Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, January 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सांसद सुनिलकुमार शर्माले कांग्रेसको रुपान्तरणदेखि जनमुखी सरकार सञ्चालनका लागि प्रस्ताव

Sambridinews by Sambridinews
आइतवार, फाल्गुन ६, २०८०
in राजनीति
0
सांसद सुनिलकुमार शर्माले कांग्रेसको रुपान्तरणदेखि जनमुखी सरकार सञ्चालनका लागि प्रस्ताव
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसका सांसद डाक्टर सुनिलकुमार शर्माले कांग्रेसको रुपान्तरणदेखि जनमुखी सरकार सञ्चालनसम्मका महत्वपूर्ण प्रस्तावहरु सार्वजनिक गरेका छन् । फागुन ७ गतेदेखि हुन गइरहेको कांग्रेसको महासमिति बैठकका लागि सांसद शर्माले अप्राकृतिक गठबन्धन सरकारको अन्त्यदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीय पद्दतिका विषयहरु समेट्दै आफ्ना प्रस्तावहरु सार्वजनिक गरेका हुन् ।

अप्राकृतिक गठबन्धन सरकारको अन्त्य, कांग्रेसको नेतृत्वमा सरकार
अप्राकृतिक गठबन्धनको अन्त्य गर्दै नेपाली कांग्रेसको नेतृत्वमा जनमुखी सरकार गठन गर्नुपर्ने सांसद शर्माले बताए । माओवादी केन्द्रको नेतृत्वको सरकारको काम कारवाही प्रभावकारी नभएको भन्दै उनले बर्तमान गठबन्धन सैद्धान्तिक जगमा हेर्दा अप्राकृतिक रहेकोले कांग्रेसले लोकतान्त्रिक शक्तिहरुलाई एकत्रित गरी आफ्नै नेतृत्वमा सरकार गठन गर्नुपर्ने बताए ।

सांसद शर्माले कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक शक्तिहरु सहितको सुशासनमुखी, जनमुखी सरकार गठनका लागि पहल गर्नुपर्ने भन्दै भने,‘कांग्रेस भन्दा भिन्न राजनीतिक, सामाजिक, आर्थिक व्यवस्था पक्षधर माओवादी, एकीकृत समाजवादी र अर्को क्षेत्रीय पार्टी जसपासँग सहकार्य छ । यो गठबन्धन सैद्धान्तिक जगमा हेर्दा अप्राकृतिक भन्दा फरक पर्दैन ।’

उनले आफ्नै पार्टीको नेतृत्वमा रहेको अर्थ मन्त्रालयको भूमिका शुन्य रहेको जिकीर गर्दै उदार अर्थनीति अपनाउने कांग्रेसले अर्थ मन्त्रालय सञ्चालन गरिरहँदा नीजि क्षेत्र आतंकित र ध्वस्त रहेको, लगानीकर्ताको मनोबल गिरेको र सबैतिर आर्थिक सूचकांक कमजोर रहेको जिकीर गरे । ‘यसको एउटा कारण अप्राकृतिक गठबन्धन पनि हो । कुन मन्त्रालय कसले सम्हालेको छ भन्दा संसारले हेर्ने कसको नेतृत्वमा सरकार छ भनेर हेर्ने हो । अहिले माओवादीको नेतृत्वमा सरकार छ । सरकारमा कांग्रेस बसिरहँदा माओवादीको अक्षमताको भारी कांग्रेसले बोक्नुपर्नेछ ।’ सांसद शर्माले भने ।

कांग्रेसमा सदस्यता वितरणदेखि नेतृत्व चयनसम्म बदल्नुपर्ने
यस्तै सांसद शर्माले नेपाली कांग्रेसमा १४ औं महाधिवेशनपछि साझा भावना र सामुहिक नेतृत्वको स्पिरिट कमजोर हुँदै गएकोले पार्टीभित्र नेतृत्वदेखि कार्यकर्ता तहसम्म अपनत्वको भावना कमजोर हुँदै गएको बताए । कांग्रेसलाई रुपान्तरण गर्न सदस्यता वितरणदेखि नेतृत्व चयनसम्म बदल्नुपर्ने भन्दै सांसद शर्माले साधारण सदस्यता वितरण प्रणाली अनलाइन गरिनुपर्ने, क्रियाशिल सदस्यता वितरणमा जमिन्दारीप्रथाको पूर्ण अन्त्यकोलागि साधारण सदस्यता लिएको ६ महिनाभित्र पार्टीले प्रदेशस्तरको पार्टी स्कुल गठन गरी सोहीमार्फत कांग्रेसको सिद्धान्त, आदर्श, नीति तथा आर्थिक सामाजिक रुपान्तरणका एजेण्डा केन्द्रित प्रशिक्षण दिएपछि प्रमाणपत्र दिँदै क्रियाशिल सदस्यता माग गर्नको लागि योग्य हुने व्यवस्था गरिनुपर्ने जनाए ।

