Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, April 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

संविधान दिवस : निराशा चिर्न नसकेको संविधान

Sambridinews by Sambridinews
बिहिबार, अशोज ३, २०८१
in विचार
0
संविधान दिवस : निराशा चिर्न नसकेको संविधान
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • खगेन्द्र फुयाँल

काठमाडौं । आज नवौं संविधान दिवस । संविधान दिवसका अवसरमा सरकारले देशभरी सार्वजनिक बिदाको व्यवस्था गरेको छ । यस सुखद् दिनलाई सरकारले असोज २, ३ र ४ देशभरी विभिन्न कार्यक्रम आयोजना गरी मनाउदै छ ।

सुरक्षा निकायका विभिन्न टुकुडीहरुले काठमाडौंको टुडिखेलमा कवाज खेल्नेछन् भने मञ्चमा आसिन उच्चपदस्त व्यक्ति तथा कर्मचारीहरुले त्यसको अवलोकन गर्ने छन् ।

You might also like

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

जिल्लाहरुमा सम्भवत् विहानीपख कार्यालय प्रमुखहरु एक ठाउमा भेला हुनेछन् । कार्यालय वरपर रहेको फोहोरमैला सफा गरेको फोटो खिच्नेछन् र भोलीपल्ट भत्ता बुझ्ने छन् । र, विगतका वर्षहरुमा जस्तै यसवर्षपनि संविधान दिवस धुमधामका साथ सम्पन्न भएको प्रतिवेदन तयार हुनेछ ।

लामो रस्साकस्सीका बीच दोस्रो संविधान सभा मार्फत विसं २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भयो । त्यसै अनुसार सरकारले प्रत्यक वर्ष असोज ३ गतेका दिन संविधान दिवसका रुपमा विविध कार्यक्रम गरी मनाउने गर्दछ ।

नेपालको इतिहासमा हालसम्म सातवटा संविधान जारी भएका छन् । त्यसमध्ये नेपालको पहिलो संविधान, नेपाल सरकार बैधानिक कानुन, २००४ जारी भएपनि लागू भएन । अन्य छ वटा संविधान विभिन्न कालखण्डमा लागू भए । २०७२ साल यता देशमा नयाँ संविधान विद्यमान छ । अरु संविधानको तुलनामा यसको निर्माण पृष्ठभूमि र विशेषता अनेक छन् ।

दशवर्षे माओवादी शसस्त्र संघर्षको जगमा ०६२÷६३ सालको ऐतिहासिक जनआन्दोलनको तागतले यो संविधान निमार्ण भएको हो । यो संविधान, संविधान सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सहमतिमा निर्माण गएिको देशको मूल कानुनी दस्तावेज हो ।

यो संविधानले सामन्तवादको प्रतिकका रुपमा वर्षाैदेखि वंशका आधारमा शासण गर्दै आएको राजतन्त्र अन्त्य गरी निर्वाचन मार्फत जनताकै प्रतिनिधि राष्ट्र प्रमुख र कार्यकारी प्रमुख रहने व्यवस्था गरेको छ । यसले जनताको मानव अधिकार सुनिश्चित गर्न र मौलिक हक अधिकार प्राप्तिका लागि आवश्यक ऐन कानुन निमार्ण गर्न र सरकारलाई जनताप्रति उत्तरदायी गर्न प्रतिनिधि सभा र राष्ट्रिय सभाको व्यवस्था गरेको छ ।

नेपाललाई संघीय लोकतान्त्रीक गणतन्त्र मार्फत केन्द्र, प्रदेश र स्थानीय तह गरी तीनवटा शासकीय स्वरुपमा देशको शासन सञ्चालन गर्ने व्यवस्था संविधानले गरेको छ । महिला, दलित, जनजाति, मधेशी, अल्पसंख्यक वर्ग, लिङ्ग र सिमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्न साथै, राज्यक निकायमा समानुपाति सहभागिताका लागि आरक्षणको व्यवस्था समेत यो संविधानले गरेको छ ।
युगान्तकारी तथा विश्वमै प्रगतिशिल भनिएको नेपालको संविधान जारी भएको नौ वर्ष वितिसक्दा पनि देशले भने अझै विकासको गति लिन सकेको छैन । जनताका दुःख र निराशा असिमित छन् ।

