काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङलाई प्रश्न गरेकै कारण अशोक लिम्बु एकदिन थुनामा परे । धरान–१५ का उनलाई शुक्रबार नगर प्रहरीले पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाएको थियो । एक दिन हिरासतमा राखेर प्रहरीले उनलाई शनिबार साँझ रिहा गरेको छ ।
तर आफूलाई किन पक्राउ गरियो भन्ने जवाफ उनले पाएका छैनन् । बरु समाजिक सञ्जालमा आफ्नो विषयमा अनर्गल प्रचार भएको थाहा पाए ।
‘म अब न्याय माग्न कहाँ जानुपर्ने हो थाहा छैन’, उनले टेलिफोनमा अनलाइनखबरसँग भने, ‘यस्तो गम्भीर आरोप लगाउनेहरुलाई यत्तिकै छोड्दा भविष्यमा अप्ठ्यारो हुनसक्छ । त्यसैले कसरी न्याय पाउनसक्छु भनेर खोजीमा छु ।’ उनले भनेका छन् ।
उनि १३ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहेका छन् । यो १३ वर्षमा उनि जम्मा २ पटक मात्र घर आएका छन । यो पटक त नियमित विदामा पनि होइन, आमा बिरामी भएपछि असार अन्तिममा अचानक आएका थिए ।
उनले भनेको छन्, आमाको हेरचाह गर्नुपर्ने भएकाले कतै जान पाएको थिइनँ । अस्तिको दिन (शुक्रबार) हाम्रो टोल (धरान–१५ को परिवर्तन मार्ग) मा माइकिङ गरिरहेको सुनेँ । सुरुमा त खासै वास्ता गरेको थिइनँ । हाम्रो छिमेकीको घर पछाडि ससाना भाँडामा पानी जमेको रहेछ । सफा नगरेर डेंगीले लार्भा पारेको भन्दै फोटो खिचिरहेको देखें ।
सबभन्दा दुःख चाहिँ हत्कडी लगाउँदा लाग्यो । मेयरलाई मेयरज्यू भन्नुपर्ने होला, मैले हर्क दाइ भनें । अलि चर्को स्वर पनि गरेकै हुँ । तर मैले नभएको कुरा गरेको पनि होइन नि !
उहाँहरु पत्रकार हो कि को हो थाहा भएन ।
त्यो घरमा आमा–छोरा बस्छन् । बुढी आमा राम्रो बोल्न नसक्ने, कान पनि नसुन्ने अशक्त हुनुहुन्छ । टिबी रोग लागेकाले छोरा पनि चिन्ताजनक अवस्थामा हुनुहुन्छ । केही अगाडि टोल छिमेक मिलेर बीपी (कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान)मा उपचार गर्न लग्यौं । कुरुवा बस्ने मान्छे नभएर घरमै ल्याउनुप¥यो ।
उहाँहरु उपचार गर्न सक्ने अवस्थामा हुनुहुन्न । बिजुलीको लाइन पनि हामी छिमेकी मिलेर दिएका छौं । त्यही भएर मैले उहाँहरुको यस्तो अवस्था छ, फोटो खिचेर सबैलाई देखाएर बेइज्जत नगर्दिनुहोस् भन्दा अलिकति चर्काचर्की भयो । उता गएर कुरा गरौं भन्दा हर्क दाइ (मेयर हर्क सम्पाङ) पनि हुनुहुँदो रहेछ । मैले हर्क दाई ! यहाँ पानी बगिरहेको छ, कसले बनाइदिने हो भनेर प्रश्न गरें ।
उहाँले भाइ, तिमी विरोध गर्न आएको हो ? तिमी चुप लाग भन्नुभयो । मैले म विरोध गर्न आएको होइन, तर प्रश्न गर्न पाइँदैन र भनेर प्रतिप्रश्न गरें । मेयरले त्यसलाई पक्र, त्यसले भन्न खोजेको के हो भन्नुभयो । मैले बाटोमा पानी बगायो, फोहोर जमायो भनेर फोटो खिचेको घरमा भएका आमा छोराको अवस्था बुझाउन खोज्दा मेयरज्यूले थर्काउन खोज्नुभयो ।