दुई पटक भन्दा बढी टिकट नदिने व्यवस्था
यस्तै, उनले पार्टी रुपान्तरणका लागि एउटा व्यक्तिलाई दुई पटकभन्दा बढी संघ, प्रदेश र स्थानीय तह निर्वाचनमा टिकट नदिने व्यवस्था गर्नुपर्ने, स्थानीय, प्रदेश र संघमा उम्मेदवार छान्दा क्रियाशिल सदस्यहरुको दुई तिहाईबाट वा पूर्ण सहमतिका आधारमा उम्मेदवार चयन गर्ने गरि बैधानिक प्रबन्ध गर्नुपर्ने बताएका छन् । पार्टीका सबै तहमा २० प्रतिशत समाजका विभिन्न क्षेत्रका विज्ञ, लब्धप्रतिष्ठित व्यक्तिहरुको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने लगायतका एजेण्डा सांसद शर्माले उठाएका छन् ।

खुल्ला प्रतिष्पर्धाबाट न्यायाधिश नियुक्तिको प्रस्ताव
सांसद शर्माले भ्रष्टाचार नियन्त्रण र सुशासनको सुरुवात गर्न राजनीतिक नियुक्तिहरु बन्द गरी सबै नियुक्तिहरु खुल्ला प्रतिष्पर्धाबाट गर्ने ब्यवस्था गरिनुपर्ने, सबै कामकारवाही ‘क्यासलेस’ गर्नुपर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पूर्व कर्मचारीहरुलाई आयुक्त बनाउन नपाउने व्यवस्था गरिनुपर्ने, न्यायपालिकालाई पार्टीको कार्यकर्ता भर्तीकेन्द्र गर्न बन्द गरिनुपर्ने, न्यायाधिश नियुक्ति खुल्ला प्रतिष्पर्धाबाट गरिनुपर्ने, कार्यपालिकाको काम कारवाही प्रभावकारी बनाउन पेशागत संगठन बन्द गरिनुपर्ने एजेण्डा समेत उठाएका छन् ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री
शासकीय प्रणाली र निर्वाचन प्रणाली तर्फ प्रतिनिधिसभालाई पूर्ण प्रत्यक्ष निर्वाचन प्रणालीमा लैजानुपर्ने सांसद शर्माको धारणा छ । समानुपातिक प्रणालीका कारण संसदभित्रको अभ्यासमा थुप्रै जटिलताहरु देखिएको उनको ठहर छ । राष्ट्रियसभालाई भने सांसद शर्माले पूर्णसमानुपातिक बनाउनुपर्ने भन्दै चुनाव हारेका नेताको व्यवस्थापनको थलो बनाउन नहुने जिकीर गर्दै बरु राट्रिय जीवनमा योगदान गरेका व्यक्तिहरुलाई ल्याउने व्यवस्था गरिनुपर्ने भनेका छन् ।

यसका अलावा उनले शासकीय प्रणाली समेत परिवर्तन गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । नेपालमा अहिले भइरहेको राजनीतिक अस्थिरता, कूशासन र भ्रष्टाचारको कारण शासकीय प्रणाली भएको ठहर गर्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने भनेका छन् । उपराष्ट्रपतिलाई नै राष्ट्रियसभाको अध्यक्षको जिम्मेवारी दिने व्यवस्था गरिए राज्यकोषको खर्च बचत हुने उल्लेख गरेका छन् ।

