Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, June 2, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

रुपचन्द्र बिष्ट मार्गमार्फत रुदानेलाई अमर बनाउने ऐतिहासिक अभियानमा सांसद बर्तौला

Sambridinews by Sambridinews
आइतवार, असार ८, २०८२
in TOP STORIES, समाचार, स्थानीय तह
0
रुपचन्द्र बिष्ट मार्गमार्फत रुदानेलाई अमर बनाउने ऐतिहासिक अभियानमा सांसद बर्तौला
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौं । युग पुरुषका रूपमा चिनिएका रुपचन्द्र बिष्ट ‘रुदाने’ को स्मृति दिवसको पूर्वसन्ध्यामा मकवानपुरमा एउटा ऐतिहासिक अभियान अघि बढाइएको छ । थाहा आन्दोलनका प्रणेता र सिमान्तकृत जनताको आवाज बनेका बिष्टको स्मृतिमा ‘रुपचन्द्र बिष्ट मार्ग’ निर्माण कार्यको थालनीसँगै सामाजिक, आर्थिक र ऐतिहासिक महत्व बोकेको योजनाले मूर्तरूप लिन थालेको छ ।

उक्त परियोजना प्रतिनिधि सभा सदस्य तथा सत्तारूढ दलका प्रमुख सचेतक महेशकुमार बर्तौलाको पहलमा अगाडि बढेको हो । सरकारले आगामी आर्थिक वर्षको बजेटमा उक्त मार्गका लागि ३ करोड रुपैयाँ विनियोजन गरिसकेको छ भने डिपीआर ९विस्तृत आयोजना प्रतिवेदन० निर्माण कार्य अघि बढिसकेको छ । सांसद बर्तौलाले प्रस्ताव गरेका अनुसार डबल लेनको यो राजमार्ग त्रिभुवन राजपथ र महेन्द्र राजमार्गलाई जोड्नेछ । भौगोलिक हिसाबले जटिल भए पनि रणनीतिक हिसाबले अति महत्वपूर्ण मानिएको यस मार्गको सफल निर्माणपछि पश्चिम नेपालबाट राजधानी काठमाडौंसम्मको दूरी छोटिनेछ । यसले व्यापारिक गतिविधि, पर्यटन प्रवर्धन र स्थानीय जनजीवनमा नयाँ उत्साह ल्याउने विश्वास गरिएको छ ।
रुपचन्द्र बिष्टको स्मृति कायम राख्न केही वर्षअघि थाहा नगरपालिकाको नामकरण गरिएको थियो । अब त्यो सम्झनालाई थप संस्थागत बनाउने गरी बर्तौलाले अघि सारेको यो योजना थाहा आन्दोलनलाई भौतिक पूर्वाधारमार्फत सम्मान दिनेसमेत प्रयत्न हो ।
बर्तौलाले यसबारे दामन पोष्टसंग भने , “जुन भूमिमा रुदानेले गरिब, सिमान्तकृत जनतालाई उठाउने प्रयास गर्नुभयो, आज त्यही भूभागमा उहाँकै नाममा राजमार्ग बन्ने तयारी हुनु उहाँप्रति हाम्रो स्थायी सम्मान हो।”
यस मार्गले पालुङ दोबाटोदेखि मनहरीसम्मका विभिन्न गाउँहरू जस्तै नागदह, गोपालीगाउँ, भुन्दल, सोलाभन्ज्याङ, गोगने, पकने, कप्सेरी हुँदै सुकुभन्ज्याङ जोड्नेछ । थाहा–कैलाश–राक्सीराङ–मनहरी हुँदै यो मार्गले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथलाई जोड्नेछ । काठमाडौंबाट चित्लाङ–पालुङ हुँदै यहाँ आइपुग्न सकिने भएकाले यो मार्ग राजधानी र नारायणी पारीको ‘स्ट्र्याटेजिक लिंक’ बन्ने देखिन्छ ।
डिपीआर सुरु भएसँगै स्थानीयवासी उत्साहित छन् । सामाजिक सञ्जालमा एकजनाले लेखेका छन्, “डिपिआर मात्रै होइन, अब राजमार्ग बन्नेमा ढुक्क छौं । सांसदज्यूलाई धन्यवाद १” यो प्रतिक्रिया योजनाप्रति जनताको विश्वास दर्शाउने उदाहरण हो ।
यो राजमार्ग केवल थाहानगरको गौरव होइन, सिङ्गो मकवानपुर र राष्ट्रकै गर्वको आयोजना बन्न सक्छ । यो सडक र मार्गमा पर्न आउने बस्तीहरू, बजारहरू र समुदायहरूलाई समेटेर समावेशी विकासको नमुना समेत बन्ने अपेक्षा गरिएको छ ।
सांसद बर्तौलाको प्रयासले यसक्षेत्रको विकास योजनालाई तीव्रता दिएको छ । सडक, पुल, पहुँच मार्गजस्ता आयोजनामा यसपालि मात्रै करिब २५ करोडभन्दा बढी बजेट विनियोजन भएको छ ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

