Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, April 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

खोलाको पनि त अधिकार हुन्छ !

Sambridinews by Sambridinews
मङ्लबार, असार २५, २०८१
in विचार
0
खोलाको पनि त अधिकार हुन्छ !
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • फणीन्द्र फुयाल ज्वाला


यतिबेला मध्ये बर्खायाम छ । ठूला नदीको कुरा छाडौँ । हिउँदमा कमिलाले समेत चुनौती दिने खहरेहरुले पनि मानिस र उसले निर्माण गरेका भौतिक संरचनाहरुलाई अहिले चेतावनी मात्र दिइरहेका छैनन्, कतिपय ठाउँमा ध्वस्त बनाएका छन् ।

खहरे, खोल्सा र खोलाहरुमा यतिबेला बाडीको उग्ररुप देख्न सकिन्छ । देशका धेरै स्थानमा खेलाले मानव बस्तीहरु डुबाएका छन्, घरहरु भत्काएका छन, जमिन कटान गरेका छन्, अन्न–बाली लगाइएका बारी, खेत, गरा, सुर्का र फगटाहरुमा बिगार गरेका छन् ।
आखिर खोला निरिह हुँदा हामीले गरेको आक्रमणको परिणाम हो यो । खोला बस्तीमा पसेको हो कि बस्ती खोलमा बसेको हो ? यो प्रश्न यतिबेला बहशको विषय बनिरहेको छ ।
बशेषतः देशको राजधानी काठमाडौं लगायत देशका केही प्रमुख सहरका खोला छेउछाउ, र सार्वजनिक जमिनमा केही व्यक्तिहरु वर्षौँदेखि सुकुम्बासीका नाममा पहिला टेण्ट हालेर र पछि त्यही स्थानमा कंक्रिटका घर बनाएर बसिरहेका छन् ।

You might also like

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

केहीले त खोलाको धार परिवर्तन गरेरसमेत सो स्थानमा आफू सुकुम्बासी भएको र आफ्नो अन्त कहिँ जमिन नभएको भन्दै उक्त स्थानमा कब्जा जमाएर बसिरहेका छन् । काठमाडौंको बागमती नदी किनारमा सिनामङ्गल, थापाथली, शङ्खमूल तथा पशुपतिनाथ मन्दिर आसपासमा सुकुमवासीको बाक्लो बस्ती रहेको छ ।
कागेश्वरी मनोहरा, धोबीखोला, जडीबुटी मनोहरा खोलासहित अन्यत्र पनि सुकुमवासीका नाममा बस्ती अतिव्रmमण गरिएको छ । तथ्याङ्क अनुसार काठमाडौँ उपत्यकामा सुकुमवासी परिवारको संख्या तीन हजार ४९६ छ । उपत्यकामा मात्रै २७ स्थानमा यस्ता सुकुम्वासी बस्ती बसेका छन् ।

जव वर्षाको समय अनि निर्वाचनको समय सुरु हुन्छ तव सुकुम्बासीका नाममा केही हुकुम्बासीहरु सल्बलाउन थाल्छन् । चुनावको बेलामा त सुकुम्बासीहरुलाई केही राजनीतिक दलका नेताहरुले ‘भोट बैंक’का रुपमा प्रयोग गर्दै आएका छन् । यसैगरी वर्षाको समयमा धेरै मानवीय क्षती र मानिसहरु पिडित हुने भनेकै खोलाको छेउछाउमा झुपडी बनाएर बस्ने नागरिक हुन् ।

जसरी मानिसले आफ्नो अधिकार खोज्छ, दविएर, पेलिएर, हेपिएर, शोसित भएर, स्वाभिमान गुमाएर कोही मानिस बाँच्न र बस्न सक्दैन÷चाहँदैन । त्यसैगरी प्रकृति पनि कसैको अधिनमा रहँदैन । कसैले प्रकृतिलाई रोक्न खोज्नु भनेको हत्केलाले सूर्यलाई छेक्न खोज्नु जस्तै हो । त्यसैले वर्षाको समयमा बाढीले सुकुम्बासी बस्तीमा वर्षेनी क्षती प¥याउँदै आएको छ । भनिन्छ, १२ वर्षमा खोलो पनि फर्किन्छ ।

यसको मतलव के हो भने खोलाले धार परिवर्तन गर्छ । तर समय लाग्न सक्छ । कसैले खोलाको जमिन मिचेर घरखेत आदि निर्माण गरेको छ भने उसले उब्गाह जानेगरी वर्षा भएका बखत आफ्नो पूर्वधार पक्रन्छ र बस्ती नै सिनित्तै पारेर उठिबास बनाइदिन्छ ।
विसं २०४४ मा तत्कालीन प्रधानमन्त्री मरीचमानसिंह श्रेष्ठले उपत्यकाका नदी किनार अतिव्रmमण हुन नदिन ‘ग्रिन बेल्ट’ कायम गर्ने नीति ल्याउन खोजेका थिए । तर राजनीतिक परिवर्तनपछि यो कार्य रोकिएको थियो । उतिबेलै यो नीतिले निरन्तरता पाई कार्यान्वयन भएको भए अहिले देखिएको जस्तो अतिव्रmमण पक्कै हुने थिएन । बाढिका कारण मानिसहरुले ज्यान गुमाउनु पर्ने थिएन ।

