Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, August 22, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

ब्लु डायमण्ड सोसाइटीको हस्तक्षेपले समुदाय लक्षित व्यापार धराशायी

Sambridinews by Sambridinews
सोमवार, अशोज ६, २०८२
in TOP STORIES, जीवन शैली, समाचार
0
ब्लु डायमण्ड सोसाइटीको हस्तक्षेपले समुदाय लक्षित व्यापार धराशायी
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक लक्षित बिजनेस व्यापारमा समुदायका अभियन्ता भनिनेहरूले थ्रेट दिन थालेका छन्। संस्थापक सुनिल बाबु पन्तलाई आउट गरेर ब्लु डायमन्ड सोसाइटी कब्जा गरेको समूहले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय लक्षित रेस्टुरेन्ट, ब्युटी पार्लर लगायतका व्यवसायमा नजान उर्दी जारी गरेको पाइएको हो।

सोसाइटीको नेतृत्वले महँगो तिर्न परे पनि अन्तै जान उर्दी गरेका समुदाय लक्षित ब्युटिपार्लरका एक सञ्चालकले बताए। रेस्टुरेन्टमा खाना मिठो छैन, पार्लरमा सेवा राम्रो छैन भनेर ब्लु डायमन्डको नेतृत्वले अफवाह फैलाउँदा आफूहरू पीडित बनेको ती सञ्चालकले बताए।

You might also like

‘डेटा, प्रविधि र विश्वासको संयोजनले मात्रै बिक्री सफल हुन्छ’-चेम्बर अध्यक्ष अग्रवाल

पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झाैता

महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ताश्रम कानून संशोधनलाई रोजगारी र औद्योगिक लगानीमैत्री बनाउनुपर्नेमा महासंघको जोड

रेस्टुरेन्ट, पार्लर सञ्चालकहरूका अनुसार ब्लु डायमन्डले एचआइभी प्रिभेन्सनमा बजेट ल्याउने गरेको छ। तर, पार्लर, रेस्टुरेन्ट जाँदा एचआइभी लागेको मान्छे आउँछन् नजानु भन्ने गरेको पाइएको छ।

एचआइभी परियोजनाका लागि युएसएआइडीको ८ करोड गायब पारेको ब्लु डायमन्डले समुदाय लक्षित व्यापार व्यवसायप्रति भ्रम फैलाएको सञ्चालकहरूले बताए। ती सञ्चालकका अनुसार मेकअप सिक्न जाने समुदायका सदस्यलाई सोसाइटीकी पूर्वअध्यक्ष सञ्जीव गुरुङ पिंकी, मनिषा ढकाल, सञ्जय शर्मा, भूमिका श्रेष्ठ, प्रकाश निरौलाले लगायतले भड्काउने काम गरेका छन्।

विदेश पठाइदिन्छु त्यसकोमा नजानु भन्नेसम्मका आश्वासन दिएको पाइएको समुदाय लक्षित रेस्टुरेन्ट, पार्लरका सञ्चालकहरूले बताए। ‘उनीहरूको पार्लरमा जाँदा थाइल्यान्ड, बैंककसम्म मात्रै पुग्ने हो, हामीसँग लागे अमेरिका नै जान पाइन्छ भनेर मेकअप सिक्न आएकाहरूलाई भड्काएका रहेछन्,’एक पार्लर सञ्चालकले भने, ‘हामीसँग लाग्दा प्रहरी चौकीमा पर्दा छुटाउन आउँछौ समेत भनेर बिजनेस नै धराशायी पारिदिन खोजेको पाइयो। यसमा ब्लु डायमन्डको टिम नै लागेको छ।’

