Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, September 14, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अध्यागमनमा कर्मचारीबीच हात हालाहाल : अराजकताको पराकाष्ठा

Sambridinews by Sambridinews
बुधबार, माघ १७, २०८०
in विचार
0
अध्यागमनमा कर्मचारीबीच हात हालाहाल : अराजकताको पराकाष्ठा
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • खगेन्द्र फुयाल

केहीदिन अघि लाजले पनि सर्माउनेगरी प्रहरी कर्मचारी र निजामती कर्मचारीबीेच कुटाकुटको भिडियो सामाजिक सञ्जालमा छरपस्ट भयो । त्रिभुवन विमानस्थल परिसरमा अध्यागमन कार्यालयका निजामती कर्मचारी र प्रहरी कर्मचारीबीच हात हालाहाल भएको भिडियो भाइरल भएपछि उक्त घटना सर्वत्र चर्चा र चासोको विषय बनिरहेको छ ।

भाइरल भएको उक्त भिडियोमा दुई भिन्न क्षेत्रका महत्वपूर्ण जिम्मेवारी वहन गर्ने सरकारी कर्मचारीबीच भएको तनाव उत्कर्षमा पुग्दा एउटा निकायको कर्मचारीको समुहले अर्को निकायको कर्मचारीमाथि कुटपिट गरेको जोकोहीले मज्जाले देख्नसक्छ ।

You might also like

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

जनताको आवज नै सरकारको मार्गदर्शन

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

जनताको सेवा सहित देशहितमा समर्पित निजामती कर्मचारी र देश र जनताको शान्ति सुरक्षा कायमगर्ने कसम खाएर जनताले तिरेको करबाट पारिश्रमिक बुझ्ने दुई भिन्न निकायका सरकारी कर्मचारीबीच कार्यक्षेत्रमा हात हालाहाल भएको घटनाले देशको प्रशासनिक तथा कर्मचारीतन्त्रको अनुशासन यथार्थ प्रतिबिम्बित गरेको छ । पदयीय जिम्मेवारी भुलेर व्यक्तिगत फाईदाकालागि सार्वजनिक सेवा कसरी हावी हुदैछ भन्ने यो घटना अध्ययनको विषय बन्न सक्छ । निष्पक्ष छानबिन गर्ने हो भने यो घटनाको गहिराइमा पक्कैपनि केही तथ्य भेटिन्छ ।

यस घटनाले देशको कानुनी शासनलाई नै चुनौति दिएको छ । एक संवेदनशिल क्षेत्रमा दुई जिम्मेवार निकायका कर्मचारीले देखाएको अवाञ्छित गतिविधिले अराजकताको पराकाष्ट नागेको प्रष्ट छ ।
अघिपछि पनि उक्त क्षेत्रमा प्रहरी र अध्यागमनका कर्मचारीबीच बेलाबेलामा तनाव उत्पन्न भएका समाचार बाहिर नआएका हैनन् । तर, कारबाही भएको कहीकतै सुनिएन ।

भिजिट भिसा र नक्कली श्रम स्वीकृतिमा खाडी मुलुक लगायत यूरोपका विभिन्न देशमा पठाउने क्रममा कर्मचारीबीचमा चलखेल हुनेगरेको समाचार बेलाबखत आइरहन्छ । सुन तस्करी लगायतका विषयमा कमिसनको लहरो अध्यागमनका कर्मचारीदेख प्रहरीका खल्तीसम्म पुग्नेगरेको तथ्य पक्राउ परेकाहरुले वयानका क्रममा दिएका छन् ।

माघ १० गतेदेखि सरकारले भिजिट भिसामा विदेश जानेहरुको लागि नयाँ नियम लागु गरेको छ । यो घटनाले कर्मचारीबीच कतै कमिसन नमिलेर पो उनिहरुबीच विवाद सृजना गरेको होकि भन्ने शंका गर्ने ठाउ पनि थपिदिएको छ ।

उक्त घटनापछि शनिबार अध्यागमनका कर्मचारीले कालोपट्टी बाँधेर कार्यक्षेत्रमा खटिएको जनाइएको छ । त्यस्तै कर्मचारी संगठनहरुले एयरपोर्ट तथा अध्यागमन सुरक्षाको जिम्मा शसस्त्र प्रहरीलाई दिनुपर्ने भन्दै सरकारसँग माग गरेका छन् । नक्कली भिजिट भिसामा कर्मचारीको गडबडी र त्यसपछिको घटनाक्रमले पनि उनिहरुबीचमा तिक्तता बढेको पक्कै छ ।

