Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, October 2, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

माओवादी केन्द्र बैठकः पुन र शर्माले उठाए उत्तराधिकारी र भ्रष्टाचारविरोधी कुरा

Sambridinews by Sambridinews
आइतवार, साउन २१, २०८०
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
माओवादी केन्द्र बैठकः पुन र शर्माले उठाए उत्तराधिकारी र भ्रष्टाचारविरोधी कुरा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । साउन २१, चार दिनदेखि जारी माओवादी केन्द्रको बैठकमा पार्टीका उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गरेको बताउँदै यसलाई अझै प्रभावकारीरूपमा द्रुत गतिमा अगाडि बढाउनुपर्ने बताए ।

पुनले जस्तोसुकै अप्ठ्यारो परिस्थिति आए पनि भ्रष्टाचार र बेथितिविरुद्ध थालिएको अभियान बिचैमा नरोकिने र रोक्न नहुने बताए । पुनले आफ्नै दलभित्र पनि कोही भ्रष्टाचारमा संलग्न भएको पुष्टि भए उन्मुक्ति दिन नहुनेमा जोड दिए ।

You might also like

इनड्राइभको ‘सुनको सवारी’ क्याम्पियन सुरु: यात्रुलाई सुनको सिक्का, स्मार्ट टिभी र स्मार्टवाच जित्ने अवसर

नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान X5000e इलेक्ट्रिक प्राइम मुभर र टिप

‘सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गराएको छ । अध्यक्ष कमरेड तपाईंको अभियानमा हाम्रो दह्रो साथ छ,’ उनले भने, ‘कुनै पनि हालतमा यो अभियान रोकिँदैन र रोकिनुहुँदैन । छानबिन गर्दा पार्टीकै कोही नेता परे पनि सजाय भोग्न तयार हुनुपर्छ । यो अभियानले हामी कसैको बलिदान माग्छ भने पनि हामी तयार हुनुपर्छ ।’

पुनले प्रचण्डको विकल्प कसैले नखोजेको भन्दै उत्तराधिकारी निर्माण’दयगत विधिको विकास गर्नुपर्ने बताए । ‘अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन । अध्यक्षलाई सम्पूर्ण रूपले सहयोग गरेर जान म तयार छु,’ उनले भने, ‘उत्तराधिकारी तयार पार्न विधिको विकास गरेर जाऔं ।’

अर्का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले पार्टीमा महासचिवमा वर्षमान पुन र आफूमध्ये जसलाई बनाए पनि मान्य हुने अनुरोध गर्दागर्दै अर्को प्रस्ताव अघि सारिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

‘हामी तपार्इंकै हौं, दुई जना (वर्षमान पुन र शर्मा)मध्ये महासचिव जसलाई बनाए पनि हामीलाई मान्य हुन्छ भनेर अनुरोध गर्दा पनि नयाँ प्रस्ताव अघि सारिन्छ । सोही प्रस्तावलाई सहजरूपमा स्वीकार गर्दा पनि अनेकन प्रचारबाजी गरिन्छ । अनि गरौं के रु’ शर्माले प्रश्न गरे ।

उनले अध्यक्षकै आग्रहमा आफ्नो मत थाती राखेर भए पनि सभामुख र राष्ट्रपति एउटै पार्टीको बनाए थप समस्या आउँछ भनेर बोलेको र वातावरण बनाएको बताए ।

‘परिस्थिति अदलबदल गर्नुपर्दा वा अन्य कुनै संकट आइपर्दा सधैं अध्यक्षको पक्षमा खडा भएकै छु,’ शर्माले भने, ‘होला कहिलेकाहीं आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि । तर, त्यसैलाई असहयोग ग¥यो भनेर नेतृत्वको आडमा नानाथरी बिल्ला भिराएर प्रचारबाजी गरिन्छ ।’

उनले अध्यक्ष प्रचण्डलाई कुनचाहिँ अप्ठ्यारो मोडमा आफ्नो साथ र समर्थन नपाएको भनिदिन आग्रह समेत गरेका छन् । पार्टीलाई विधिसम्मत चलाउन विधान नमिच्ने संकल्प गर्नुपर्ने उनको भनाइ थियो । पार्टीभित्र मनोनयनको सट्टा निर्वाचन प्रक्रिया सुरु गर्नुपर्ने भनाइ शर्माको छ ।

