११ फागुन, रौतहट । नागरिक समाजको अगुवाइमा गौर-६ सबगढामा शान्ति सद्भाव र्याली निकालिएको छ ।
सबगढाको मुख्य सडकबाट सुरु भएको र्यालीले प्रभावित गाउँ परिक्रमा गरेको छ । गाउँमा शान्ति कायम राख्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तथा प्रशासनसहितको र्याली निकालिएको हो ।
जिल्ला प्रशासन कार्यालय रौतहटले अहिले बिहान ६ बजेदेखि कर्फ्यु हटाएको छ ।
केही दिनदेखि गौर अशान्त बनेको थियो । दुई समुदायबीचको विवाद चर्किएपछि स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु जारी गरिएको थियो ।














