Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, March 9, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मदन भण्डारी मेमोरियल कलेजद्धारा २४ औं वार्षिकोत्सवको अवसरमा साताव्यापी कार्यक्रम गर्दै

Sambridinews by Sambridinews
सोमवार, असार ९, २०८२
in FEATURED, TOP STORIES, शिक्षा, समाचार
0
मदन भण्डारी मेमोरियल कलेजद्धारा २४ औं वार्षिकोत्सवको अवसरमा साताव्यापी कार्यक्रम गर्दै
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित मदन भण्डारी मेमोरियल कलेजले आफ्नो २४ औं वार्षिकोत्सवको अवसरमा साताव्यापी विशेष कार्यक्रमहरूको घोषणा गरेको छ। असार ८ देखि १४ गतेसम्म चल्ने उक्त कार्यक्रममा प्राज्ञिक विमर्श, सामाजिक सेवा, स्वास्थ्य शिविर, कला प्रदर्शनी र राष्ट्रिय सम्मेलन जस्ता विविध गतिविधिहरू समावेश गरिएका छन्।

देशका सबै क्षेत्रहरुबाट उच्च शिक्षा अध्ययनको प्रवल इच्छा राख्ने सवै वर्ग र समुदायका विद्यार्थीहरुलाई सर्वसुलभ शुल्कमा व्यवस्थित भौतिक पूर्वाधारसहितको गुणस्तरीय शिक्षा दिेने अभिप्रायले १९२ जना शिक्षाप्रेमी महानुभावहरुद्धारा सामुदायिक रुपमा २०५८ सालमा मदन भण्डारी मेमोरियल कलेजको स्थापना भएको हो ।कलेजले हालै मात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणपत्र प्राप्त गरेको छ। यही खुसियाली र वार्षिकोत्सवको अवसरमा आयोजना गरिएका कार्यक्रमहरू स्थानीय समुदाय, अभिभावक, विद्यार्थी र प्राज्ञिक क्षेत्रलाई लक्षित गरी आयोजना गरिएको हो ।

You might also like

शक्तिशाली इन्जिन र स्मार्ट फिचरसहित पल्सर नेक्ट जेन १५० सार्वजनिक

वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह

रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?

साताव्यापी कार्यक्रमको सुरुवात आइतबार पत्रकार सम्मेलन सम्पन्न भएको छ । कार्यक्रमको सबैभन्दा महत्त्वपूर्ण आकर्षणका रूपमा सोमबार आयोजना हुने बृहत् स्वास्थ्य शिविर रहेको छ। कलेज प्राङ्गणमा हुने शिविरमा ब्लड डोनर्स एसोसिएसन नेपाल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम, समाज डेन्टल अस्पतालद्वारा दन्त परीक्षण, भेनस अस्पतालद्वारा सामान्य स्वास्थ्य तथा स्त्रीरोग परीक्षण, तिलगंगा आँखा प्रतिष्ठानद्वारा आँखा परीक्षण र ‘मेक थिङ्स ह्यापन’ नामक संस्थाद्वारा मनोसामाजिक परामर्श सेवा प्रदान गरिनेछ।

कलेजले आफ्नो शैक्षिक यात्रामा महत्त्वपूर्ण फड्को मार्दै भविष्यमा एआई, साइबर सेक्युरिटी र डेटा साइन्सजस्ता अत्याधुनिक विषयहरू सञ्चालन गर्ने योजना बनाएको छ। हाल कलेजमा पत्रकारिता, समाजशास्त्र, व्यवस्थापन, विज्ञान, कानुनलगायत स्नातक र स्नातकोत्तर तहमा ११ हजार ४ सय भन्दा बढी विद्यार्थी अध्ययन गरिसकेका छन् भने ४ हजारभन्दा बढीले उपाधि हासिल गरी देश–विदेशमा विभिन्न क्षेत्रमा आफ्नो उत्कृष्टता प्रस्तुत गरिरहेका छन्।

विद्यार्थीको व्यावहारिक ज्ञान र व्यावसायिक क्षमता अभिवृद्धिका लागि कलेज परिसरमै ‘रेडियो श्वेत शार्दूल ९३.६ मेगाहर्ज’ सञ्चालनमा छ। साथै, अनुसन्धानमा आधारित पठनपाठनलाई प्रवर्द्धन गर्न ‘जर्नल अफ प्रोडक्टिभ डिस्कोर्स’ र विद्यार्थीको सिर्जनात्मक लेखनलाई प्रोत्साहित गर्न वार्षिक पत्रिका ‘श्वेत शार्दूल’ प्रकाशन गर्दै आएको छ।

