काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत मतगणना सुरु गर्न बिहानको १० बज्ने भएको छ । निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले सम्पूर्ण तयारी सकेर मतगणना सुरु गर्न १० बज्ने जानकारी दिए ।
मतगणनामा ३ देखि ४ घण्टा समय लाग्ने बताइएको छ । निर्वाचनमा जम्मा २ हजार २ सय ६३ मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको छ ।
अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा छ । त्यस्तै, शक्तिशाली मानिने महासचिव पदमा पनि दुई जनाबिच मात्र प्रतिस्पर्धामा उत्रिएका छन् । महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।















