्किएर पल्टिदा १७ यात्रु घाइते

आइतवार, बैशाख २७, २०८३
युनिप नेपालद्वारा सामाजिक कोष स्थापना
TOP STORIES

युनिप नेपालद्वारा सामाजिक कोष स्थापना

आइतवार, बैशाख २७, २०८३
महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई
TOP STORIES

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

शनिबार, बैशाख २६, २०८३
टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच ऐतिहासिक सम्झौता: एआई र साइबर सुरक्षा शिक्षामा नयाँ आयाम
FEATURED

टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच ऐतिहासिक सम्झौता: एआई र साइबर सुरक्षा शिक्षामा नयाँ आयाम

शनिबार, बैशाख २६, २०८३
नेपाल मेडिकल कलेजद्वारा हजयात्रीलाई स्वास्थ्य सामग्री प्रदान
FEATURED

नेपाल मेडिकल कलेजद्वारा हजयात्रीलाई स्वास्थ्य सामग्री प्रदान

शनिबार, बैशाख २६, २०८३
शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य
TOP STORIES

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

शनिबार, बैशाख २६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In