काठमाडौं — रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले नेपाली बजारमा लोकप्रिय मोटरसाइकल हन्टर ३५० को नयाँ भेरियन्ट र नयाँ रंगहरू औपचारिक रूपमा सार्वजनिक गरेको छ। कम्पनीले नयाँ ‘Tarmac Black’ भेरियन्ट प्रस्तुत गर्नुका साथै टप भेरियन्टमा ‘Mumbai Yellow’ र ‘Moonshot White’ गरी दुई नयाँ रंग समावेश गरेको छ।
नयाँ Tarmac Black भेरियन्टलाई दैनिक प्रयोजनका लागि सहज र पहुँचयोग्य बनाउने लक्ष्य राखिएको छ। यसमा एलोय ह्विल्स, डिजिट-एनालग इन्स्ट्रुमेन्ट क्लस्टर, सिंगल च्यानल एबीएस, रोटरी स्विचगियर, र स्लिप एन्ड असिस्ट क्लचजस्ता आधुनिक सुविधाहरू उपलब्ध छन्।
त्यस्तै, मुम्बईको जीवन्त शहरी संस्कृतिबाट प्रेरित Mumbai Yellow ले युवा र आकर्षक लुक दिन्छ भने Moonshot White मा शिकारी नक्षत्र (Orion) बाट प्रेरित आकाशीय ग्राफिक्स प्रयोग गरिएको छ।
मूल्य र उपलब्धता
- Tarmac Black (नयाँ भेरियन्ट): रु ४,८७,००० (एक्स-शोरुम)
- Mumbai Yellow र Moonshot White (टप भेरियन्ट): रु ५,११,००० (एक्स-शोरुम)
नयाँ भेरियन्ट र रंगका हन्टर ३५० मोटरसाइकलहरूको बुकिङ तथा बिक्री सेप्टेम्बर १६ देखि नेपालभरका अधिकृत रोयल इन्फिल्ड शोरुमहरू मार्फत सुरु भइसकेको छ।















