Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, January 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

राष्ट्रिय रग्बी फिफ्टिन्स हुने

Sambridinews by Sambridinews
शुक्रबार, चैत्र २१, २०८१
in खेलकुद, समाचार
0
राष्ट्रिय रग्बी फिफ्टिन्स हुने
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको (NLG) २०औँ वार्षिक साधारण सभा


काठमाडौं, चैत २२– चैतको तेस्रो सातादेखि ललितपुरमा राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप हुने भएको छ ।
नेपाल रग्बी संघको आयोजनामा राष्ट्रिय फिफ्टिन्स च्याम्पियनसिप चैत २७ देखि वैशाख २ गतेसम्म हुन लागेको हो । ललितपुरको च्यासल रंगशालामा चौथो संस्करणको रग्बी फिफ्टिन्स गर्न लागिएको संघले जानकारी दियो । नेपाल रग्बी संघले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै विदेशी निर्णायकको सहभागितामा राष्ट्रिय फिफ्टन्स रग्बी प्रतियोगिता गर्ने जानकारी दिएको हो । यस फिफ्टिन्स प्रतियोगितामा राष्ट्रिय स्तरका क्लबहरू तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, गोर्खाली रग्बी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लबले चुनौती प्रस्तुत गर्नेछन् । राउन्ड रोबिनको आधारमा खेल सञ्चालन हुने भएको छ ।
महासंघका महासचिव गोविन्द घिमिरेले सेभेन्सको तुलनामा फिफ्टिन्स प्राविधिक रूपमा पनि उत्कृष्ट खेलाडीले मात्र प्रतिपस्पर्धा गर्ने भएकाले तीन विभागीय र नेपाली रग्बी इतिहासमा सबैभन्दा पुरानो क्लब गोर्खालीलाई मात्र समावेश गरिएको बताए । संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरिले पनि यस विधाको खेल खेल्न एक निश्चित उमेरसमूह र लामो समयदेखि अभ्यस्त खेलाडीलाई मात्र सहज हुने भएकाले सीमित प्रतिस्पर्धा तय गरिएको उल्लेख गरे । त्यसैले पनि यस प्रतियोगितामा विदेशी निर्णायक नै झिकाइएको उनको भनाइ थियो । यस प्रतियोगिताको मुख्य निर्णायकमा श्रीलंकाका प्रियान्था गुनारथ्न रहने रग्बी संघले जनाएको छ ।
साथै म्याच रेफ्री पनि श्रीलंकाकै सुरंगा अरुणा थालगालागेले भूमिका निर्वाह गर्ने भएका छन् । नेपालका प्रेमबहादुर कोइरालाले प्रतियोगिता खेलाउने संघले उल्लेख गरेको छ । यस प्रतियोगिताका लागि फिफ्टिन्स रग्बी क्लबले गत एक महिनादेखि नै बन्द प्रशिक्षण गरिरहेको संघका महासचिव घिमिरेले जानकारी दिए । संघले अघिल्लो वर्षदेखि यस प्रतियोगिताको ट्रफीलाई रनिङ शिल्डको रूपमा सञ्चालन गरेको थियो । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको   छ । गत वर्षको विजेता गोर्खाली रग्बी क्लब हो । सहभागी चारै क्लबलाई तयारी तथा प्रतियोगितामा बिमा र स्वास्थ्य व्यवस्थापनसहित तीन लाख बराबरको रकम प्रदान गरिएको संघले जनाएको छ ।
खेलाडीहरूको लागि तीन लाख बराबरको खेल दुर्घटना बिमा पनि गरिएको संघले जनाएको छ । प्रतियोगिताको विजेताले दुई लाख २२ हजार दुई सय २२ रुपैयाँसहित रनिङ सिल्ड पाउनेछ । उपविजेताले भने एक लाख ११ हजार एक सय ११ रुपैयाँसहित पदक प्राप्त गर्ने संघले जनाएको छ । यस प्रतियोगिताको उत्कृष्ट खेलाडीले १५,००० नगदसहित ट्रफी पाउनेछ । म्यान अफ दी म्याचले ट्रफी पाउनेछ । यस प्रतियोगिताबाट राष्ट्रिय टोलीका खेलाडी छनोट गरिने भएको छ । आगामी वर्षको वैशाख २० देखि २२ गतेसम्म नेपालमै हुने नेपाल बंगलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिजको लागि नेपाली टोलीको तयारी गरिने संघले जनाएको छ ।

Related

Previous Post

शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते हुने

Next Post

नयाँ वर्ष २०८२ को अवसरमा गरिमा विकास बैंकका ग्राहकहरुलाई दराजबाट सामान किन्दा १५% सम्म छुट

Sambridinews

Sambridinews

Related Posts

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित
TOP STORIES

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल
FEATURED

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको (NLG) २०औँ वार्षिक साधारण सभा
TOP STORIES

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको (NLG) २०औँ वार्षिक साधारण सभा

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
आजदेखि डिजेल, मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो
FEATURED

पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य घट्याे

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभा सम्पन्न

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
Next Post
नयाँ वर्ष २०८२ को अवसरमा गरिमा विकास बैंकका ग्राहकहरुलाई दराजबाट सामान किन्दा १५% सम्म छुट

नयाँ वर्ष २०८२ को अवसरमा गरिमा विकास बैंकका ग्राहकहरुलाई दराजबाट सामान किन्दा १५% सम्म छुट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एमाले अध्यक्ष खड्ग ओली सहितको टोली काम्बोडिया प्रस्थान

एमाले अध्यक्ष खड्गप्रसाद ओली आज स्वदेश फर्कदै

सोमवार, साउन ८, २०८०
प्रधानमन्त्री प्रचण्ड जम्बो टोलीका साथ भारत भ्रमणमा

राजनीतिक उद्देश्यका निम्ति मन्त्रीहरूको राजीनामा माग्ने संस्कृति नराम्रो : प्रधानमन्त्री प्रचण्ड

शुक्रबार, साउन १२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
FEATURED

नेपाली कांग्रेसकाे मान्यता गगन पक्षलाइ

शुक्रबार, माघ ३, २०८२
हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित
TOP STORIES

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

शुक्रबार, माघ ३, २०८२
एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल
FEATURED

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल

शुक्रबार, माघ ३, २०८२
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको (NLG) २०औँ वार्षिक साधारण सभा
TOP STORIES

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको (NLG) २०औँ वार्षिक साधारण सभा

शुक्रबार, माघ ३, २०८२
आजदेखि डिजेल, मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो
FEATURED

पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य घट्याे

शुक्रबार, माघ ३, २०८२
नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभा सम्पन्न

शुक्रबार, माघ ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In