वार्षिकोत्सव सप्ताहअन्तर्गत कला प्रदर्शनी, राष्ट्रिय सञ्चार सम्मेलन, साहित्यिक क्याफे, ‘प्रहरीसँग विद्यार्थी’ अन्तरक्रिया र विभिन्न खेलकुद तथा सृजनात्मक प्रतियोगिताहरू पनि आयोजना हुनेछन्। साताव्यापी कार्यक्रमको समापन असार १४ गते शनिबार राष्ट्रिय सभागृहमा आयोजना हुने ‘मदन जयन्ती समारोह’ तथा कलेजको ‘मूल वार्षिकोत्सव समारोह’ बाट हुनेछ। सोही समारोहमा वर्षभरि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विभिन्न प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गरिने कलेजले जनाएको छ।

Related

Previous Post

रुपचन्द्र बिष्ट मार्गमार्फत रुदानेलाई अमर बनाउने ऐतिहासिक अभियानमा सांसद बर्तौला

Next Post

विद्युतीय शवदाहको सामाग्री खरिदामा अनियमितता ; १४ जना विरुद्ध मुद्दा

Sambridinews

Sambridinews

Related Posts

शक्तिशाली इन्जिन र स्मार्ट फिचरसहित पल्सर नेक्ट जेन १५० सार्वजनिक
FEATURED

शक्तिशाली इन्जिन र स्मार्ट फिचरसहित पल्सर नेक्ट जेन १५० सार्वजनिक

by Sambridinews
सोमवार, फाल्गुन २५, २०८२
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
FEATURED

वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह

by Sambridinews
सोमवार, फाल्गुन २५, २०८२
रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?
FEATURED

रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?

by Sambridinews
आइतवार, फाल्गुन २४, २०८२
एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु
FEATURED

एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु

by Sambridinews
आइतवार, फाल्गुन २४, २०८२
अब हरेक शुक्रबार साँझ चन्द्रागिरी केबलकार चढ्न २ सयमात्र
TOP STORIES

नारी दिवसका अवसरमा चन्द्रागिरी हिल्सले १५ प्रतिशत छुट

by Sambridinews
आइतवार, फाल्गुन २४, २०८२
Next Post
गौशाला धर्मशाला तत्काल खाली नगर्न विकास काेषलाइ संस्कृति मन्त्रालयको पत्र

विद्युतीय शवदाहको सामाग्री खरिदामा अनियमितता ; १४ जना विरुद्ध मुद्दा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

२०८० सालकाे एसइइ परिक्षामा सिन्धुलीबाट ५ हजार ३ सय १५ जना विद्यार्थी सामेल हुदै

२०८० सालकाे एसइइ परिक्षामा सिन्धुलीबाट ५ हजार ३ सय १५ जना विद्यार्थी सामेल हुदै

शनिबार, चैत्र १०, २०८०
दशैंका लागि नयाँ नोट साट्न शुरु

दशैंका लागि नयाँ नोट साट्न शुरु

बुधबार, भदौ २९, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

शक्तिशाली इन्जिन र स्मार्ट फिचरसहित पल्सर नेक्ट जेन १५० सार्वजनिक
FEATURED

शक्तिशाली इन्जिन र स्मार्ट फिचरसहित पल्सर नेक्ट जेन १५० सार्वजनिक

सोमवार, फाल्गुन २५, २०८२
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
FEATURED

वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह

सोमवार, फाल्गुन २५, २०८२
रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?
FEATURED

रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?

आइतवार, फाल्गुन २४, २०८२
एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु
FEATURED

एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु

आइतवार, फाल्गुन २४, २०८२
अब हरेक शुक्रबार साँझ चन्द्रागिरी केबलकार चढ्न २ सयमात्र
TOP STORIES

नारी दिवसका अवसरमा चन्द्रागिरी हिल्सले १५ प्रतिशत छुट

आइतवार, फाल्गुन २४, २०८२
शान्तिपूर्ण रूपमा मतदान सम्पन्न : ६० प्रतिशत मत खसेकाे आयोगको दाबी
FEATURED

झापा ५ मा ४९ हजार भन्दा धेरै मतअन्तरले बालेन शाह बिजयी

शनिबार, फाल्गुन २३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In