२५ चैत, काठमाडौं । सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनका हकमा लागु नहुने भएको छ ।
सरकारले बुधबार यात्रुवाहक सवारीसाधनको भाडा १७ प्रतिशत हाराहारी बढाएको छ । यो भाडादर विद्युतीय सवारीसाधनका हकमा लागु नहुने यातायात व्यवस्था विभागले स्पष्ट पारेको छ ।
इन्धन मूल्यमा भएको बढोत्तरीका हकमा भाडा समायोजन गरिएको र यो भाडादर विद्युतीय सवारीसाधन बाहेकमा मात्र लागु हुने विभागले जनाएको छ । विभागका अनुसार कुल १३ सूचक विश्लेषण गरी इन्धनको मूल्यमा आएको परिवर्तनलाई आधार मान्दै भाडा बढाइएको हो ।













