Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, June 7, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

शिक्षा र राजनीति एक आपसमा परिपुरक हुनु हुँदैन्

Sambridinews by Sambridinews
मङ्लबार, बैशाख १६, २०८२
in शिक्षा, समाचार
0
शिक्षा र राजनीति एक आपसमा परिपुरक हुनु हुँदैन्
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

अप्सरा गौतम

शिक्षा र राजनीतिलाई एउटै बिषयमा उल्लेख गर्नु हुँदैन । शिक्षा र राजनीतिक एक रथका दुई पांग्राका रुपमा मान्न पनि सकिदैन् । दुवैमा आकाश पातालको फरक छ । झट्ट हेर्दा विद्यालय स्तरदेखि उच्च शिक्षासम्म राजनीतिक प्रभाव व्याप्त देखिन्छ । त्यसैले अब शिक्षा र राजनीति एक आपसका परिपुरक हुन् भन्ने भाष्य नै सुधार्नुपर्ने देखिएको छ । शिक्षाले मानिसको अन्तरज्ञान उजागर गर्ने र मानिसलाई प्रशस्त उज्यालो मार्ग निर्देशन गर्छ । जसको परिणामस्वरूप कुनैपनि देश र समाजमा परिवर्तन आउन सक्छ । राजनीतिमा पनि अमूल्य र गतिशील परिवर्तन आउनसक्छ । शिक्षाले व्यक्ति र समाजसँग अन्तरसम्बन्ध हुन्छ भने समाजद्वारा नै राजनीति सञ्चालन हुने गर्छ ।

You might also like

बाघ भैरव टिम च्याम्पियन

एलजीनेपालद्वारा “Game on with LG AI TV” अभियानसार्वजनिक, फुटबलहेर्नेअनुभवलाई नयाँउचाइमापुर्‍याउनेलक्ष्य 

एन आई सी एशिया बैंकद्वारा हाम्रो साझा घर, श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र श्री अरनिको माध्यमिक विद्यालयमा सहयोगसामग्री प्रदान

त्यसैले, असल राजनीति र राजनीतिज्ञको लागि शिक्षाको ठूलो महत्व छ । शिक्षा र राजनीति एउटै सिक्काका दुई पाटा हुन् तर शिक्षाबिनाको राजनीति अर्थहिन हुन्छ किनभने  विकसित राजनीतिमा बौद्धिक समाजको आवश्यकता पर्दछ । बौद्धिक समाज शिक्षाबिना कल्पना गर्न सकिदैन ।

राजनीतिक हस्तक्षेपका कारण शैक्षिक गतिविधि निस्वार्थ रुपमा सञ्चालन हुन नपाएको कतिपय विद्यालयहरुको गुनासो छ । शिक्षालाई राजनीतिमा मिसावटा गर्नु नै गलत छ । शिक्षा त ज्ञानको ज्योति हो । शिक्षाले व्यक्ति र समाजलाई अध्याँरोबाट उज्यालोतर्फ लैजाने क्षमता बोकेको हुन्छ ।

राजनीति त्यो हो जुन देश र समाजलाई राज्यको नीतिभित्र रहेर परिवर्तन गराउनु पर्छ । राजनीतिको मूल उद्देश्य भनेको जनता, समाज र देशलाई आर्थिक साथै सामाजिक उन्नति, प्रगतितर्फ लैजानु हो । तर अहिले दलीय राजनीति शिक्षण संस्थाहरुमा बढ्दै गइरहेको छ । राजनीति गर्नेहरुले आफू नेतृत्वमा पुग्न  शिक्षण संस्थालाई बढी प्रयोग गरेको पाइन्छ । आजभोलि राजनीति भन्ने वित्तिकै शिक्षण संस्था पनि परिचित हुन थालेको छ । अहिलेको अवस्था हेर्ने हो भने गुणस्तरीय शिक्षा हासिल गर्न निजी विद्यालयनै जानुपर्छ भन्ने भाष्य सिर्जना भएको छ ।  यो सरासर गलत हो । सरकारी र नीजि छुट्याउने बहानामा सरकारी विद्यालयलाई कमजोर देखाउन थालियो । सरकारी विद्यालय भनेको राजनीति गर्ने ठाउँ भन्ने भाष्य सृजना गर्ने शिक्षित वर्ग नै देखिएको छ ।  

