Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, August 15, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल टोस्टमास्टर्सको सम्मेलन साइटेसन २०२५ सम्पन्न

Sambridinews by Sambridinews
आइतवार, मंसिर १, २०८२
in TOP STORIES, समाचार
0
नेपाल टोस्टमास्टर्सको सम्मेलन साइटेसन २०२५ सम्पन्न
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल टोस्टमास्टर्सको वार्षिक सम्मेलन साइटेसन २०२५ शनिबार काठमाडौंको बेस्ट वेस्टर्न प्लस होटेलमा सम्पन्न भएको छ । सम्मेलनमा नेपालभरबाट विभिन्न व्यवसायी, पेशाकर्मी, व्यापारिक प्रतिष्ठानका कर्मचारी, विद्यार्थी र शिक्षक लगायत लगभग ३०० जना टोस्टमास्टर्स सदस्यहरूको उपस्थिति थियो ।

सम्मेलनमा अन्तराष्ट्रिय ख्यातिप्राप्त वक्ता तथा लेखक मिहिर कोल्थरकरले किनोट वक्तव्य प्रस्तुत गरेका थिए । विगत दुइ दशक देखि विभिन्न मुलुकहरूमा २५०० भन्दा बढी तालिम तथा कार्यशाला सञ्चालन गरिसकेका मिहिरले सम्मेलनमा उपस्थितलाई अन्तरक्रियात्मक तरिकाले नेतृत्व विकास सम्बन्धी व्यहारिक ज्ञान बाट उत्प्रेरित गरेका थिए ।

You might also like

नयाँ नीति वा ऐन हतारमा ल्याउने परिपाटी अन्त्य गर्न अध्यक्ष श्रेष्ठको आग्रह

नेपाल टेलिकमको नयाँ व्यवस्था: अब सिम नामसारी अनलाइनबाटै, तर बायोमेट्रिक र प्रमाणीकरणका लागि भने कार्यालय धाउनै पर्ने

‘रोड टु एभरेस्ट’ वृत्तचित्रको अफिसियल ट्रेलर सार्वजनिक

साइटेसनको एक प्रमुख आकर्षणका रूपमा कम्युनिकेटर अवार्ड रहेको थियो । सञ्चारको क्षेत्रमा उत्कॄष्टता हासिल गरेका गैर­टोस्टमास्टर्सलाई प्रत्येक वर्ष प्रदान गरिने यो पुरस्कार यस वर्ष पत्रकारिता र आमसञ्चारमार्फत निष्पक्ष र नैतिक सञ्चारको प्रवर्ध्दनमा उल्लेख्य भूमिका खेलेवापत सञ्चारकर्मी टिकाराम यात्रीलाई प्रदान गरिएको थियो । पुरस्कार ग्रहण गर्दै यात्रीले प्रभावकारी सञ्चारका लागि सुझबुझपूर्ण शब्द चयनको महत्व प्रकाश पार्दै पुरस्कारले आफूमा जिम्मेवार पत्रकारिता प्रति थप दायित्वबोध भएको बताएका थिए ।

सम्मेलनमा नेपाली टोस्टमास्टर्सका अग्रणी एवं नेपालमा टोस्टमास्टर्सका शुरूवातकर्ता मध्येका एक रहेका डिस्टिंगुइस्ड टोस्टमास्टर रविन लामाले हास्यपूर्ण तरिकाले प्रेरक मन्तव्य प्रस्तुत गरेका थिए । सम्मेलनमा उपस्थितको व्यवहारिक ज्ञानका लागि उत्कृष्ट टोस्टमास्टर्सहरूबाट मुल्यांकन मन्तव्य र टल­टेल (अतिरञ्जनामा आधारित मन्तव्य) को मञ्चन गरिएको थियो ।

साइटेसनमा नेपाल सम्मिलित टोस्टमास्टर्सको डिस्ट्रिक्ट ४१ का प्रोग्राम क्वालिटि डिरेक्टर श्वेतांक शर्मा, क्लब ग्रोथ डिरेक्टर दीप्ती क्षेत्री आचार्य, प्रशासनिक म्यानेजर युडेन कोइराला, वित्त म्यानेजर अकिंत गोएन्का, निवर्तमान डिस्ट्रिक्ट डिरेक्टर मुन प्रधान र नेपाल एक्सपान्सन चेयर रन्जित आचार्य लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो भने नेपाल टोस्टमास्टर्स कन्ट्रि अफिसका संयोजक दिपेश चालिसेले सम्मेलनको अध्यक्षता गरेका थिए ।

टोस्टमास्टर्स इन्टरनेशनल संसारभर रहेका क्लबहरूको माध्यमबाट सदस्यहरूको सञ्चार र नेतृत्व क्षमता विकासका लागि स्थापना भएको एक गैर नाफामूलक संस्था हो । सन् १९२४ मा स्थापित भइ संयुक्त राज्य अमेरिकाको कोलोराडोमा मुख्य कार्यालय रहेको यस संस्थाको हाल १४९ देशहरूमा १३,८०० भन्दा बढी क्लबमा २,६५,००० भन्दा बढी सदस्य रहेका छन् । टेस्मास्टर्सले विविध पृष्ठभूमिका व्यक्तिहरूमा आम सञ्चार र नेतृत्वको क्षेत्रमा आत्मविश्वासको विकास गर्न महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।