राजनीतिक स्थायीत्वको छेकछन्द छैन । राजनीतिक वृत्तमा सत्ता भोग र सुख सुविधाका लागि दलहरुबीचमा आलोपालोको सहमती, अविश्वास र धोकाधडीले संसद गुञ्जयमान छ । सरकारपक्ष र प्रतिपक्ष दलबीच घोचपेच र अनआवश्यक विषयले संसद बन्धक जस्तै बन्ने गरेको छ ।
सत्ता स्वार्थका लागि बद्लिरहने गठबन्धनले संघीयताको दोहोलो काढेको छ । सत्ता टिकाउनकै लागि विवादित व्यक्तिले मन्त्री तथा राज्यका अन्य निकायमा नियुक्ति पाएका छन् । प्रदेशहरुमा सरकारले पूर्णता नपाउदै सरकार फेरीने थितिले प्रदेश संरचनाप्रति जनताको विश्वास घट्दो छ । संविधानले व्यवस्था गरेको अधिकार समेत संघीय सरकारले नदिदा प्रदेश सरकार आफै पीडित छ ।

सदियौँदेखि नेपाली जनताका दुःख उही पुरानै छन् । श्रमिक मजदुरलाई दुई छाक टार्नु र एक आङ छोप्नु नै ठुलो कुरा छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य अझैपनि सर्वसाधारणको पहँुच भन्दा बाहिरको विषय भएको छ । उनिहरुलाई गणतन्त्रले खास्सै छुन सकेको छैन । पैसा र पहुँचवालाका लागि त यहा सबै चिज विराजमान छ । तर, सर्वसाधारणका लागि छ त केवल, सरकारको निर्देशन र आवश्वास मात्र ।

यीनै समस्याकाबीचमा सरकारले जनतालाई राष्ट्रिय परिचय पत्रको बोझ थपिदिएको छ । बुढेसकालको पेन्सन, वृद्धा भत्ता र अंशबन्डा लगायतका अत्यावश्यक सेवाका लागि परिचयपत्र अनिर्वाय गरिएको छ । परिचयपत्र आवेदनको प्रहिलो चरण नै सर्वसाधारणको पहुँच बाहिर बनाएर व्यापारका नाममा खुल्लमखुल्ला चर्को शु्ल्क असुली धन्दा जारी छ ।
सरकारी कार्यालयहरुबाट विचौलियाको विगविगि र घुस नदिइ सेवा पाइयो भने अचम्म मान्नुपर्ने अवस्था छ । संविधानले ग्यारेन्टि गरेको जनताको मौलिक हक पाउन अदालतको आदेश या त प्रधानमन्त्रीको निर्देशन चाहिने अवस्थामा देश पुगेको छ ।

स्थानीय तहमा भ्रष्टचारका चाङ बढिरहेको छ । सरकारी विकास निर्माण तथा योजनाहरु आवश्यक्ता कम, नेता र विचौलियाको स्वार्थका लागि हुन थालेका छन् । दण्डहीनता राजनीतिक संरक्षणमा निरन्तर जारी छ ।

यसरी देश र जनतलाई नै अपमान हुनेगरी विकास हुदैगरेको भ्रष्टाचार, कुशासन, अराजकता, राजनीतिक अस्थिरता, सामाजिक, आर्थिक, राजनीतिक विकृती अन्त्यका लागि संविधानमा रहेका कमि कमजोरीका बारेमा सोच्ने बेला भएको छ । गतिशिल परिवेशमा परिणाम दिन नसकेको संविधानका छिद्र पहिचान गर्ने बेला भएको छ ।
पूर्व प्रधानमन्त्री प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएर कांग्रेससंग गठबन्धन गरी प्रधानमन्त्री बनेका एमाले अध्यक्ष खड्ग प्रसाद ओलीले विश्वासको मत लिने क्रममा सरकारको स्थायीत्व र सामाजिक वेथिति अन्त्यका लागि संविधान संशोधन सहित नयाँ सरकार बनेको संसदमा उद्घोष गरे ।

एमाले–कांग्रेस गठबन्धनको सरकारले उठाएको संविधान संशोधनको विषयलाई सबै दलले गम्भीरताका साथ लिनुपर्छ । संविधान सभामार्फत जारी गरिएको यो संविधान दलहरुबीचको सहमती मै जारी गरिएको संविधान हो । त्यसैले यस विषयमा दलहरुले साना ठुला दल दलको घमण्ड नगरी जनतालई निराशाबाट मुक्त गर्नैपर्छ । नेपाली जनताको समृद्धि र देशको समग्र विकासका लागि संविधानमा रहेका कमी कमजोरी पहिचान गरी समाधान गर्न सबै दल एकजुट हुनुपर्ने बेला आएको छ ।