नेपाली कांग्रेस रुपान्तरणका लागि प्रस्ताव सार्वजनिक गर्दै सांसद शर्माले सुशासनमुखी पार्टी र सरकारका आधार, समयसापेक्ष पार्टीको सांगठनिक ढाँचा, कृषि, पर्यटन, जलविद्युतको विकास, जलश्रोतको बहुपक्षिय उपयोग, खनिजका श्रोतहरुको पहिचान र विकास, शिक्षा र स्वास्थ्य क्षेत्रको आमूल परिवर्तनका विषयहरुलाई समावेश गरेका छन् ।  

हेर्नुहोस् सांसद शर्माले सार्वजनिक गरेको प्रस्ताव

You might also like

रास्वपाबाट बाहिरिए कुलमान

भेनेजुएलामा अमेरिकी हस्तक्षेप अन्तर्राष्ट्रिय कानुन विपरीत : ओली

नेपाली कांग्रेसका २५ केन्द्रीय सदस्यहरूले संवाद र सहमतिबाट समस्या समाधान गर्न नेतृत्वलाई अपिल

Related

Previous Post

सेयर बजारबाट सरकारले माघ महिनामा ९७ करोड २० लाख पूँजीगत लाभकर

Next Post

प्रजातन्त्र दिवशका अवसरमा नेपाल टेलिकमले ल्यायो विशेष अफर

Sambridinews

Sambridinews

Related Posts

नेपाल सन् २०२६ सम्म विद्युतमा आत्मनिर्भर बन्ने कुलमानकाे दाबी
राजनीति

रास्वपाबाट बाहिरिए कुलमान

by Sambridinews
शनिबार, पुस २६, २०८२
प्रधानमन्त्री ओलीद्वारा गाईजात्रा पर्वको शुभकामना
राजनीति

भेनेजुएलामा अमेरिकी हस्तक्षेप अन्तर्राष्ट्रिय कानुन विपरीत : ओली

by Sambridinews
शनिबार, पुस २६, २०८२
कांग्रेसले बागी उम्मेेदवारलाइ ५ बर्ष पाटीबाट निस्कासन गर्ने
राजनीति

नेपाली कांग्रेसका २५ केन्द्रीय सदस्यहरूले संवाद र सहमतिबाट समस्या समाधान गर्न नेतृत्वलाई अपिल

by Sambridinews
शुक्रबार, पुस २५, २०८२
नेकपाले बागलुङ क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ होमनाथ शर्मालाई उम्मेदवार बनाउने निर्णय
TOP STORIES

नेकपाले बागलुङ क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ होमनाथ शर्मालाई उम्मेदवार बनाउने निर्णय

by Sambridinews
बिहिबार, पुस १७, २०८२
कुलमान पनि मिसिए रास्वपामा : पार्टीमा दोस्रो बरियता
FEATURED

कुलमान पनि मिसिए रास्वपामा : पार्टीमा दोस्रो बरियता

by Sambridinews
सोमवार, पुस १४, २०८२
Next Post
प्रजातन्त्र दिवशका अवसरमा नेपाल टेलिकमले ल्यायो विशेष अफर

प्रजातन्त्र दिवशका अवसरमा नेपाल टेलिकमले ल्यायो विशेष अफर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रेस सेन्टर नेपालले १९औं स्थापना दिवसका अवसरमा प्रभातफेरी

प्रेस सेन्टर नेपालले १९औं स्थापना दिवसका अवसरमा प्रभातफेरी

आइतवार, माघ १५, २०७९
कक्षा १२ को परीक्षा आवेदन खुला

२०८१ सालको एसईई परीक्षाको तालिका सार्वजनिक

मङ्लबार, माघ १, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
FEATURED

नेपाली कांग्रेसकाे मान्यता गगन पक्षलाइ

शुक्रबार, माघ ३, २०८२
हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित
TOP STORIES

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

शुक्रबार, माघ ३, २०८२
एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल
FEATURED

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल

शुक्रबार, माघ ३, २०८२
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको (NLG) २०औँ वार्षिक साधारण सभा
TOP STORIES

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको (NLG) २०औँ वार्षिक साधारण सभा

शुक्रबार, माघ ३, २०८२
आजदेखि डिजेल, मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो
FEATURED

पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य घट्याे

शुक्रबार, माघ ३, २०८२
नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभा सम्पन्न

शुक्रबार, माघ ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In