ब्लु डायमन्डले कार्यक्रम नै राखेर बैंककबाट १ सय भाटमा ल्याएको पाउडर ५ सय रुपैयाँमा बिक्री गरेको भन्दै समुदाय लक्षित पार्लरबाट पाउडर नकिन्न समेत उर्दी जारी गरेको पाइएको एक सञ्चालकले बताए। नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि थाई भाट १ को खरिददर ४ रुपैयाँ ४२ पैसा तोकेको छ। यो दररेट अनुसार १ सय थाई भाटको ४४२ रुपैयाँ हुन्छ। बैंककबाट नेपाल ल्याएर ५ सय रुपैयाँमा बिक्री गर्दा ठगी गरेको आरोप समेत ब्लु डायमन्डको टोलीले लगाएको पार्लर सञ्चालकले बताए।

रेस्टुरेन्ट र पार्लर सञ्चालकलाई आरोप लगाउने नेतृत्वकर्ता पिंकी शेयर ठगी घोटालामा मुछिएकी छन्। उनीविरुद्ध जिल्ला प्रहरी परिसर, जिल्ला प्रशासन कार्यालय र सरकारी वकिल कार्यालयमा उजुरी परेको छ। उजुरीको छानबिनका क्रममा प्रहरी कार्यालय उपस्थिति भएकी पिंकीले शेयर भर्न रकम सङ्कलन गरेको स्वीकारेकी थिइन। 

अद्यावधिक समेत नभएको विवेकशील आदर्श इन्भेस्टमेन्ट कम्पनीको रसिद दिएर रकम उठाएकी पिंकीले अहिले इनर्जी इन्भेस्टमेन्ट कम्पनीको शेयर प्रमाण लिन जानुपर्ने बताएपछि शेयरका लागि रकम बुझाएका समुदायका सदस्यहरूले प्रहरी प्रशासन गुहारेका हुन्।

पिंकी भने ब्लु डायमन्डको टोली नै परिचालन गरेर आफूविरुद्ध उजुरी दिनेहरूलाई मानसिक तनाव दिने काममा लागेको पाइएको पार्लर सञ्चालकले बताए। आफूले लाखौँ ठगी गर्ने अनि ठगीबाट उम्कन उजुरीकर्ताहरूलाई तनाव दिने काम कानुन विपरीत छ, ती सञ्चालकले भने।

ती सञ्चालकले आफ्नो व्यवसायमा ब्लु डायमन्डले हस्तक्षेप गरिरहेको बताए। “तिमीहरू जेल पर्‍यो भने छुटाउने काम हाम्रो हो, पार्लरमा गयौ भने खबरदार” भनेका रहेछन्, ती सञ्चालकले भने, “मेरो त त्यही पार्लर हो नि। अरू केही छैन नि।”

समुदायले समुदायका लागि सञ्चालन गरेको व्यवसायमा हस्तक्षेप गर्न मिल्छ? ती सञ्चालकले प्रश्न गरे। “काम गरेर खान दिनु पर्‍यो नि। हामीमाथि दमन गरिरहेको छ। उनीहरूले करोडौँ ल्याएर घोटाला गर्दा राम्रो भयो। हामी आफ्नो पसिना बगाएर १ सय भाटको ५ सय नेपाली रुपैयाँमा बेच्दा हल्ला फैलाइरहेका छन्। यसले बिजनेसमा असर गरेको छ,” उनले भने। 

विशेष गरी जेनजी आन्दोलनपछि यस्तो दबाब र अफवाहले समुदाय लक्षित व्यापार–व्यवसायमा ओरालो लागेको अवस्था समेत सञ्चालक र व्यवसायीहरूले उजागर गरेका छन्। व्यावसायिक घाटा, ग्राहक ह्रास र मानसिक तनाव भनेका तिनीहरूको साझा समस्या बनेका छन्।

जेनजी आन्दोलनका क्रममा उजुरीहरू गायब भएको हुन सक्ने भन्दै पिंकीले पीडितलाई उल्टै तनाव दिएको आशङ्का उनीहरूले गरेका छन्। पिंकीको शेयर घोटाला, ब्लु डायमन्डको अनियमितताको छानबिन गर्न लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक कोनिका लामाले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई सम्बोधन गरेर उजुरी दिएका छन्। 