राजनीतिक हस्तक्षेपका कारण शैक्षिक गतिविधि निस्वार्थ रुपमा सञ्चालन हुन नपाएको कतिपय विद्यालयहरुको गुनासो छ । शिक्षालाई राजनीतिमा मिसावटा गर्नु नै गलत छ । शिक्षा त ज्ञानको ज्योति हो । शिक्षाले व्यक्ति र समाजलाई अध्याँरोबाट उज्यालोतर्फ लैजाने क्षमता बोकेको हुन्छ ।

पछिल्लो समय शिक्षक शिक्षिकामाथि कालोमोसो दल्ने, कुटपिट गर्नेे जस्ता अपराधिक घटनाहरू भइरहेका छन् । जुन विद्यार्थी राजनीतिको विकृतिको पराकाष्ठ समेत बनेको छ । देशको प्रत्येक क्षेत्रमा राजनीतिको प्रत्यक्ष प्रभाव भएकाले राजनीतिकर्मीलाई एक कुशल, सभ्य जिम्मेवार तथा असल भन्दा पनि असल नागरिक बन्नेतर्फ प्रेरित गर्नेखालको शिक्षा आजको आवश्यकता हो ।

समयको माग अनुसार शिक्षाको विकास र विस्तार गर्न राजनीति केन्द्रित हुनुपर्ने हो । नेपालको सन्दर्भमा राजनीति भनेको हड्ताल, नारावाजी, जुलुस, बन्द र अनसन जस्ता नकारात्मक कुरा मात्र हो भन्ने पाइन्छ । राजनीतिलाई एक फोहोरी खेलका रूपमा हेर्ने गरेको पाइन्छ यो गलत हो । राजनीति भनेको त आफैँमा एक विज्ञान हो । हामीले राजनीतिलाई राम्रोसँग अध्ययन–अनुसन्धान गर्यौ भने यसको महत्व बुझ्नेछौँ । साच्चै भन्ने हो भने राजनीतिमा ऐतिहासिक कालदेखि नै शिक्षाको ठूलो भूमिका रहिआएको छ ।

जबदेखि राणाशासन काल थियो त्यतिबेला नेपालको साक्षरता दर २५ प्रतिशत मात्र थियो । विभिन्न कालखण्डदेखि अहिलेसम्मको शिक्षा क्षेत्रमा भएको विकासका कारणले नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको छ । बिस्तारै शिक्षा क्षेत्रमा आएको सुधारका कारण देशको राजनीतिको व्यवस्थामा पनि परिवर्तन आइरहेको छ । पञ्चायती व्यवस्थाको अन्त्य, बहुदलीय व्यवस्था, गणतन्त्र व्यवस्थासम्मको अवस्था शिक्षाको विकासका कारण भएको हो । राजनीतिमा भएको परिवर्तनले शिक्षामा पनि परिवर्तन ल्याएको हो । तर हाम्रो देशमा राजनीति गर्ने राजनीतिज्ञ व्यक्तित्वहरू भने शिक्षित कम छन् ।