मैले पनि त्यस्तो बिजोग छ कहिले हेर्नुभयो ? अनि भाँडामा फोहोर जमायो भनेर किन फोटो खिच्नुहुन्छ भनेर सोधेको हुँ । तपाईं जसरी बोल्नुहुन्छ म पनि त्यस्तै बोल्छु भनें । त्यसपछि म घर गएँ ।
घर गएको एक छिनमा उहाँले नगर प्रहरी पठाउनुभएछ । वडामा कुरा गर्नुपर्ने भयो भनेपछि म वडा प्रहरीको बाइकमा बसेर वडा प्रहरीको कार्यालय (सदन स्कुल छेउ) गएँ । त्यहाँ २० मिनेट जति बसेपछि इलाका प्रहरी कार्यालय धरानको भ्यान आयो । तपाईं उतै जानुपर्ने भयो, जाऊँ भन्नुभयो । मैले पनि हुन्छ भनेँ । तर मलाई ठूलै अपराध गरे जस्तो गरेर हत्कडी लगाएर लगियो ।
इलाका प्रहरी कार्यालय पु¥याएपछि पनि भित्र बाहिर गर्दा हत्कडी लगाइयो । स्वास्थ्य जाँच गर्न जाँदा पनि खोलिएन । शुक्रबार साँझ करिब सवा सात बजेतिर इलाका प्रहरी कार्यालय पु¥यायो, शनिबार अपरान्ह पाँच बजेतिर रिहा गरेको हिसाबले एक रात एक दिन त्यहाँ राखियो । मलाई विभिन्न आरोप लागेर पक्राउ परेका कैदीहरुसँगै राखियो ।
सबभन्दा दुःख चाहिँ हत्कडी लगाउँदा लाग्यो । मेयरलाई मेयरज्यू भन्नुपर्ने होला, मैले हर्क दाइ भनें । अलि चर्को स्वर पनि गरेकै हुँ । तर मैले नभएको कुरा गरेको पनि होइन नि !
मलाई कुनै राजनीतिक दलमा रुची छैन । फुर्सद पनि छैन । उहाँ मेयर हुँदा खुशी हुने युवामध्ये म पनि एक हुँ । तर के मेयरलाई प्रश्न गर्नै नपाइने हो ? प्रश्न गर्दैमा हत्कडी लगाउनुपर्ने हो र ?
मलाई प्रश्न गरेकै आधारमा पक्राउ गरियो, तर किन छोडियो भन्ने थाहा छैन । मलाई मेरो वडाका वडाध्यक्ष नरेश लिम्बुले छुटाउनुभयो । मलाई छोड्ने बेला कागजमा सही गर्न लगाइयो, त्यसमा के छ भन्ने पनि थाहा छैन ।
तर आज लेखक राई र समीर तामाङ नाम गरेको फेसबुक एकाउन्टबाट मेरो बारेमा जे पायो त्यही आरोप लगाएर लेखिएको छ । मलाई लागू पदार्थ दुव्र्यसनी, लागू पदार्थ ओसार पसार गरेको र तीन वर्षमा ७ चोटी पक्राउ परेको लेखिएको छ । बिहान अरुले देखाए, तर त्यसपछि खेतमा जानुपर्ने भएकाले भर्खरै आएको छु । आफ्नै मेयरलाई प्रश्न सोध्दा हत्कडी लगाएर एक रात एक दिन थुनिनुपर्ने, समर्थकहरुबाट भए नभएको आरोप खेप्नुपर्ने हुन्छ र ? म अब न्याय माग्न कहाँ जानुपर्ने हो ?
अब प्रहरीमा रिपोर्ट गर्नुपर्ने हो वा कहाँ गर्नुपर्ने हो सल्लाह लिएर अगाडि बढ्छु । यस्तो गम्भीर आरोप लगाएर लेखेको कुरा अहिले यत्तिकै छोड्दा भविष्यमा अप्ठ्यारो हुनसक्छ, त्यसैले कसरी न्याय पाउनसक्छु भनेर खोजीमा छु ।
(यो सामाग्री सञ्चारमाध्यमहरुको सहयोगमा निर्माण गरिएको ।)