Related

Previous Post

प्रेस काउन्सिलको ५६ औँ वार्षिकोत्सव

Next Post

जेडटीईको नुबिया ए५६ र ए३६ नेपाली बजारमा : दुवै मोडलहरु शुन्य प्रतिशत किस्ताबन्दीमा उपलब्ध

Sambridinews

Sambridinews

Related Posts

‘डेटा, प्रविधि र विश्वासको संयोजनले मात्रै बिक्री सफल हुन्छ’-चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

‘डेटा, प्रविधि र विश्वासको संयोजनले मात्रै बिक्री सफल हुन्छ’-चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, भदौ ६, २०८३
पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झाैता
TOP STORIES

पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झाैता

by Sambridinews
शुक्रबार, भदौ ५, २०८३
महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ताश्रम कानून संशोधनलाई रोजगारी र औद्योगिक लगानीमैत्री बनाउनुपर्नेमा महासंघको जोड
FEATURED

महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ताश्रम कानून संशोधनलाई रोजगारी र औद्योगिक लगानीमैत्री बनाउनुपर्नेमा महासंघको जोड

by Sambridinews
शुक्रबार, भदौ ५, २०८३
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि
TOP STORIES

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि

by Sambridinews
शुक्रबार, भदौ ५, २०८३
नाडा अटो शो २०२६: भदौ ९ देखि भृकुटीमण्डपमा, ५३ सवारी ब्राण्डसहित २५० भन्दा बढी स्टल रहने
FEATURED

नाडा अटो शो २०२६: भदौ ९ देखि भृकुटीमण्डपमा, ५३ सवारी ब्राण्डसहित २५० भन्दा बढी स्टल रहने

by Sambridinews
शुक्रबार, भदौ ५, २०८३
Next Post
जेडटीईको नुबिया ए५६ र ए३६ नेपाली बजारमा : दुवै मोडलहरु शुन्य प्रतिशत किस्ताबन्दीमा उपलब्ध

जेडटीईको नुबिया ए५६ र ए३६ नेपाली बजारमा : दुवै मोडलहरु शुन्य प्रतिशत किस्ताबन्दीमा उपलब्ध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बाँकेको नेपालगञ्जमा गाडीको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु

सोमवार, पुस १६, २०८०
ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुट

ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुट

आइतवार, कार्तिक ३, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

‘डेटा, प्रविधि र विश्वासको संयोजनले मात्रै बिक्री सफल हुन्छ’-चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

‘डेटा, प्रविधि र विश्वासको संयोजनले मात्रै बिक्री सफल हुन्छ’-चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, भदौ ६, २०८३
पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झाैता
TOP STORIES

पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झाैता

शुक्रबार, भदौ ५, २०८३
महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ताश्रम कानून संशोधनलाई रोजगारी र औद्योगिक लगानीमैत्री बनाउनुपर्नेमा महासंघको जोड
FEATURED

महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ताश्रम कानून संशोधनलाई रोजगारी र औद्योगिक लगानीमैत्री बनाउनुपर्नेमा महासंघको जोड

शुक्रबार, भदौ ५, २०८३
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि
TOP STORIES

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि

शुक्रबार, भदौ ५, २०८३
नाडा अटो शो २०२६: भदौ ९ देखि भृकुटीमण्डपमा, ५३ सवारी ब्राण्डसहित २५० भन्दा बढी स्टल रहने
FEATURED

नाडा अटो शो २०२६: भदौ ९ देखि भृकुटीमण्डपमा, ५३ सवारी ब्राण्डसहित २५० भन्दा बढी स्टल रहने

शुक्रबार, भदौ ५, २०८३
जनकपुरमा प्रोटोनको १० औँ सोरुम शुभारम्भ, ‘द अल-न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
FEATURED

जनकपुरमा प्रोटोनको १० औँ सोरुम शुभारम्भ, ‘द अल-न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

शुक्रबार, भदौ ५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In