Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, May 10, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

शिद्ध गुफामा विश्व कीर्तिमानी गीतकार डा.उपाध्यायको उपन्यास ‘मझधार’को लोकार्पण

Sambridinews by Sambridinews
मङ्लबार, फाल्गुन ८, २०८०
in TOP STORIES, समाचार, साहित्य / ब्लग
0
शिद्ध गुफामा विश्व कीर्तिमानी गीतकार डा.उपाध्यायको उपन्यास ‘मझधार’को लोकार्पण
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

युनिप नेपालद्वारा सामाजिक कोष स्थापना

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच ऐतिहासिक सम्झौता: एआई र साइबर सुरक्षा शिक्षामा नयाँ आयाम

तनहुँ । तनहुँ जिल्लाको विमलनगरमा अवस्थित शिद्ध गुफामा विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको उपन्यास ‘मझधार’ लोकार्पण गरिएको छ । सोमबार एक कार्यक्रमबीच कीर्तिमानी लेखक तथा उपन्यसाकार डा. उपाध्याय, कीर्तिमानी गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’, गायिका काव्य आचार्य उपन्यासका सम्पादक कृष्ण भुसाल, निर्देशक सुभाष प्रधान, युथ क्रियशनका अध्यक्ष रमेश थापा, यमबहादुर थापा लगायतको आतिथ्यतामा उक्त कृति लोकार्पण गर्नुभएको थियो । नेपालकै ठूलो भनिएको यो गुफा ४३७ मिटर लामो र ५० मिटर उचाइमा छ । यो एसियाको दोस्रो ठूलो गुफासमेत हो ।
कार्यक्रममा अतिथिले डा. उपाध्यायलाई नयाँ उपन्यासका लागि बधाई तथा शुभकामना दिएका थिए । उपन्यास शिखा बुक्सले बजारमा ल्याएको हो ।
सो अवसरमा कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायले गुफाभित्रै ‘जीवन जगत’, ‘तिलिचो ताल प्रणयनीरले लबालब’, ‘पवित्रा सिर्जना’ र ‘स्वच्छ हराभरा वातावरण’ जस्ता चार कविता सुनाउनुभएको थियो भने एक गजल ‘मनको चाह’ लेखि तत्काल सुनाउनुभएको थियो । यस्तै उपाध्यायको गीतिएल्बम ‘आवृत’ पनि विमोचन गरिएको थियो ।
गुफाभित्रै कीर्तिमानी डा. उपाध्यायको गीत ‘चादनी चादनी’ गायका सागर अधिकारी ‘शरद’ र गायिका काव्य आचार्यले लाइभ प्रस्तुत गनुभएको थियो ।
यसैगरी डा. उपाध्यायकै गीत ‘राखिरहु आखाँमा हरपल’ यो गुफामा छायांकन गरिएको छ । सुभाष प्रधानको निर्देशन रहेको भिडियोमा रमेश थापा ‘टिकाध्वज’ र मञ्जु खडकाको अभिनय रहेको छ ।
भिडियोलाई विनोद तामाङले छायांकन गर्नुभएको हो । डा. उपाध्यायका अनौठा कार्यलाई यहाँ आउने पर्यटकले रोचक ढंगले हेरिरहेका थिए । काठमाडौंको
चावहिल स्कुलका विद्यार्थीले उक्त कार्यलाई नियालेका थिए । यो गुफामा दैनिक सयौ पयर्टक आउने गर्दछन् ।
पृथ्वी राजमार्गको बिमलनगर भन्ने ठाउँबाट आधा घण्टाको पैदल यात्रा गरेपछी यो गुफा पुग्न सकिन्छ । यो नेपालको मात्र नभई एसियाकै ठूलो गुफा मानिन्छ । पृथ्वी राजमार्गको तनहुँको डुम्रेबाट दुई किलोमिटर पूर्व विमलनगरमा अवस्थित सिद्ध गुफा समुन्द्री सतहबाट ६०० मिटरमाथि विमलनगरको ठीक दक्षिण भागमा पर्छ ।
मानिन्छ यो गुफा मा एक सन्त ‘सिद्ध बाबा’ ले ज्ञान प्राप्त गर्नुभएको थियो । कालो र डरलाग्दो भए पनि यो गुफाको चर्चा देश विदेशमा छ । यहाँ पुग्ने जोसुकैलाई गुफाले दंग बनाउँछ । गुफाको प्रवेशद्वारमा पुग्ने बित्तिकै भित्रबाट आउने चिसो हावाले पैदल यात्राको सबै दुःख भुलाउँछ । विशाल पहाडको काखमा हरियाली वन जंग्लले घेरिएको प्राचीन तपोभूमि जस्तै अनुभव गर्न सकिने यो ठाउँमा पुगेपछि जो कोहीको मन पुलकित हुन्छ ।
वि.सं. २०४४ चैत १३ गते शनिबार अर्थात् सन् १९८८ मार्च २६ मा स्थानीय चन्द्रबहादुर सम्लिङ थापामगर, दुर्गाबहादुर थापामगर, नरबहादुर थापामगर, नारायणबहादुर कुमाल र तात्कालीन नोट्रेडेम उच्च माध्यमिक विद्यालय बन्दीपुरका शिक्षक भारतीय नागरिक वारेन्ट क्वाड्रससमेत पाँच जनाको समूहद्वारा पहिलो पटक यो गुफा पत्ता लागेको थियो ।
जिदी खोला किनारको घनाजंगल क्षेत्रमा रहेको यो गुफाभित्र ढिकी, जाँतो, गाईका थुन, हात्तीको सुँड, शिवलिंग र विभिन्न देवीदेवताका आकृति स्पष्ट देख्न सकिन्छ ।

