Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, October 8, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

“मेड इन नेपाल” को पहिचानलाई विश्व बजारमा स्थापित गर्नुपर्नेमा चेम्बरका पूर्व अध्यक्ष श्रेष्ठको जोड

Sambridinews by Sambridinews
बुधबार, चैत्र २५, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
“मेड इन नेपाल” को पहिचानलाई विश्व बजारमा स्थापित गर्नुपर्नेमा चेम्बरका पूर्व अध्यक्ष श्रेष्ठको जोड
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

गोरखा । गोरखा चेम्बर अफ कमर्सले नेपाल चेम्बर अफ कमर्सको ७५औँ हीरक जयन्ती वर्षको अवसर पारेर “अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन” विषयक एक महत्वपूर्ण अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम नेपाल चेम्बर अफ कमर्सका सल्लाहकार परिषद् अध्यक्ष तथा हीरक जयन्ती समारोह समिति संयोजक राजेश काजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि श्रेष्ठले विश्वव्यापी प्रतिस्पर्धाको युगमा नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्नु केवल विकल्प नभई राष्ट्रिय आर्थिक समृद्धिको अनिवार्य मार्ग भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “नेपालका मौलिक, परम्परागत तथा गुणस्तरीय उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन स्पष्ट नीति, निर्यातमैत्री वातावरण तथा निजी क्षेत्रको सक्रिय पहल अपरिहार्य छ।”

उहाँले थप स्पष्ट पार्दै भन्नुभयो कि चेम्बरले अन्तर्राष्ट्रिय व्यापार विस्तारका लागि बहुआयामिक रणनीति अवलम्बन गर्नुपर्ने आवश्यकता छ, जसमा अन्तर्राष्ट्रिय व्यापार मेला तथा प्रदर्शनीमा सहभागिता, द्विपक्षीय तथा बहुपक्षीय व्यापार सम्झौता, लगानी साझेदारी, प्रविधि हस्तान्तरण तथा निर्यात प्रक्रियामा सरलीकरण जस्ता पक्षहरू समावेश हुनुपर्छ। साथै, डिजिटल व्यापार, प्रभावकारी ब्रान्डिङ तथा उत्पादनको मूल्य अभिवृद्धिमा जोड दिनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले “मेड इन नेपाल” को पहिचानलाई विश्व बजारमा स्थापित गर्नुपर्नेमा विशेष जोड दिनुभयो।

You might also like

सांग्रिला डेभलपमेन्ट बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न: १०.५२६३% लाभांश पारित, उज्ज्वल सत्यालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

SKECHERS ल्यायो ‘Shop More, Get More’ योजना

श्रेष्ठले स्थानीय उद्यमी तथा साना व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न चेम्बरले सेतुको भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो। उहाँले चीन, भारत तथा भियतनाम लगायतका मुलुकहरूसँग व्यापार सहकार्य विस्तार हुँदै गएको र यसले नेपाली उत्पादनको निर्यात प्रवर्द्धनमा सकारात्मक प्रभाव पारिरहेको धारणा राख्नुभयो।

कार्यक्रममा गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष राम स्वरुप श्रेष्ठले स्थानीय उत्पादनको पहिचान, मौलिकता तथा गुणस्तर नै नेपालको मुख्य शक्ति भएको उल्लेख गर्दै त्यसलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न प्रभावकारी ब्रान्डिङ, आकर्षक प्याकेजिङ तथा सशक्त बजार रणनीति आवश्यक रहेको बताउनुभयो। उहाँले कृषि, पर्यटन तथा साना तथा मझौला उद्योगलाई लक्षित गर्दै निर्यात प्रवर्द्धनका विशेष कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

यसैगरी, नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय कार्य समिति सदस्य एवम् गोरखा चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष भाइचन्द्र श्रेष्ठले चेम्बर अभियानको विस्तार स्थानीय तहसम्म सुदृढ रूपमा पुगेको उल्लेख गर्दै जिल्ला, नगर तथा गाउँस्तरमा गठन भएका चेम्बरहरूले उद्यमशीलता विकास, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताउनुभयो।

