Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, April 29, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा ३९ देशका चलचित्रहरु प्रदर्शन हुने

Sambridinews by Sambridinews
बुधबार, माघ १५, २०८२
in TOP STORIES, मनोरञ्जन, सहकारी
0
सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा ३९ देशका चलचित्रहरु प्रदर्शन हुने
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड र नेपाल पुलिस क्लबमा आयोजना हुने महोत्सवमा ३९ देशका ८५ चलचित्रहरु प्रदर्शन हुने भएका छन् । काठमाडौँमा विश्वभरका सांस्कृतिक, सामाजिक र सिर्जनात्मक चलचित्रको प्रवद्र्धन गर्ने उद्देश्यले विगत सात वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो महोत्सव नेपालकै एक प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र उत्सवका रूपमा स्थापित हुँदै गएको आयोजकको भनाई छ । यस वर्षको महोत्सवमा ७५ भन्दा बढी देशबाट ७०० चलचित्र प्राप्त भएका मध्येबाट ५२ देशका १३८ चलचित्रहरू महोत्सवका लागि चयन भएका थिए ।

महोत्सवमा लघुचलचित्र, कथानक चलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्रसँगै महिला, बालबालिका, मानव अधिकार तथा सांस्कृतिक विषयवस्तुमा आधारित चलचित्रहरू समावेश गरिएका छन् । “तीन मिनेटदेखि साढे दुई घण्टासम्म अवधिका चलचित्रहरू महोत्सवका लागि छनोट भएका छन्,” महोत्सवका निर्देशक तथा अध्यक्ष सन्तोष सुवेदीले बताए । चाबहिलको चलचित्र विकास बोर्डमा उद्घाटन समारोह रहने महोत्सवमा चलचित्र प्रदर्शनसँगै सांस्कृतिक कला प्रदर्शनी, नृत्य, कला–संस्कृति र पर्यटनसम्बन्धी अन्तरक्रिया लगायत थुप्रै कार्यक्रमहरु रहेको महोत्सवकी सह–निर्देशक सृष्टि न्यौपानेले जानकारी दिइन् । अस्ट्रेलियाली निर्देशक मौलीनाथ गंगोलीद्वारा चलचित्रसम्बन्धी मास्टर क्लास पनि दिनेछन् ।

You might also like

नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान

आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड

आज र भोली देशका विभिन्न भागमा बाढिको जोखिम

चलचित्र महोत्सवको लागि अन्तर्राष्ट्रिय निर्णायक मण्डलमा अमेरिकाकी निर्माता–निर्देशक जेसिका एकर्सन, बेलायतकी निर्माता एड्रियाना कुलिग, जर्जियाकी अनुसन्धानकर्ता निनी सिभेलिज, इटालीकी लेखक तथा निर्देशक भ्यालेन्टिना गाल्डी, बेलायतकी निर्देशक–निर्माता म्याग्डालिना कोर्पास, अर्जेन्टिनाका निर्देशक तथा चिकित्सक डा. जर्ज ग्युलेर्मो क्याराभोटा, ट्युनिसियाका निर्देशक नुमिन नुमिन, लाट्भियास्थित स्कार्लेट फिल्म्सका संस्थापक इमरोज होसेन रहेका छन् । राष्ट्रिय तर्फको जुरीमा चलचित्र लेखक, निर्देशक तथा कलाकार रमेश बुढाथोकी, अभिनेता धिरेन शाक्य, अभिनेत्री तथा निर्माता दीपाश्री निरौला, अभिनेता आर्यन सिग्देल र निर्माता तथा छायाँकार रविन आचार्य रहेका छन् ।

महोत्सवमा दक्षिण एसियाली मुलुक भारत, बंगलादेश, पूर्वी एसियाली देशहरू चीन, थाइल्यान्ड, कोरिया, काजकिस्तान, यूएई, कतार, हङकङ, फिलिपिन्स, इन्डोनेसिया, ताइवान लगायतका चलचित्रहरू चयन भएका छन् । साथै अमेरिका, क्यानडा, अस्ट्रेलिया, अर्जेन्टिना, बेलायत, फ्रान्स, इटाली, जर्मनी, रुस, स्विजरल्यान्ड, ट्युनिसिया, युक्रेन, स्पेन, नेदरल्यान्ड, मेक्सिको, फिनल्यान्ड, लिथुआनिया, चिली, नर्वे, ब्राजिल, सर्बिया, पोर्चुगल, पोल्यान्ड, हंगेरी, ग्रीस, डेनमार्क, बुल्गेरिया, चेक रिपब्लिक लगायत युरोप, दक्षिण अमेरिका तथा अफ्रिकी मुलुक मोरक्को, इजिप्ट, दक्षिण अफ्रिकाका चलचित्रहरू पनि समावेश छन् ।