‘पार्टीभित्र आलोचना र आत्मालोचना गर्ने, लागेका कुरा छलफल गरी सही वा गलत के हो भन्ने कुरा स्पष्ट गर्ने, नेतृत्वले एक वा अर्कोलाई विश्वासका आधारमा व्यवहार गर्ने पद्धतिको विकास गर्नुपर्छ,’ उनले भने ।

यसैगरी, माओवादी केन्द्र वाग्मती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले पार्टी बैठकमा आलोचना गर्नेले फिल्डमा के गर्छ भनेर प्रश्न उठाएका छन् । नेताहरू जिल्ला नगएको भन्ने केन्द्रीय सदस्यप्रति लक्षित गर्दै पौडेलले यस्तो प्रश्न उठाएका हुन् । उनले अहिले माओवादी सफल कि अवशानको चुनौतीपूर्ण मोडमा रहेको बताए ।

केन्द्रीय सदस्य कुलप्रसाद केसीले भने सहकर्मी सहयोद्धाबिच निषेधात्मक र दुष्मनीपूर्ण सम्बन्ध हुनु दुखद रहेको बताए । पूर्वमन्त्रीसमेत रहेका महेश्वर गहतराजले सरकारको कामका कारण पार्टीप्रति आमनागरिकको धारणा सकारात्मक देखिएको बताए । पार्टीभित्र विचार र राजनीतिलाई केन्द्रबिन्दुमा राखिनुपर्नेमा उनको जोड थियो ।

पार्टीको आन्तरिक अवस्था, सिंगो मुलुकको समसामियक परिस्थिति र माओवादी नेतृत्वको सरकार’दयगत पनि केन्द्रीय सदस्यले खुलेर आफ्ना कुरा राखेका छन् । पार्टीको निर्वाचन आयोगका सदस्यसमेत रहेका स्थिरप्रसाद खनालले पार्टीमा को सदस्य र कति पदाधिकारी छन् भन्नेसम्म आयोगलाई थाहा नभएको बताए ।

प्रदेश कमिटी खारेज गर्न माग
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा पार्टीको प्रदेश कमिटी खारेज हुनुपर्ने माग उठेको छ । पार्टीले प्रदेश कमिटीलाई ‘पंगु’ बनाएको र कार्यकारी भूमिका नदिएकाले कमिटी खारेज हुनुपर्ने माग उठेको हो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको अलिखित राजनीतिक एवं सांगठनिक प्रतिवेदनमा शनिबार आफ्नो सुझाव राख्ने क्रममा कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङले पार्टीको प्रदेश कमिटी खारेज गर्नुपर्ने माग गरेका हुन् ।

‘यो प्रदेश कमिटीलाई पार्टीले पंगु नै बनायो । कुनै अधिकार नै दिन चाहँदैन, यस्ता कमिटीहरू खारेज गर्दा नै राम्रो हुन्छ,’ कोशी प्रदेश अध्यक्ष नेम्वाङले भने, ‘प्रदेशको मन्त्री छनोटदेखि लिएर सांसद, सरकारमा सहभागी हुने कि नहुने रु प्रदेशसम्बन्धी कुनै निर्णय गर्दा केन्द्रले सल्लाह गर्ने कि नगर्ने रु हुँदाहुँदै केन्द्रीय सदस्य भटाभट मनोनित गर्छ तर प्रदेश कमिटीसँग कुनै समन्वय नै गर्दैन । आखिर किन चाहियो यो प्रदेश कमिटी रु अध्यक्ष कमरेड बरु यस्ता कमिटी खारेज गरौं ।’

चार दिनदेखि जारी माओवादी केन्द्रको बैठकमा २२ जना महिलालाई केन्द्रीय सदस्यमा मनोनित गरियो । तर, त्यसमा प्रदेश कमिटीसँग कुनै सल्लाह, सुझाव वा आवश्यक समन्वय पनि नगरिएपछि कोशी प्रदेशका अध्यक्ष नेम्वाङले प्रदेश कमिटी खारेज गर्नुपर्ने माग नेतृत्वसमक्ष गरेका हुन् ।

