काठमाडौँ। नेपालीहरूको महान् पर्व बडादशैँ नजिकिँदै गर्दा घर-परिवारमा भेटघाट, रमाइलो र उत्सवको माहोल सुरु भएको छ। दशैंमा परिवारसँगै बसेर मीठा परिकार बनाउने, खाने र खुसी साटासाट गर्ने परम्परा छ। यही विशेष अवसरमा Elica ले नेपाली परिवारका लागि स्वच्छ हावा, आरामदायी भान्सा र खुसीका स्वादिला पलहरूको सन्देशसहित दशैंको हार्दिक शुभकामना व्यक्त गरेको छ।
“A Breath of Freshness” अर्थात् “ताजगीको एक सास” भन्ने भावनासहित Elica Chimney ले खाना पकाउँदा उत्पन्न हुने धुवाँ, गन्ध र भान्साको हावालाई व्यवस्थापन गर्न सहयोग गर्दै भान्सालाई अझ सहज र आरामदायी बनाउन केन्द्रित प्रविधि प्रस्तुत गर्दछ।
Elica Chimney का प्रमुख विशेषताहरू:
- Power Savings (ऊर्जा बचत): ऊर्जाको प्रभावकारी प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको प्रविधिले दैनिक प्रयोगमा ऊर्जा बचतमा सहयोग पुर्याउँछ।
- Powerful Suction (शक्तिशाली सक्सन): खाना पकाउँदा उत्पन्न हुने धुवाँ र गन्धलाई प्रभावकारी रूपमा तान्न सहयोग गर्ने शक्तिशाली क्षमता।
- Super Quiet (शान्त सञ्चालन): भान्साको वातावरणलाई सहज र शान्त राख्न ‘Super Quiet Technology’ सहितको सञ्चालन।
- Flexi Voltage (भोल्टेज उतारचढावमा सहज): ‘Flexi Voltage Technology’ ले १४० देखि २७० भोल्टसम्मको दायरामा काम गर्ने भएकाले विद्युत् भोल्टेजको उतारचढावका बीच पनि सहज रूपमा सञ्चालन हुन्छ।
- Intelli Speed (स्मार्ट स्पीड एडजस्टमेन्ट): ‘Intelli Speed Technology’ ले आवश्यकताअनुसार सक्सन स्पीड व्यवस्थापन गर्न सहयोग गर्दै भान्साको वातावरणलाई अनुकूल बनाउँछ।
- १५ वर्षको मोटर वारेन्टी: Elica ले आफ्ना चिम्नीको मोटरमा १५ वर्षको दीर्घकालीन वारेन्टी प्रदान गर्दै ग्राहकप्रतिको विश्वास र भरोसालाई जोड दिएको छ।
यस दशैं, खाना मात्र होइन—ताजगी पनि पकाऔँ
दशैंमा घरको भान्सा अझ बढी व्यस्त हुन्छ। परिवारका लागि विभिन्न परिकार तयार पार्दा धुवाँ र गन्ध पनि बढ्न सक्छ। यस्तो अवस्थामा Elica Chimney ले Cleaner Air, Happier Meals, A More Beautiful Home को अवधारणालाई आत्मसात् गर्दै भान्साको अनुभवलाई अझ सुखद बनाउन सहयोग गर्ने लक्ष्य राखेको छ।
यस दशैंमा प्रियजनसँगै बसेर स्वादिष्ट परिकारको आनन्द लिँदै स्वच्छ हावा र सुन्दर भान्साको अनुभव पनि सँगै मनाउन आग्रह गर्दै Elica ले सम्पूर्ण नेपाली परिवारमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र खुसीले भरिएको बडादशैँको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेको छ।















