Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सहकारी प्रकरणमा सत्ता रोज्ने कि जनताको न्याय ?

Sambridinews by Sambridinews
बुधबार, जेष्ठ ९, २०८१
in विचार
0
सहकारी प्रकरणमा सत्ता रोज्ने कि जनताको न्याय ?
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • खगेन्द्र फुयाँल

सहकारी संस्थामा बचत गरिएको रकम हिनामिना तथा अपचलन भएको विषयमा छानबिनका लागि समिति गठन गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका बिचमा शनिबार सहमति भएकोे छ । शनिबार अबेर छानबिन समिति बनाउन सहमति जुटेपनि समितिको क्षेत्राधिकार समस्याग्रस्त सहकारी र उक्त विषयमा जोडिएको भनिएका गृहमन्त्रीको नाम राख्न सहमति नजुट्दा नेपाली कांग्रेसले सदनमा अवरोध जारी राखेको छ ।

सोमबार संसदको कार्यसूचिमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यक्रम तय गरिएको थियो । यसैबिच नेपाली कांग्रेसको अवरोधकाबिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथोपल्ट विश्वासको मत पाएका छन् ।

You might also like

जनताको आवज नै सरकारको मार्गदर्शन

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदमा बजेट अधिवेशनका बैठक अवरुद्ध गरेपछि मुख्यगरी सत्तापक्ष दल नेकपा एमाले आफ्नो अडानकाबिच समिति गठन गर्न सहमत भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेसले माग गरेको छानबिन समिति गठन गर्न यसअघि नै सकारात्मक थिए भन्ने चर्चा छ ।
सत्ता गठबन्धन फेरिएसँगै प्रतिपक्षको कित्तामा पुगेको नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पाटिका सभापति रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको समाचार प्रकाशन भएसँगै उक्त विषयलाई चर्को गर्दै सदन अवरुद्ध गर्दै आएको छ । बजेट अधिवेशन अवरुद्धसंगै अप्ठ्यारोपमा परेको सरकारलाई छानबिन समिति गठनसँगै कांग्रेसले सदन अवरुद्ध नगर्ने आशा थियो ।

०७९ पुस मा नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको केही हप्तामा नेपाली कांग्रेस सत्तामा प्रवेश गरेपछि प्रतिपक्षमा पुगेको नेकपा एमालेले विभिन्न प्रकरणमा जोडिएका सरकारका मन्त्रीको राजीनामा माग गर्दै सदनमा आवाज उठाउदै आएको थियो ।
ऐले प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले विगतको त्यही नजिर प्रयोग गर्दै सदन अवरुद्ध गर्ने रणनीति अंगिकारगर्दै सहकारी प्रकरणमा जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै आएको छ ।

२०७९ को संसदीय निर्वाचनमा कुनैपनि दलले आफ्नै सामथ्र्यमा सरकार बनाउन सक्ने बहुमत प्राप्त गर्न सकेनन । सरकार गठन गर्न कुनैपनि दलको बहुमत नपुग्ने आजको दिनमा सरकारको नेतृत्व गर्न दुईभन्दा बढि दलसँग सहकार्य गर्नुपर्ने बाध्यता छ । यही कमजोरीलाई लिएर राजनीतिक दलहरुले सत्ताका लागि भरमार आफ्नो स्वार्थ अनुकुल गर्दै आएका छन् । नेपाली कांग्रेसले यो समिति गठन गर्न माग गर्नुको उदेश्य पनि सत्ता नै हो भन्ने कुरा जनताले राम्रैसँग बुझेछन् ।

आज भन्दा दुईतीन वर्षअघि देखि नै सहकारी ठगीका आवाज पीडितले उठाउदै आएका हुन । सहकारीमा बचत भएको रकम हिनामिनामा देशभरीबाट लाखौ जनता ठगिएको प्रारम्भीक अध्ययन प्रतिवेदनले भनिसकेका छन् । सहकारी ठगी प्रकरण लगायत सामाजिक न्यायका आवाज वर्षौदेखि उठिरहेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पछिका दिनमा माओवादी, एमाले, नेपाली कांग्रेस सत्तामा विराजमान छन् । तरपनि, अझै धेरै घटनामा वास्तविक पीडितले न्यायको अनुभूती गर्न पाएको छैनन् ।

बिचौलिया दलालहरुलाई नेताको चोटाकोठासम्म खुल्ला हुँदा पीडित नागरिकलाई राज्यका निकायमा सहज पहुँच छैन । भुइमान्छेको न्यायका पक्षमा बोलिदिने कुनै दल छैनन । छन् त केवल गरिवका मुद्दा भजाएर सत्ताको तर मार्न पल्किएका स्वघोषित प्रजातान्त्रिक तथा कम्युनिस्ट राजनीतिक दलहरु ।

विगतमा बनेका छानबिन समितिहरुले पीडितलाई न्याय दिन नसकेपनि अब बन्ने समितिले स्वार्थ भन्दा माथि उक्लिएर पीडितलाई न्याय दिनुपर्छ । दुईचार पाथी धान मकै बेचेर सहकारीमा जम्मा गरेको पैसा हिनामिनामा संलग्न जोकोहीलाई कानुनी कठ्घरामा उभ्याउनुपर्छ ।

यो समिति गठनसँगै गरिवलाई न्याय दिने अवसर एकपट फेरीपनि प्रमुख राजनीतिक दलहरुलाई प्राप्त भएको छ । दोषी चाहे माओवादी, एमाले, कांग्रेस वा रास्वपा वा अन्य पाटिका नेता कार्यकर्ता किन नुहुन, यो महान् अवसर प्रयोग गर्दै पाटि शुद्धीकरण गर्न आवश्यक छ । जनताको दलप्रति बढ्दै गएको अविश्वासको दुरी घटाउनुपर्छ । जनतालाई सर्वोपरि मानेर पीडितलाई न्याय दिनैपर्छ ।

Related

Previous Post

न्युटन एसईई कप बास्केटबल शनिबारदेखि

Next Post

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर

Sambridinews

Sambridinews

Related Posts

जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

by Sambridinews
शनिबार, असार २७, २०८३
अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

by Sambridinews
आइतवार, माघ १९, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
राजनीति

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

by Sambridinews
शनिबार, माघ ४, २०८२
हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग
विचार

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

by Sambridinews
मङ्लबार, पुस ८, २०८२
Next Post
रूस र युक्रेन बिचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न सरकारलाई अग्रह

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

केन्द्रीय सदस्य केशव स्थापितले एमालेबाट लिए बिदा 

केन्द्रीय सदस्य केशव स्थापितले एमालेबाट लिए बिदा 

मङ्लबार, साउन ३०, २०८०
अन्तर्राष्ट्रिय नारी दिवस : महिलालाई न्याय, अन्तरक्रियामै सिमित

अन्तर्राष्ट्रिय नारी दिवस : महिलालाई न्याय, अन्तरक्रियामै सिमित

बुधबार, फाल्गुन २४, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In