अब विकास गर्नका लागि राजनीतिक मुल्य मान्यतामा परिवर्तन ल्याउन युवा वर्गले राजनीतिमा प्रवेश गर्नुपर्छ । साथै मानिसहरूलाई राजनीतिको नकरात्मक पक्ष मात्र होइन सकारात्मक पक्ष पनि देखाउनु र बुझाउनुपर्छ । विद्यार्थीले कस्तो गुणस्तरको अपेक्षा गर्ने आजको समस्या हो ।  शिक्षण संस्थाहरूमा अनुशासित विद्यार्थी, लगनशील शिक्षक र सचेत अभिभावकको खाँचो पर्छ । व्यवहारिक र नियमित आचारसहिंताको व्यवस्था कार्यान्वयन गरिनुपर्छ । राजनीतिकर्मीहरूले आफ्नो अधिकार र कर्तव्यको अज्ञानताका कारणले शिक्षामा राजनीति गरेको हो भने उनीहरुको भूमिका के हुनु पर्ला भन्नेबारे सोच्नु जरुरी छ । जहाँबाट शिक्षामा राजनीतिक हस्तक्षेप गर्ने प्रवृत्तिलाई निरुत्साही गर्न आवश्यक छ । शिक्षामा राजनीति गरेर शैक्षिक वातावरणलाई तहसनहस बनाउने जोसुकैलाई अनुशासनको दायरामा ल्याउने तथा सार्वजनिक वहिस्कारसमेत गर्ने नीति अवलम्बन गर्नुपर्ने देखिन्छ ।

‘समृद्ध नेपाल र सुखी नेपाली’को सपना साकार पार्न दक्ष जनशक्ति उत्पादन गर्न साधनस्रोत सम्पन्न व्यवस्थित शिक्षा हुनुपर्छ । राजनीतिले शिक्षा नीति बनाउने र देशलाई विश्वसामु एक नमुना राष्ट्र बनाउन राजनीतिकर्मीको अहम भूमिका रहन्छ । राजनीतिमा आउने विकृति र विसंगतिलाई न्यूनिकरण गर्नका लागि समेत शिक्षाको अहम् योगदान रहन्छ ।  शिक्षण संस्थामा आबद्ध शिक्षकदेखि उच्च पदाधिकारीहरुले विद्यार्थीको पठनपाठनलाई केन्द्रमा राखेर नीति, नियम, योजना निर्माण र कार्यान्वयन गरिनु अति आवश्यक छ । सबैको कार्य दक्षताको मूल्याड्ढन गर्दा विद्यार्थीले हासिल गरेको उपलब्धिस्तरलाई प्रतिस्पर्धी श्रम बजारमा खपतको आधारमा प्रतिस्पर्धा गर्नु पर्छ । अब शिक्षाको नाममा आतङ्क फैलाएर शिक्षामा ह्रास आउने गतिविधिको अन्त्य जरुरी छ । परम्परागत प्रवृत्तिबाट माथि उठेर समस्याको निकास खोज्न जरूरी देखिन्छ । संविधान, मुलुकको क्षमता र बालबालिकालाई केन्द्रविन्दुमा राखेर शैक्षिक गतिविधिलाई संयमित र मर्यादित बनाउनु अहिलेको आवश्यकता हो ।

Related

Previous Post

छापा पत्रकारिता: सम्भावना र रणनीति

Next Post

दिगो लगानीको लागि एनएमबि बैंकको पहल: आईएफसी, बीआईआई-मेटलाइफ, सँग साझेदारी

Sambridinews

Sambridinews

Related Posts

बाघ भैरव टिम च्याम्पियन
TOP STORIES

बाघ भैरव टिम च्याम्पियन

by Sambridinews
शनिबार, जेष्ठ २३, २०८३
एलजीनेपालद्वारा “Game on with LG AI TV” अभियानसार्वजनिक, फुटबलहेर्नेअनुभवलाई नयाँउचाइमापुर्‍याउनेलक्ष्य 
TOP STORIES

एलजीनेपालद्वारा “Game on with LG AI TV” अभियानसार्वजनिक, फुटबलहेर्नेअनुभवलाई नयाँउचाइमापुर्‍याउनेलक्ष्य 

by Sambridinews
शनिबार, जेष्ठ २३, २०८३
एन आई सी एशिया बैंकद्वारा हाम्रो साझा घर, श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र श्री अरनिको माध्यमिक विद्यालयमा सहयोगसामग्री प्रदान
TOP STORIES

