Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, October 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित

Sambridinews by Sambridinews
शुक्रबार, अशोज ३०, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — विकास हाइड्रोपावर कम्पनी लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको सभा काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्ट दरबार प्रा.लि.मा सम्पन्न भएको हो।

सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा कम्पनीको वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ। साथै, सञ्चालक समितिले प्रस्ताव गरेका लाभांश वितरण, पुँजी वृद्धि तथा अन्य महत्त्वपूर्ण प्रस्तावहरूलाई समेत सर्वसम्मत स्वीकृति प्रदान गरेको छ।

You might also like

यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी

नबिल बैंकद्वारा ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा

इष्टर्न हाइड्रोपावरद्वारा १० औँ वार्षिक साधारण सभा सम्पन्न: नाफामा उल्लेख्य वृद्धि र १:०.८७१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

सभाले कम्पनीको हाल कायम चुक्ता पुँजी ९० करोड ९१ लाख ९ हजार ३०० रुपैयाँको १० प्रतिशतका दरले ९ करोड ९ लाख १० हजार १३० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

यसैगरी, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशतका दरले ४७ लाख ६४ हजार ६०० रुपैयाँ १४ पैसा नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित भएको छ।

बोनस सेयर वितरणपश्चात् कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव सभाले स्वीकृत गरेको छ। यसका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै सुझाव वा संशोधन प्राप्त भएमा सोहीअनुसार समायोजन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरिएको छ।

सभाले आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ।

साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले असोज १९ गते सेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) गरेको थियो। जसअनुसार असोज १८ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र यो लाभांश प्राप्त गर्न योग्य भएका छन्। पारित प्रस्तावअनुसार अब बोनस सेयर वितरण र पुँजी संरचना वृद्धिको प्रक्रिया अघि बढाइनेछ।

Related

Previous Post

यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी

Sambridinews

Sambridinews

Related Posts

यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
TOP STORIES

यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी

by Sambridinews
शुक्रबार, अशोज ३०, २०८३
नबिल बैंकद्वारा ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा
FEATURED

नबिल बैंकद्वारा ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा

by Sambridinews
शुक्रबार, अशोज ३०, २०८३
इष्टर्न हाइड्रोपावरद्वारा १० औँ वार्षिक साधारण सभा सम्पन्न: नाफामा उल्लेख्य वृद्धि र १:०.८७१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित
FEATURED

इष्टर्न हाइड्रोपावरद्वारा १० औँ वार्षिक साधारण सभा सम्पन्न: नाफामा उल्लेख्य वृद्धि र १:०.८७१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

by Sambridinews
बिहिबार, अशोज २९, २०८३
सुदूरपश्चिम रोयल्सले फ्यानलाई एथरको स्कुटर उपहार दिने
TOP STORIES

सुदूरपश्चिम रोयल्सले फ्यानलाई एथरको स्कुटर उपहार दिने

by Sambridinews
बिहिबार, अशोज २९, २०८३
सिद्धार्थ बैंकका सेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश
FEATURED

सिद्धार्थ बैंकका सेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश

by Sambridinews
बिहिबार, अशोज २९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नाडाको नवनिर्वाचित अध्यक्षलाई पदभार हस्तान्तरण तथा सपथ ग्रहण सम्पन्न

नाडाको नवनिर्वाचित अध्यक्षलाई पदभार हस्तान्तरण तथा सपथ ग्रहण सम्पन्न

बिहिबार, फाल्गुन २८, २०८२
३२औँ अपाङ्गता अन्तर्राष्ट्रिय दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना

३२औँ अपाङ्गता अन्तर्राष्ट्रिय दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना

आइतवार, मंसिर १७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित
FEATURED

विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित

शुक्रबार, अशोज ३०, २०८३
यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
TOP STORIES

यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी

शुक्रबार, अशोज ३०, २०८३
नबिल बैंकद्वारा ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा
FEATURED

नबिल बैंकद्वारा ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा

शुक्रबार, अशोज ३०, २०८३
इष्टर्न हाइड्रोपावरद्वारा १० औँ वार्षिक साधारण सभा सम्पन्न: नाफामा उल्लेख्य वृद्धि र १:०.८७१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित
FEATURED

इष्टर्न हाइड्रोपावरद्वारा १० औँ वार्षिक साधारण सभा सम्पन्न: नाफामा उल्लेख्य वृद्धि र १:०.८७१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

बिहिबार, अशोज २९, २०८३
सुदूरपश्चिम रोयल्सले फ्यानलाई एथरको स्कुटर उपहार दिने
TOP STORIES

सुदूरपश्चिम रोयल्सले फ्यानलाई एथरको स्कुटर उपहार दिने

बिहिबार, अशोज २९, २०८३
सिद्धार्थ बैंकका सेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश
FEATURED

सिद्धार्थ बैंकका सेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश

बिहिबार, अशोज २९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In