Related

Previous Post

वीरगन्जमा विवाद समाधान गर्न सर्वदलीय बैठकले पाँचबुँदे समझदारी

Next Post

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका निर्देशकलाई उर्जामन्त्रीको स्पष्टिकरण

Sambridinews

Sambridinews

Related Posts

युनिप नेपालद्वारा सामाजिक कोष स्थापना
TOP STORIES

युनिप नेपालद्वारा सामाजिक कोष स्थापना

by Sambridinews
आइतवार, बैशाख २७, २०८३
महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई
TOP STORIES

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

by Sambridinews
शनिबार, बैशाख २६, २०८३
टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच ऐतिहासिक सम्झौता: एआई र साइबर सुरक्षा शिक्षामा नयाँ आयाम
FEATURED

टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच ऐतिहासिक सम्झौता: एआई र साइबर सुरक्षा शिक्षामा नयाँ आयाम

by Sambridinews
शनिबार, बैशाख २६, २०८३
नेपाल मेडिकल कलेजद्वारा हजयात्रीलाई स्वास्थ्य सामग्री प्रदान
FEATURED

नेपाल मेडिकल कलेजद्वारा हजयात्रीलाई स्वास्थ्य सामग्री प्रदान

by Sambridinews
शनिबार, बैशाख २६, २०८३
शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य
TOP STORIES

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

by Sambridinews
शनिबार, बैशाख २६, २०८३
Next Post
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका निर्देशकलाई उर्जामन्त्रीको स्पष्टिकरण

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका निर्देशकलाई उर्जामन्त्रीको स्पष्टिकरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आर्थिक वर्षको अन्तिम दिन सुनको भाउ घट्याे

आइतवार, असार ३१, २०८०
पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

बुधबार, बैशाख २७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

युनिप नेपालद्वारा सामाजिक कोष स्थापना
TOP STORIES

युनिप नेपालद्वारा सामाजिक कोष स्थापना

आइतवार, बैशाख २७, २०८३
महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई
TOP STORIES

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

शनिबार, बैशाख २६, २०८३
टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच ऐतिहासिक सम्झौता: एआई र साइबर सुरक्षा शिक्षामा नयाँ आयाम
FEATURED

टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच ऐतिहासिक सम्झौता: एआई र साइबर सुरक्षा शिक्षामा नयाँ आयाम

शनिबार, बैशाख २६, २०८३
नेपाल मेडिकल कलेजद्वारा हजयात्रीलाई स्वास्थ्य सामग्री प्रदान
FEATURED

नेपाल मेडिकल कलेजद्वारा हजयात्रीलाई स्वास्थ्य सामग्री प्रदान

शनिबार, बैशाख २६, २०८३
शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य
TOP STORIES

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

शनिबार, बैशाख २६, २०८३
विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने सरकारको निर्णर्य
FEATURED

विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने सरकारको निर्णर्य

शुक्रबार, बैशाख २५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In