नेम्वाङ जस्तै अन्य प्रदेशका नेताका गुनासो पनि त्यस्तै छ । पार्टी केन्द्रीय कमिटीले प्रदेश कमिटीको कुनै निर्णय कार्यान्वयन नगर्ने र आफू खुसी गरिरहेकाले प्रदेश कमिटीको आवश्यक्ता, औचित्यमाथि नै प्रश्न उठेको छ । पार्टीले प्रदेश कमिटीलाई कार्यकारी कमिटीका रूपमा अगाडि बढाउने नीति लिए पनि नेतृत्वले व्यवहारमा त्यसलाई कार्यान्वयन नगरेको गुनासो नेताहरूले गरेका छन् ।-राजधानीबाट

Related

Previous Post

एन आई सी एशिया बैंकको आ.व. २०७९/८० को चौथो त्रयमासिक वित्तीयनतिजा प्रकाशित

Next Post

प्रधानन्यायाधीश कार्की सेवानिवृत्त, प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ

Sambridinews

Sambridinews

Related Posts

इनड्राइभको ‘सुनको सवारी’ क्याम्पियन सुरु: यात्रुलाई सुनको सिक्का, स्मार्ट टिभी र स्मार्टवाच जित्ने अवसर
TOP STORIES

इनड्राइभको ‘सुनको सवारी’ क्याम्पियन सुरु: यात्रुलाई सुनको सिक्का, स्मार्ट टिभी र स्मार्टवाच जित्ने अवसर

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
TOP STORIES

नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान X5000e इलेक्ट्रिक प्राइम मुभर र टिप
FEATURED

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान X5000e इलेक्ट्रिक प्राइम मुभर र टिप

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
स्मार्ट टिभी प्रयोगकर्ताका लागि नेपाल टेलिकमको भर्चुअल सेट-टप बक्स सेवा सुरु, १००० रुपैयाँ छुट पाइने
FEATURED

स्मार्ट टिभी प्रयोगकर्ताका लागि नेपाल टेलिकमको भर्चुअल सेट-टप बक्स सेवा सुरु, १००० रुपैयाँ छुट पाइने

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै
TOP STORIES

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै

by Sambridinews
बुधबार, अशोज १४, २०८३
Next Post
प्रधानन्यायाधीश कार्की सेवानिवृत्त, प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ

प्रधानन्यायाधीश कार्की सेवानिवृत्त, प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सुजनलाई दोहोरो स्वर्ण

सुजनलाई दोहोरो स्वर्ण

मङ्लबार, चैत्र ३, २०८२
विद्यालय शिक्षासम्बन्धी समस्या वार्ताको माध्यमबाट यथाशीघ्र समाधान गर

कैदीबन्दीहरुलाई कारागार फिर्ता हुन र नियन्त्रणमा लिएका हातहतियार फिर्ता गर्न आयोगको आग्रह

आइतवार, भदौ २९, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

इनड्राइभको ‘सुनको सवारी’ क्याम्पियन सुरु: यात्रुलाई सुनको सिक्का, स्मार्ट टिभी र स्मार्टवाच जित्ने अवसर
TOP STORIES

इनड्राइभको ‘सुनको सवारी’ क्याम्पियन सुरु: यात्रुलाई सुनको सिक्का, स्मार्ट टिभी र स्मार्टवाच जित्ने अवसर

शुक्रबार, अशोज १६, २०८३
नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
TOP STORIES

नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने

शुक्रबार, अशोज १६, २०८३
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान X5000e इलेक्ट्रिक प्राइम मुभर र टिप
FEATURED

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान X5000e इलेक्ट्रिक प्राइम मुभर र टिप

शुक्रबार, अशोज १६, २०८३
स्मार्ट टिभी प्रयोगकर्ताका लागि नेपाल टेलिकमको भर्चुअल सेट-टप बक्स सेवा सुरु, १००० रुपैयाँ छुट पाइने
FEATURED

स्मार्ट टिभी प्रयोगकर्ताका लागि नेपाल टेलिकमको भर्चुअल सेट-टप बक्स सेवा सुरु, १००० रुपैयाँ छुट पाइने

शुक्रबार, अशोज १६, २०८३
विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै
TOP STORIES

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै

बुधबार, अशोज १४, २०८३
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
TOP STORIES

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

बुधबार, अशोज १४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In