Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, December 2, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पोखरा जहाज दुर्घटनामा परेका ६८ जनाको शव फेला, ३८ जनाकाे सनाखत

Sambridinews by Sambridinews
सोमवार, माघ २, २०७९
in FEATURED
0
पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालियाे; उद्धार जारी
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । पोखरामा आइतबार बिहान भएको यति एयरको जहाज दुर्घटनामा परी ज्यान गुमाएका ६८ जनाको शव अस्पतालमा पुर्‍याइएको छ। 

सोमबार बिहानसम्म ६८ जनाको शव अस्पतालमा पुर्‍याएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।भेटिएका शवको पहिचान गरी गण्डकी अस्पतालमा पुर्‍याइएको हो। 

You might also like

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

नाडाको ४९ औं वार्षिक साधारण सभा पौष ९ गते हुने

प्रभु बैंकका सीईओ अशोक शेरचनसहितका उच्च कर्मचारी पक्राउ

अस्‍पतालमै शवको सनाखत गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर खड्काले बताए। उनका अनुसार अहिलेसम्म ३८ जनाको सनाखत भएको छ। अन्यको पनि सनाखत गर्ने काम भइरहेको छ। परिवारलाई अस्पतालमा बोलाएर सनाखतको काम भइरहेको हो। 

करिब २ सय जना नेपाली सेना, एक सय बढी सशस्त्र प्रहरी र प्रहरी घटनास्थलमा खटिएका छन्। क्रेन, डोरी लगायतको प्रयोग गरी बेपत्ता रहेका चार जनाको खोजी गरिरहेको छ। 

सोमबार बुझ्दा प्रमुख जिल्ला अधिकारी केसीले दुई जनाको शव आज निकालिएको र कुल ६८ जनाको शव फेला परेको बताएका हुन्। 

‘यस्तो भयो, हिजो  ६६ जनाको शव मात्रै फेला परेको रहेछ। दुईटा दोहोरो भएको रहेछ। दुई जनाको अहिले बिहान निकालियो,’ उनले भने। 

अन्य चार जनाको अवस्था अज्ञात रहेकाले उनीहरूको पनि खोजी भइरहेको उनले बताए। 

आइतबार बिहान १०:३२ मा काठमाडौंबाट उडेको यति एयरको जहाज पोखरामा १०:५०मा दुर्घटना भएको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभन्दा अन्दाजी दुई किलोमिटर पर पोखरा महानगरपालिका-१५ स्थित सेती नदीको खोंचमा दुर्घटना भएको हो। उक्त जहाजमा चार चालक दलसहित ७२ जना सवार थिए।  

यस्तै मृतकको शव पनि सकेसम्म आज नै बुझाउने गरी तयारी भइरहेको तर सम्भावना न्यून रहेको उनको भनाइ छ। 

पोष्टमर्टम, बीमा लगायतका कागजी कामहरू गर्नुपर्ने भएकाले एकिनसँग भन्न नसकिने उनले बताए। 

यस्तै पोखरामै बुझ्न चाहनेहरूको शव त्यही अस्पतालमा पोष्टमर्टम गरी बुझाइने जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अजय केसीले जानकारी दिए। 

विदेशी नागरिक, पहिचान हुन बाँकी, काठमाडौंमै बुझ्न चाहने र चालक दलको शव भने काठमाडौं पठाइने उनले बताए। 

दुर्घटनामा १५ जना विदेशी नागरिक र चार जना चालक दलको शव काठमाडौं ल्याइने भएको हो। पहिचान खुलाउने र काठमाडौंमै लिन चाहनेको संख्या पनि खुल्न बाँकी छ। 

उद्धार टोलीले जहाजको ‘ब्ल्याक बक्स’ पनि सरकारले गठन गरेको जाँच आयोगलाई बुझाइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। 

सनाखत भएकाहरू

१-    निशान्त आचार्य 
२-    संगीता शाही-
३-    डाक्टर सुशिल श्रेष्ठ
४-    डाक्टर सोना दिवाकर
५-    रियान पौडेल
६-    सदागत अलि मिया 
७-    लक्ष्मी पौडेल
८-    प्रशिद्धि पौडेल
९-    अरूण पौडेल
१०-    पूर्णकुमार गुरूङ
११-    युकोन्जो  (कोरियन नागरिक) 
१२-    विजयकुमार गुरूङ
१३-    रचना काफ्ले पौडेल
१४-    रकि गुरूङ
१५-    डा.गणेश थापा
१६-    लक्ष्मी परियार 
१७-    रिता परियार
१८-    हरि परियार
१९-    एस्मिल गुरूङ
२०-    पूजन थापा
२१-    सिर्जना होङचेन (एयरहोस्टेज)
२२-    त्रिभुवन पौडेल
२३-    मोहन प्रकाश श्रेष्ठ
२४-    जुरिस लेजिन (रसियन नागरिक)
२५-    एलिना (रसियन नागरिक)
२६-    जीवनकला गुरूङ 
२७-    जमुना शर्मा
२८-    शालिकराम आचार्य
२९-    डा शुसिल र सोनाको छोरा
३०-    बन्दना सुनार
३१-    सीता गुरूङ
३२-    निरा छन्त्याल
३३-    अनुषा गुरूङ
३४-    शिवकुमार गुरूङ
३५-    राजु सिंह ठकुरी
३६-    अनिल शाही
३७-    पास्कल एलेक्स मण्डल (फ्रान्स)
३८-    कमल केसी (क्याप्टेन)

Related

Previous Post

प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी ओली बिच भेटघाट

Next Post

जुम्लामा जिप दुर्घटना हुदाँ एककाे मृत्यु

Sambridinews

Sambridinews

Related Posts

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार
FEATURED

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

by Sambridinews
मङ्लबार, मंसिर १७, २०८२
नाडाको ४९ औं वार्षिक साधारण सभा पौष ९ गते हुने
FEATURED

नाडाको ४९ औं वार्षिक साधारण सभा पौष ९ गते हुने

by Sambridinews
सोमवार, मंसिर १६, २०८२
प्रभु बैंकका  सीईओ अशोक शेरचनसहितका उच्च कर्मचारी पक्राउ
FEATURED

प्रभु बैंकका सीईओ अशोक शेरचनसहितका उच्च कर्मचारी पक्राउ

by Sambridinews
आइतवार, मंसिर १५, २०८२
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक
FEATURED

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

by Sambridinews
आइतवार, मंसिर १५, २०८२
प्रधानमन्त्रीको उपस्थितिमा चार बर्ष पछि एनआरएन विच एकता
FEATURED

प्रधानमन्त्रीको उपस्थितिमा चार बर्ष पछि एनआरएन विच एकता

by Sambridinews
आइतवार, मंसिर १५, २०८२
Next Post

जुम्लामा जिप दुर्घटना हुदाँ एककाे मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राक्सिराङ गाउँपालिकाले क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा

राक्सिराङ गाउँपालिकाले क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा

आइतवार, पुस ८, २०८०
कक्षा १२ को परीक्षा आवेदन खुला

कक्षा १२ को परीक्षा आवेदन खुला

शुक्रबार, माघ २०, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार
FEATURED

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

मङ्लबार, मंसिर १७, २०८२
एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट

मङ्लबार, मंसिर १७, २०८२
आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’
विचार

आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’

मङ्लबार, मंसिर १७, २०८२
प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त
TOP STORIES

प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त

सोमवार, मंसिर १६, २०८२
१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु
TOP STORIES

१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु

सोमवार, मंसिर १६, २०८२
बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका
TOP STORIES

बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका

सोमवार, मंसिर १६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In