संविधानले नेपाललाई लोकतन्त्रीक गणतन्त्रात्मक व्यवस्थाका रुपमा व्याख्या गरेको भएपनि व्यवहारमा जनताले त्यो अनुभूती गर्न पाएका छैनन् । जनताबाट चुनिएका प्रतिनिधिको रवाफ र विकास निर्माण तथा वजेट विनियोजनमा देखिएको पक्षपातिले जनतालाई यो व्यवस्थाप्रति शंका उब्जाएका हो ।
नेपालको वर्तमान आर्थिक तरलताको अवस्थालाई नजरअन्दाज गरिनुहुदैन । वैदेशीक व्यापार घाटा, युवा विदेश पलायन र सरकारको ऋणात्मक आयव्याय जस्ता विषयलाई गम्भीरताका साथ अध्ययन गरी समस्याको समाधान खोज्नुपर्छ ।

अधिकार विनाको प्रदेश सरकार आवश्यक छ कि छैन, ? स्थानीय तहको संख्या के कति आवश्यक हो ? नेपालको भूगोल र जनसंख्याका आधारमा संघ र प्रदेश सांसद कति चाहिन्छ ? यी र यस्ता विषयम छफफल गरी जनताको भावनालाई समेत सम्मान हुनेगरी आवश्यक निर्णय लिनुपर्छ ।
विकृत राजनीति सुधारका लागि चुनावी पद्धती बारेमा विज्ञसहित छलफल गरी एउटा निश्कर्षमा पुग्नैपर्छ । जनताको संमृद्धि र सरकारको स्थायीत्वका लागि कार्यकारी प्रमुख सहितको व्यवस्थामा जाने कि हालको व्यवस्थालाई नै सुधार गर्ने भन्ने विषयमा गम्भीर विचार विमर्श गर्ने बेला भएको छ ।

एक भन्दा धेरै दलहरु मिलेर बन्ने सरकारलाई दिएको विश्वासको मत निश्चित समससम्म फिर्ता लिन नपाउने हदम्याद राख्ने पो हो कि । दलहरु केवल सत्ताका लागि मात्र राष्ट्रवादी बन्ने, घोचपेप, बादविवाद गर्ने, गठबन्धन गर्ने तर देश र जनताका तमाम समस्यलाई वेवास्ता गर्दै अघि बढ्ने हो भने देश युगौं पछि पर्ने निश्चित छ ।

Related

Previous Post

नबिल बैंकका ग्राहकलाई ¥याडिसन होटलमा २० प्रतिशतसम्म छुट

Next Post

एनआइएमबि एस क्यापिटलको पहिलो ‘इन्भेस्टर्स सर्कल’ सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

by Sambridinews
आइतवार, माघ १९, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
राजनीति

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

by Sambridinews
शनिबार, माघ ४, २०८२
हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग
विचार

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

by Sambridinews
मङ्लबार, पुस ८, २०८२
जोसे अल्बर्टोबाट नेपालका कम्युनिस्टहरुले सिक्नुपर्छ
विचार

जोसे अल्बर्टोबाट नेपालका कम्युनिस्टहरुले सिक्नुपर्छ

by Sambridinews
शनिबार, मंसिर २१, २०८२
Next Post
एनआइएमबि एस क्यापिटलको पहिलो ‘इन्भेस्टर्स सर्कल’ सम्पन्न

एनआइएमबि एस क्यापिटलको पहिलो ‘इन्भेस्टर्स सर्कल’ सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नयाँ सत्ता समीकरणले मुलुकलाई सही दिशामा लैजान थालेको नेकपा एमालेको निष्कर्ष

नयाँ सत्ता समीकरणले मुलुकलाई सही दिशामा लैजान थालेको नेकपा एमालेको निष्कर्ष

सोमवार, बैशाख ३, २०८१
गहुँको सरकारी मूल्य प्रतिकेजी ३३.५१ रुपैयाँ

गहुँको सरकारी मूल्य प्रतिकेजी ३३.५१ रुपैयाँ

शुक्रबार, फाल्गुन १२, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३
खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त
TOP STORIES

खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In