Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पोखरा जहाज दुर्घटनामा परेका ६८ जनाको शव फेला, ३८ जनाकाे सनाखत

Sambridinews by Sambridinews
सोमवार, माघ २, २०७९
in FEATURED
0
पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालियाे; उद्धार जारी
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । पोखरामा आइतबार बिहान भएको यति एयरको जहाज दुर्घटनामा परी ज्यान गुमाएका ६८ जनाको शव अस्पतालमा पुर्‍याइएको छ। 

सोमबार बिहानसम्म ६८ जनाको शव अस्पतालमा पुर्‍याएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।भेटिएका शवको पहिचान गरी गण्डकी अस्पतालमा पुर्‍याइएको हो। 

You might also like

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

अस्‍पतालमै शवको सनाखत गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर खड्काले बताए। उनका अनुसार अहिलेसम्म ३८ जनाको सनाखत भएको छ। अन्यको पनि सनाखत गर्ने काम भइरहेको छ। परिवारलाई अस्पतालमा बोलाएर सनाखतको काम भइरहेको हो। 

करिब २ सय जना नेपाली सेना, एक सय बढी सशस्त्र प्रहरी र प्रहरी घटनास्थलमा खटिएका छन्। क्रेन, डोरी लगायतको प्रयोग गरी बेपत्ता रहेका चार जनाको खोजी गरिरहेको छ। 

सोमबार बुझ्दा प्रमुख जिल्ला अधिकारी केसीले दुई जनाको शव आज निकालिएको र कुल ६८ जनाको शव फेला परेको बताएका हुन्। 

‘यस्तो भयो, हिजो  ६६ जनाको शव मात्रै फेला परेको रहेछ। दुईटा दोहोरो भएको रहेछ। दुई जनाको अहिले बिहान निकालियो,’ उनले भने। 

अन्य चार जनाको अवस्था अज्ञात रहेकाले उनीहरूको पनि खोजी भइरहेको उनले बताए। 

आइतबार बिहान १०:३२ मा काठमाडौंबाट उडेको यति एयरको जहाज पोखरामा १०:५०मा दुर्घटना भएको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभन्दा अन्दाजी दुई किलोमिटर पर पोखरा महानगरपालिका-१५ स्थित सेती नदीको खोंचमा दुर्घटना भएको हो। उक्त जहाजमा चार चालक दलसहित ७२ जना सवार थिए।  

यस्तै मृतकको शव पनि सकेसम्म आज नै बुझाउने गरी तयारी भइरहेको तर सम्भावना न्यून रहेको उनको भनाइ छ। 

पोष्टमर्टम, बीमा लगायतका कागजी कामहरू गर्नुपर्ने भएकाले एकिनसँग भन्न नसकिने उनले बताए। 

यस्तै पोखरामै बुझ्न चाहनेहरूको शव त्यही अस्पतालमा पोष्टमर्टम गरी बुझाइने जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अजय केसीले जानकारी दिए। 

विदेशी नागरिक, पहिचान हुन बाँकी, काठमाडौंमै बुझ्न चाहने र चालक दलको शव भने काठमाडौं पठाइने उनले बताए। 

दुर्घटनामा १५ जना विदेशी नागरिक र चार जना चालक दलको शव काठमाडौं ल्याइने भएको हो। पहिचान खुलाउने र काठमाडौंमै लिन चाहनेको संख्या पनि खुल्न बाँकी छ। 

उद्धार टोलीले जहाजको ‘ब्ल्याक बक्स’ पनि सरकारले गठन गरेको जाँच आयोगलाई बुझाइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। 

सनाखत भएकाहरू

१-    निशान्त आचार्य 
२-    संगीता शाही-
३-    डाक्टर सुशिल श्रेष्ठ
४-    डाक्टर सोना दिवाकर
५-    रियान पौडेल
६-    सदागत अलि मिया 
७-    लक्ष्मी पौडेल
८-    प्रशिद्धि पौडेल
९-    अरूण पौडेल
१०-    पूर्णकुमार गुरूङ
११-    युकोन्जो  (कोरियन नागरिक) 
१२-    विजयकुमार गुरूङ
१३-    रचना काफ्ले पौडेल
१४-    रकि गुरूङ
१५-    डा.गणेश थापा
१६-    लक्ष्मी परियार 
१७-    रिता परियार
१८-    हरि परियार
१९-    एस्मिल गुरूङ
२०-    पूजन थापा
२१-    सिर्जना होङचेन (एयरहोस्टेज)
२२-    त्रिभुवन पौडेल
२३-    मोहन प्रकाश श्रेष्ठ
२४-    जुरिस लेजिन (रसियन नागरिक)
२५-    एलिना (रसियन नागरिक)
२६-    जीवनकला गुरूङ 
२७-    जमुना शर्मा
२८-    शालिकराम आचार्य
२९-    डा शुसिल र सोनाको छोरा
३०-    बन्दना सुनार
३१-    सीता गुरूङ
३२-    निरा छन्त्याल
३३-    अनुषा गुरूङ
३४-    शिवकुमार गुरूङ
३५-    राजु सिंह ठकुरी
३६-    अनिल शाही
३७-    पास्कल एलेक्स मण्डल (फ्रान्स)
३८-    कमल केसी (क्याप्टेन)

Related

Previous Post

प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी ओली बिच भेटघाट

Next Post

जुम्लामा जिप दुर्घटना हुदाँ एककाे मृत्यु

Sambridinews

Sambridinews

Related Posts

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
FEATURED

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता

by Sambridinews
बिहिबार, असार ३२, २०८३
Next Post

जुम्लामा जिप दुर्घटना हुदाँ एककाे मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव

सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव

मङ्लबार, मंसिर ११, २०८१
अन्तर वडा टेबलटेनिसलाई सुमन खड्गीको साथ

अन्तर वडा टेबलटेनिसलाई सुमन खड्गीको साथ

शुक्रबार, अशोज २६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In