थाहा–कैलाश–राक्सीराङ–मनहरी(रुपचन्द्र बिष्ट) मार्ग: ३ करोड

थाहा नगरपालिका–गोगने–धादिङ जोड्ने मार्ग: ३ करोड

शहीद बासुदेव मार्ग, मकवानपुरगढी ३ करोड

थानकोट–चित्लाङ सडक: ६ करोड २० लाख

चुर्लिङ खोला पुल, सरीखेत: ४० लाख

हेटौंडा–पालुङ टायलघर सडक खण्ड: ८ करोड

त्यसो त, योजना केवल बजेट विनियोजनमै सीमित नभई समयमै कार्यान्वयन गर्नेतर्फ समेत गम्भीर ध्यान दिनुपर्ने अवस्था छ । यस्तो विशाल योजनामा दीर्घकालीन सोच, पारदर्शी प्रशासनिक संयन्त्र, प्राविधिक दक्षता र सामुदायिक सहभागिता अपरिहार्य हुन्छ ।
रुपचन्द्र बिष्टले जनताको चेतना जागृत गर्न थालेको थाहा आन्दोलन, अहिले ‘थाहा नगर’ हुँदै ‘थाहा मार्ग’ को यात्रामा प्रवेश गर्दैछ । त्यो आन्दोलन विचारको मात्र होइन, आजको सन्दर्भमा विकास र समृद्धिको ‘मोडेल’ बन्ने दिशातर्फ अघि बढेको छ ।
सांसद बर्तौलाले संसदमा एक वर्षअघि उठाएको आवाज सरकारले सुनेको छ । अब त्यो सपना साकार पार्ने जिम्मेवारी सरकार, प्रशासन र जनप्रतिनिधिका काँधमा आएको छ । रुदानेले जुन माटोमा चेतनाको बीउ रोप्नुभयो, आज त्यही माटोमा विकासको बाटो कोरिन थालेको छ ।
रुपचन्द्र बिष्ट मार्ग केवल एक सडक होइन, थाहाको पुनर्जागरण र नेपालको सम्भावनामा ढोका खोल्ने यात्रा पनि हो । रुदानेको २६ औं स्मृति दिवशले पक्कै पनि हामीलाई यही प्रेरणा दिनेछ ।

Related

Previous Post

विश्वमै रुचाइएको बीवाईडी डल्फिनको नयाँ भर्सन अब नेपाली बजारमा

Next Post

मदन भण्डारी मेमोरियल कलेजद्धारा २४ औं वार्षिकोत्सवको अवसरमा साताव्यापी कार्यक्रम गर्दै

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
मदन भण्डारी मेमोरियल कलेजद्धारा २४ औं वार्षिकोत्सवको अवसरमा साताव्यापी कार्यक्रम गर्दै

मदन भण्डारी मेमोरियल कलेजद्धारा २४ औं वार्षिकोत्सवको अवसरमा साताव्यापी कार्यक्रम गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सवारी दुर्घटना न्यूनीकरण गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको ध्यानाकर्षण

सवारी दुर्घटना न्यूनीकरण गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको ध्यानाकर्षण

मङ्लबार, माघ २, २०८०
जेनजी विद्रोह पछि कांग्रेसमा नेतृत्व पुस्तान्तरणको दवाव

जेनजी विद्रोह पछि कांग्रेसमा नेतृत्व पुस्तान्तरणको दवाव

सोमवार, कार्तिक २५, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In