सिद्धार्थनगर / एनआईसी एशिया बैंकका ग्राहकहरूले सिद्धार्थनगर, रुपन्देहीस्थित एशियन बुद्ध होटलमा सेवा लिँदा १५ प्रतिशत छुट पाउने भएका छन्।
बैंक र होटलबीच भएको सम्झौताअन्तर्गत, बैंकका ग्राहकहरूले होटलमा कुनै पनि सेवा लिँदा डिजिटल भुक्तानी मार्फत छुट सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।
एनआईसी एशिया बैंकले यस सहकार्यले ग्राहकहरूलाई छुट सुविधा मात्र नभई डिजिटल भुक्तानी प्रवर्द्धन गर्दै नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।