कार्यक्रममा गोरखा महिला चेम्बर कि अध्यक्ष सबिता प्रधानले आफ्ना धारणा राख्दै महिला उद्यमशिलता विकासलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

अन्तर्क्रिया कार्यक्रममा विभिन्न क्षेत्रका व्यवसायी, उद्योगी, निर्यातकर्ता तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, उत्पादन विविधीकरण, गुणस्तर प्रमाणीकरण, आपूर्ति श्रृंखला सुदृढीकरण तथा लगानीमैत्री वातावरण निर्माणका विषयमा महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका थिए।

Related

Previous Post

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

Next Post

‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का

Sambridinews

Sambridinews

Related Posts

सांग्रिला डेभलपमेन्ट बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न: १०.५२६३% लाभांश पारित, उज्ज्वल सत्यालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
FEATURED

सांग्रिला डेभलपमेन्ट बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न: १०.५२६३% लाभांश पारित, उज्ज्वल सत्यालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

by Sambridinews
बिहिबार, अशोज २२, २०८३
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
FEATURED

नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

by Sambridinews
बिहिबार, अशोज २२, २०८३
SKECHERS ल्यायो ‘Shop More, Get More’ योजना
FEATURED

SKECHERS ल्यायो ‘Shop More, Get More’ योजना

by Sambridinews
बिहिबार, अशोज २२, २०८३
श्री एयरलाइन्स बन्यो सुदूरपश्चिम रोयल्सको डोमेस्टिक एयरलाइन्स पार्टनर
FEATURED

श्री एयरलाइन्स बन्यो सुदूरपश्चिम रोयल्सको डोमेस्टिक एयरलाइन्स पार्टनर

by Sambridinews
बुधबार, अशोज २१, २०८३
स्नो रिभर्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न,१० प्रतिशत बोनस शेयर घोषणा
FEATURED

स्नो रिभर्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न,१० प्रतिशत बोनस शेयर घोषणा

by Sambridinews
बुधबार, अशोज २१, २०८३
Next Post
‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का

‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अत्याधिक गर्मीका कारण नेपालगञ्जमा बालबालिक बिरामी

अत्याधिक गर्मीका कारण नेपालगञ्जमा बालबालिक बिरामी

बुधबार, जेष्ठ २४, २०८०
हिमरश्मि यु–१९ भलिबल भोलिदेखि

हिमरश्मि यु–१९ भलिबल भोलिदेखि

सोमवार, पुस १, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सांग्रिला डेभलपमेन्ट बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न: १०.५२६३% लाभांश पारित, उज्ज्वल सत्यालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
FEATURED

सांग्रिला डेभलपमेन्ट बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न: १०.५२६३% लाभांश पारित, उज्ज्वल सत्यालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

बिहिबार, अशोज २२, २०८३
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
FEATURED

नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

बिहिबार, अशोज २२, २०८३
SKECHERS ल्यायो ‘Shop More, Get More’ योजना
FEATURED

SKECHERS ल्यायो ‘Shop More, Get More’ योजना

बिहिबार, अशोज २२, २०८३
श्री एयरलाइन्स बन्यो सुदूरपश्चिम रोयल्सको डोमेस्टिक एयरलाइन्स पार्टनर
FEATURED

श्री एयरलाइन्स बन्यो सुदूरपश्चिम रोयल्सको डोमेस्टिक एयरलाइन्स पार्टनर

बुधबार, अशोज २१, २०८३
स्नो रिभर्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न,१० प्रतिशत बोनस शेयर घोषणा
FEATURED

स्नो रिभर्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न,१० प्रतिशत बोनस शेयर घोषणा

बुधबार, अशोज २१, २०८३
लियोनेल मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
FEATURED

लियोनेल मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

बुधबार, अशोज २१, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In