महोत्सवमा उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायाँकारसँगै उत्कृष्ट लघु चलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्र, महिला चलचित्र, बालबालिका चलचित्र तथा मानव अधिकारसम्बन्धी चलचित्र विधामा प्रतिस्पर्धा हुनेछ । नेपाल पुलिस क्लबमा हुने महोत्सवको समापन समारोहमा विभिन्न विधामा उत्कृष्ट ठहरिएका चलचित्र, कलाकार तथा प्राविधिकलाई अवार्ड प्रदान गरिने अध्यक्ष बताउँछन् । यस वर्ष १५ राष्ट्रिय र १५ अन्तर्राष्ट्रिय गरी ३० उत्कृष्ट चलचित्र सम्मान गरिनेछ । साथै चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तित्वहरूलाई विशेष सम्मान प्रदान गरिने सुवेदी बताउँछन् ।

Related

Previous Post

बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष

Next Post

खल्तीले ल्यायो “खल्ती चलाऊ, वर्ल्ड कप जाऊ”: एक भाग्यशाली जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने

Sambridinews

Sambridinews

Related Posts

नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान
FEATURED

नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान

by Sambridinews
मङ्लबार, बैशाख १५, २०८३
आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड
FEATURED

आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड

by Sambridinews
मङ्लबार, बैशाख १५, २०८३
आज कन्काई, कर्णाली र महाकालीका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना
FEATURED

आज र भोली देशका विभिन्न भागमा बाढिको जोखिम

by Sambridinews
मङ्लबार, बैशाख १५, २०८३
भन्सार विभागका महानिर्देशकसँग अधिकतम मूल्य सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा नाडाकाे छलफल
TOP STORIES

भन्सार विभागका महानिर्देशकसँग अधिकतम मूल्य सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा नाडाकाे छलफल

by Sambridinews
मङ्लबार, बैशाख १५, २०८३
नेपाल चेम्बरद्धारा निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुको स्वागत
FEATURED

नेपाल चेम्बरद्धारा निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुको स्वागत

by Sambridinews
सोमवार, बैशाख १४, २०८३
Next Post
खल्तीले ल्यायो “खल्ती चलाऊ, वर्ल्ड कप जाऊ”: एक भाग्यशाली जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने

खल्तीले ल्यायो "खल्ती चलाऊ, वर्ल्ड कप जाऊ": एक भाग्यशाली जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा

शुक्रबारसम्म देशका विभिन्न स्थानमा फाटफुट वर्षाको सम्भावना

सोमवार, फाल्गुन ७, २०८०
बालबालिकालाई थप सशक्तिकरण र सृजनशील बनाउनशनिबार आर्ट कार्यशाला हुँदै

बालबालिकालाई थप सशक्तिकरण र सृजनशील बनाउनशनिबार आर्ट कार्यशाला हुँदै

शुक्रबार, जेष्ठ ५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान
FEATURED

नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान

मङ्लबार, बैशाख १५, २०८३
आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड
FEATURED

आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड

मङ्लबार, बैशाख १५, २०८३
आज कन्काई, कर्णाली र महाकालीका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना
FEATURED

आज र भोली देशका विभिन्न भागमा बाढिको जोखिम

मङ्लबार, बैशाख १५, २०८३
भन्सार विभागका महानिर्देशकसँग अधिकतम मूल्य सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा नाडाकाे छलफल
TOP STORIES

भन्सार विभागका महानिर्देशकसँग अधिकतम मूल्य सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा नाडाकाे छलफल

मङ्लबार, बैशाख १५, २०८३
पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर 
TOP VIDEOS

पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर 

मङ्लबार, बैशाख १५, २०८३
नेपाल चेम्बरद्धारा निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुको स्वागत
FEATURED

नेपाल चेम्बरद्धारा निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुको स्वागत

सोमवार, बैशाख १४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In