नेपालमा सन् १९९२ मा सुरू भएको टोस्टमास्टर्स हाल देशभर विभिन्न शहरहरूमा ६८ वटा क्लब र १,४०० भन्दा बढी सदस्यसम्म फैलिएको छ । व्यापारिक प्रतिष्ठानका व्यवस्थापक तथा कर्मचारी, विद्यार्थी, शिक्षक, उद्यमी, बैंकर, स्वास्थ्यकर्मी, इन्जिनियर जस्ता विविध क्षेत्र तथा उमेर समूहका व्यक्तिहरू हाल टोस्टमास्टर्समा सहभागि छन् । नेपालका क्लबहरू डिभिजन ए, बि, सि र डि अन्तर्गत उत्तर भारतसमेत समावेश रहेको डिस्ट्रिक्ट ४१ मा संलग्न रहेका छन् ।

Related

Previous Post

नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने

Next Post

इको हिमाल बचत तथा ऋण सहकारी संस्थामा प्रेमकृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समिति निर्वाचित

Sambridinews

Sambridinews

Related Posts

नयाँ नीति वा ऐन हतारमा ल्याउने परिपाटी अन्त्य गर्न अध्यक्ष श्रेष्ठको आग्रह
FEATURED

नयाँ नीति वा ऐन हतारमा ल्याउने परिपाटी अन्त्य गर्न अध्यक्ष श्रेष्ठको आग्रह

by Sambridinews
शुक्रबार, साउन २९, २०८३
नेपाल टेलिकमको नयाँ व्यवस्था: अब सिम नामसारी अनलाइनबाटै, तर बायोमेट्रिक र प्रमाणीकरणका लागि भने कार्यालय धाउनै पर्ने
FEATURED

नेपाल टेलिकमको नयाँ व्यवस्था: अब सिम नामसारी अनलाइनबाटै, तर बायोमेट्रिक र प्रमाणीकरणका लागि भने कार्यालय धाउनै पर्ने

by Sambridinews
शुक्रबार, साउन २९, २०८३
‘रोड टु एभरेस्ट’ वृत्तचित्रको अफिसियल ट्रेलर सार्वजनिक
TOP STORIES

‘रोड टु एभरेस्ट’ वृत्तचित्रको अफिसियल ट्रेलर सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन २९, २०८३
महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्तादुवै पक्षबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता
TOP STORIES

महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्तादुवै पक्षबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता

by Sambridinews
बिहिबार, साउन २८, २०८३
सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
TOP STORIES

सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

by Sambridinews
बिहिबार, साउन २८, २०८३
Next Post
इको हिमाल बचत तथा ऋण सहकारी संस्थामा प्रेमकृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समिति निर्वाचित

इको हिमाल बचत तथा ऋण सहकारी संस्थामा प्रेमकृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समिति निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

हेटौँडाकी २४ वर्षीया सुस्मिता हत्या अभियाेगमा संलग्न चारजनालाई जिल्ला जन्मकैदको फैसला

हेटौँडाकी २४ वर्षीया सुस्मिता हत्या अभियाेगमा संलग्न चारजनालाई जिल्ला जन्मकैदको फैसला

शनिबार, माघ ७, २०७९
‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः ‘विश्वासको सम्मान’

‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः ‘विश्वासको सम्मान’

बिहिबार, फाल्गुन २८, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नयाँ नीति वा ऐन हतारमा ल्याउने परिपाटी अन्त्य गर्न अध्यक्ष श्रेष्ठको आग्रह
FEATURED

नयाँ नीति वा ऐन हतारमा ल्याउने परिपाटी अन्त्य गर्न अध्यक्ष श्रेष्ठको आग्रह

शुक्रबार, साउन २९, २०८३
नेपाल टेलिकमको नयाँ व्यवस्था: अब सिम नामसारी अनलाइनबाटै, तर बायोमेट्रिक र प्रमाणीकरणका लागि भने कार्यालय धाउनै पर्ने
FEATURED

नेपाल टेलिकमको नयाँ व्यवस्था: अब सिम नामसारी अनलाइनबाटै, तर बायोमेट्रिक र प्रमाणीकरणका लागि भने कार्यालय धाउनै पर्ने

शुक्रबार, साउन २९, २०८३
‘रोड टु एभरेस्ट’ वृत्तचित्रको अफिसियल ट्रेलर सार्वजनिक
TOP STORIES

‘रोड टु एभरेस्ट’ वृत्तचित्रको अफिसियल ट्रेलर सार्वजनिक

शुक्रबार, साउन २९, २०८३
महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्तादुवै पक्षबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता
TOP STORIES

महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्तादुवै पक्षबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता

बिहिबार, साउन २८, २०८३
सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
TOP STORIES

सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

बिहिबार, साउन २८, २०८३
एभरेस्ट महिला भलिबल लिगद्वारा तेस्रो संस्करणका लागि ‘सुदूरपश्चिम रोयल वारियर्स’ नयाँ फ्रेन्चाइज टोलीको घोषणा
TOP STORIES

एभरेस्ट महिला भलिबल लिगद्वारा तेस्रो संस्करणका लागि ‘सुदूरपश्चिम रोयल वारियर्स’ नयाँ फ्रेन्चाइज टोलीको घोषणा

बिहिबार, साउन २८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In