कर्मचारीप्रति नरम भनिएका प्रधानमन्त्री पुष्पकमल दाहाल तेस्रो कार्यकालका लागि प्रधानमन्त्री भएको माघ १० गते तेह्महिना पुरा भएको छ । जनहित र सुशासनको क्षेत्रमा जनताले अनुभव गर्नेगरी कामगर्न आफु यसपटक प्रधानमन्त्री भएको पटकपटक दोहोर्याउने प्रधानमन्त्री प्रचण्ड कर्मचारीको कार्यशैलीप्रति आफै पनि सन्तुष्ट छैनन ।

जनताको नजरमा सरकारका निकाय भ्रष्टचारका अखडामा रुपान्तरण भएका छन् भन्ने जस्ता भाष्य परिवर्तन गर्न आवश्यक छ । सरकारको आस्वासन जनताले सुन्न छोडेका छन् । यसै सेरोफेरोमा दुई जिम्मेवार निकायका कर्मचारीबीच संवेदनशिल क्षेत्रमा भएको घटनाले सरकारप्रतिको विश्वास झन घटेको छ ।

यो घटनालाई सरकारले गम्भीर चासोका साथ अनुसन्धान नगर्ने हो भने यसले खुल्लमखुल्ला अराजकता मच्चाउने पक्का छ । पदीय दुरुपयोग, कमिशनखोर दलालीमार्फत कानुनी राज्यको धज्जी उडाउनेहरुको मनोबल बढ्ने पक्का छ ।

सरकारप्रति गुमेको जनविस्वास पुनस्थापना गर्न साथै पदीय दुरुपयोगको अन्त्य तथा राजस्व छली लगायतका घटना रोक्न पनि सरकारले यस घटनालाई गम्भीर अध्ययन गरी दोषीमाथि हदैसम्मको कारबाही आवश्यक छ । कानुनले निर्देश गरेको क्षेत्रका आधारमा विधागत जिम्मेवारी तोक्ने र पदीय दुरुपयोग गर्नेमाथि बिना हिचकिच विभागीय कारबाही गर्न सरकारले विलम्ब गर्नुहुदैन ।

Related

Previous Post

कृषि विकास बैंकले ल्यायो एडिविएल ओभरड्राफ्ट कार्ड सुविधा

Next Post

वैदेशिक रोजगारमा रहेकाहरुका लागि सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट

Sambridinews

Sambridinews

Related Posts

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

by Sambridinews
सोमवार, भदौ २९, २०८३
जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

by Sambridinews
शनिबार, असार २७, २०८३
अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

by Sambridinews
आइतवार, माघ १८, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
राजनीति

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

by Sambridinews
शनिबार, माघ ३, २०८२
Next Post
सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट

वैदेशिक रोजगारमा रहेकाहरुका लागि सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मन्त्री छनाैटका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक जारी

राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका सांसद र मन्त्रीसँग मासिक लेबी उठाउने

मङ्लबार, माघ १०, २०७९
आजै सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

गृहमन्त्री नपाएको झोकमा सरकारबाट बाहिरियो रास्वपा ; सम्पादकप्रति रविको तिव्र आक्रोश

सोमवार, माघ २३, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

सोमवार, भदौ २९, २०८३
६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं
Uncategorized

६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं

सोमवार, भदौ २९, २०८३
आशुतोष इनर्जीको नवौँ वार्षिक साधारणसभा सम्पन्न: शेयरधनीलाई १८.९४ प्रतिशत नगद लाभांश स्वीकृत, वित्तीय अवस्था सुदृढ बनाउने प्रतिबद्धता
TOP STORIES

आशुतोष इनर्जीको नवौँ वार्षिक साधारणसभा सम्पन्न: शेयरधनीलाई १८.९४ प्रतिशत नगद लाभांश स्वीकृत, वित्तीय अवस्था सुदृढ बनाउने प्रतिबद्धता

सोमवार, भदौ २९, २०८३
हिलटन हाइड्रो इनर्जीको पाँचौँ साधारण सभा सम्पन्न: २० प्रतिशत नगद लाभांश पारित, जगेडा कोषमा ठूलो वृद्धि
TOP STORIES

हिलटन हाइड्रो इनर्जीको पाँचौँ साधारण सभा सम्पन्न: २० प्रतिशत नगद लाभांश पारित, जगेडा कोषमा ठूलो वृद्धि

सोमवार, भदौ २९, २०८३
सिन्धुली जिल्लाको पछिल्लो मत परिणाम
TOP STORIES

सिन्धुली जिल्ला प्रशासन कार्यालयले दुध तथा दुग्धजन्य पदार्थको मनपरी मूल्य वृद्धि नगर्न चेतावनी

सोमवार, भदौ २९, २०८३
आज सनातन हिन्दु नारीहरुले हरितालिका तीज पर्व मनाउदै
FEATURED

आज हरितालिका तीज : शिव पार्वतीको आराधनासँगै चेलीबेटीको भेटघाट र सांस्कृतिक उत्सव

सोमवार, भदौ २९, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In