सुकुमवासीको संख्या यकिन गर्न तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने गरी दीर्घकालीन उपाय खोजी गर्न अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले २०७८ सालमा कार्यदल गठन गरेको थियो । कार्यदलले संख्या यकिन गर्नुका साथै व्यवस्थित बसोबासका लागि सबै सुकुम्वासीलाई काठमाडौंको इचङ्गुनारायणमा सार्न प्रस्तावसमेत गरेको थियो ।

सोही अनुरुप पहिलो चरणमा सामूहिक आवासगृहसमेत निर्माण गरेर स्थानान्तरण प्रव्रिmया अगाडि बढाइए पनि बसिरहेको स्थान छाडेर जान नमानेपछि सुकुम्बासी समस्या उस्तै छ । अहिले उक्त आवास गृहमा प्रहरी चौकीलगायत केही गैरसुकुम्बासीहरु बसिरहेका छन् ।
बलेन्द्र साह काठमाडौं महानगरको मेयर चिर्वाचित भएर आएपछि सुकुम्बासी बस्तीमा डोजर चलाएर उनीहरुको उठिबास लगाउनसमेत खोजेका थिए । तर उनीहरुको बैकल्पिक व्यवस्थाबिना हटाउन नपाइने भन्दै बिभिन्न राजनीतिक दल, सरोकारवाल निकाय आदिले बिरोध गर्दा सुकुम्बासीहरुलाई खोला किनारबाट हटाउन सकिएको छैन ।

डा.बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला काठमाडौंको थापाथली क्षेत्रको बागमती किनारमा अवस्थित सुकुम्बासी बस्तीमा डोजर चलाएका थिए । तर बिभिन्न संघ संस्थाको अवरोध र असहयोगका कारण उनको कार्यले सफलता हासिल गर्न सकेन । सरकारद्वारा गठित भूमि समस्या समाधान आयोगले १० वर्षदेखि सरकारी जग्गा अतिक्रमण गरेर बसेकाहरुलाई सुकुम्वासी, भूमिहीन तथा अव्यवस्थित बसोबास गरी तीन किसिममा वर्गीकरण गरेर प्रव्रिmयागत रुपमा लालपुर्जा वितरण गर्ने नीति अख्तियार गरेको छ ।

सुकुमवासीलाई व्यवस्थित रुपमा जग्गा उपलब्ध गराउन सरकारले २०१३ सालदेखि नै प्रयास गर्दै आएको हो । सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने नाममा पुनर्बास कम्पनी र वन क्षेत्र सुदृढीकरण उच्चस्तरीय आयोगसमेत गठन भए ।

विसं २०४६ देखि २०७० सम्ममा १२ वटा सुकुम्वासी समस्या समाधान आयोग गठन भए तर पनि उनीहरुका समस्या हल हुन सकेन्न । सुकुम्बासीका नाममा ‘मानवीयताको राजनीति’ गर्नेहरुले यसको दीर्घकालीन समाधान नै नचाहनुले हरेक वर्षायाममा खोला किनारमा बसोबास गर्दै आएका सुकुम्बासी नागरिक पिडित बन्दै आएका छन् । उपत्यकामा मूलतः विसं २०५० पछि तीव्र गतिमा नदीनाला मिचेर बस्ती विस्तार हुन थालेपछि बर्सैपिच्छे डुबानको समस्या बढिरहेको पाइन्छ ।

Related

Previous Post

राष्ट्र निर्माणमा युवाको भूमिका बिशेयक सेमिनार असार २७ गते देखि

Next Post

विश्व प्रख्यात लुब्रिकेन्ट ब्रान्ड भिडोलको नेपालमै उत्पादन शुरु

Sambridinews

Sambridinews

Related Posts

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

by Sambridinews
आइतवार, माघ १९, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
राजनीति

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

by Sambridinews
शनिबार, माघ ४, २०८२
हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग
विचार

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

by Sambridinews
मङ्लबार, पुस ८, २०८२
जोसे अल्बर्टोबाट नेपालका कम्युनिस्टहरुले सिक्नुपर्छ
विचार

जोसे अल्बर्टोबाट नेपालका कम्युनिस्टहरुले सिक्नुपर्छ

by Sambridinews
शनिबार, मंसिर २१, २०८२
Next Post
विश्व प्रख्यात लुब्रिकेन्ट ब्रान्ड भिडोलको नेपालमै उत्पादन शुरु

विश्व प्रख्यात लुब्रिकेन्ट ब्रान्ड भिडोलको नेपालमै उत्पादन शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

गभर्नर पौडेलको सम्पत्ति सार्वजनिक, कति छ त कुल सम्पत्ति ?

गभर्नर पौडेलको सम्पत्ति सार्वजनिक, कति छ त कुल सम्पत्ति ?

बुधबार, असार ११, २०८२
प्रतिनिधि सभा विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्योः अध्यक्ष ओली

प्रतिनिधि सभा विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्योः अध्यक्ष ओली

मङ्लबार, साउन ३०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३
खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त
TOP STORIES

खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In