एन आई सी एशिया बैंकद्वारा हाम्रो साझा घर, श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र श्री अरनिको माध्यमिक विद्यालयमा सहयोगसामग्री प्रदान

by Sambridinews
शनिबार, जेष्ठ २३, २०८३
बजेट सन्तुलित र भविष्योन्मुखी छ, तर गाडीको मूल्य बढ्ने निश्चित: नाडा
FEATURED

बजेट सन्तुलित र भविष्योन्मुखी छ, तर गाडीको मूल्य बढ्ने निश्चित: नाडा

by Sambridinews
शनिबार, जेष्ठ २३, २०८३
वैदेशिक रोजगार व्यवसायी संघ निर्वाचन: हरिबहादुर पाण्डेको नेतृत्वमा ‘स्वतन्त्र प्यानल’ मैदानमा
FEATURED

वैदेशिक रोजगार व्यवसायी संघ निर्वाचन: हरिबहादुर पाण्डेको नेतृत्वमा ‘स्वतन्त्र प्यानल’ मैदानमा

by Sambridinews
शनिबार, जेष्ठ २३, २०८३
Next Post
दिगो लगानीको लागि एनएमबि बैंकको पहल: आईएफसी, बीआईआई-मेटलाइफ, सँग साझेदारी

दिगो लगानीको लागि एनएमबि बैंकको पहल: आईएफसी, बीआईआई-मेटलाइफ, सँग साझेदारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी डेंगु संक्रमण

बिहिबार, कार्तिक ३, २०७९
निजी विद्यालयलाई छात्रवृत्ति उपलब्ध गराउन महानगरको आग्रह

सूर्यविनायक नगरपालिकाले विद्यालयलाई छात्रवृत्ति वितरण गर्न आग्रह

शनिबार, जेष्ठ २५, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बाघ भैरव टिम च्याम्पियन
TOP STORIES

बाघ भैरव टिम च्याम्पियन

शनिबार, जेष्ठ २३, २०८३
विश्व वातावरण दिवस: बजारमुखी प्रविधिले होइन, मानव र प्रकृतिमैत्री अर्थतन्त्रले मात्र जलवायु न्याय सम्भव
TOP STORIES

विश्व वातावरण दिवस: बजारमुखी प्रविधिले होइन, मानव र प्रकृतिमैत्री अर्थतन्त्रले मात्र जलवायु न्याय सम्भव

शनिबार, जेष्ठ २३, २०८३
एलजीनेपालद्वारा “Game on with LG AI TV” अभियानसार्वजनिक, फुटबलहेर्नेअनुभवलाई नयाँउचाइमापुर्‍याउनेलक्ष्य 
TOP STORIES

एलजीनेपालद्वारा “Game on with LG AI TV” अभियानसार्वजनिक, फुटबलहेर्नेअनुभवलाई नयाँउचाइमापुर्‍याउनेलक्ष्य 

शनिबार, जेष्ठ २३, २०८३
एन आई सी एशिया बैंकद्वारा हाम्रो साझा घर, श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र श्री अरनिको माध्यमिक विद्यालयमा सहयोगसामग्री प्रदान
TOP STORIES

एन आई सी एशिया बैंकद्वारा हाम्रो साझा घर, श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र श्री अरनिको माध्यमिक विद्यालयमा सहयोगसामग्री प्रदान

शनिबार, जेष्ठ २३, २०८३
बजेट सन्तुलित र भविष्योन्मुखी छ, तर गाडीको मूल्य बढ्ने निश्चित: नाडा
FEATURED

बजेट सन्तुलित र भविष्योन्मुखी छ, तर गाडीको मूल्य बढ्ने निश्चित: नाडा

शनिबार, जेष्ठ २३, २०८३
वैदेशिक रोजगार व्यवसायी संघ निर्वाचन: हरिबहादुर पाण्डेको नेतृत्वमा ‘स्वतन्त्र प्यानल’ मैदानमा
FEATURED

वैदेशिक रोजगार व्यवसायी संघ निर्वाचन: हरिबहादुर पाण्डेको नेतृत्वमा ‘स्वतन्त्र प्यानल’ मैदानमा

शनिबार, जेष्ठ २३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In