Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, November 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न

Sambridinews by Sambridinews
सोमवार, भदौ ८, २०८३
in FEATURED, TOP STORIES, समाचार, स्वास्थ्य
0
किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर । किस्ट टिचिङ हस्पिटल र भारतको मेदान्ता गुरुग्रामको सहकार्यमा सञ्चालित किस्ट–मेदान्ता क्लिनिको–सर्जिकल एक्सिलेन्स कोलाबोरेसन अन्तर्गत बाल शल्यचिकित्सा तथा बाल युरोलोजीसम्बन्धी विशेष शैक्षिक तथा चिकित्सकीय अन्तरक्रिया सम्पन्न भएको छ।

२०८३ साल भदौ ७ गते सम्पन्न कार्यक्रममा बालबालिकामा देखिने जटिल शल्यसम्बन्धी तथा युरोलोजिकल समस्या, आधुनिक उपचार पद्धति, उपचारका क्रममा अपनाउनुपर्ने दृष्टिकोण तथा जटिल अवस्थाको व्यवस्थापनबारे चिकित्सकहरूबीच ज्ञान र अनुभव आदानप्रदान गरिएको थियो।

You might also like

पूर्वमुख्यमन्त्री ईन्द्रबहादुर बानियाँविरूद्ध पक्राउ पुर्जी जारी

प्रधानमन्त्री बालेनकाे भारत भ्रमणको दोस्रो दिन : आज मोदीसँग भेटवार्ता

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सलाई

कार्यक्रममा भारतको मेदान्ता, गुरुग्रामबाट बाल शल्यचिकित्सक तथा बाल युरोलोजिस्ट डा. सन्दीपकुमार सिन्हाको विशेष सहभागिता रहेको थियो। उहाँले बाल शल्यचिकित्सा तथा बाल युरोलोजीका विभिन्न जटिल विषयमा विशेषज्ञ प्रस्तुति दिनुभएको थियो।

किस्ट टिचिङ हस्पिटलमा अनुभवी बहुविषयगत चिकित्सकीय टोली, विशेषज्ञ प्रत्यारोपण टोली तथा आवश्यक सम्पूर्ण क्लिनिकल सेवाहरू उपलब्ध रहेकाले नेपालमै गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा प्रदान हुँदै आएको अस्पतालले जनाएको छ। मेदान्तासँगको सहकार्यले यस सेवामा अन्तर्राष्ट्रिय विशेषज्ञता तथा ज्ञान आदानप्रदानलाई थप मजबुत बनाउँदै नेपालमै विशेषज्ञ उपचार सेवा उपलब्ध गराउने उद्देश्यलाई बल दिएको अस्पतालको भनाइ छ।

यस सहकार्यअन्तर्गत जटिल स्वास्थ्य समस्या भएका बिरामीका लागि दोस्रो विशेषज्ञ राय तथा दूरचिकित्सा सेवासमेत उपलब्ध गराइँदै आएको छ। आवश्यकताअनुसार बिरामीहरूले मेदान्ता, गुरुग्रामका सम्बन्धित विशेषज्ञ चिकित्सकसँग परामर्श लिन सक्ने व्यवस्था रहेको अस्पतालले जनाएको छ।

किस्ट टिचिङ हस्पिटलले किस्ट–मेदान्ता सहकार्यलाई शैक्षिक कार्यक्रममै सीमित नराखी विशेषज्ञ ज्ञान, दोस्रो राय, दूरचिकित्सा तथा उन्नत चिकित्सकीय सेवामार्फत बिरामीको उपचारको गुणस्तर र परिणाम सुधार गर्ने दिशामा निरन्तर अघि बढाउने जनाएको छ।

आगामी दिनमा पनि यस सहकार्यअन्तर्गत विभिन्न विशेषज्ञतामा केन्द्रित नियमित शैक्षिक कार्यक्रम, चिकित्सकीय अन्तरक्रिया तथा विशेषज्ञ परामर्शलाई निरन्तरता दिइने अस्पतालले जनाएको छ।

Related

Previous Post

चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी

Next Post

सगरमाथा आरोही संघको २५ औँ वार्षिकोत्सव: आरोहीको हक–हित र सुरक्षाका लागि एकीकृत नीतिको माग

Sambridinews

Sambridinews

Related Posts

पूर्वमुख्यमन्त्री ईन्द्रबहादुर बानियाँविरूद्ध पक्राउ पुर्जी जारी
TOP STORIES

पूर्वमुख्यमन्त्री ईन्द्रबहादुर बानियाँविरूद्ध पक्राउ पुर्जी जारी

by Sambridinews
सोमवार, मंसिर ८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमणको दोस्रो दिन : आज मोदीसँग भेटवार्ता
FEATURED

प्रधानमन्त्री बालेनकाे भारत भ्रमणको दोस्रो दिन : आज मोदीसँग भेटवार्ता

by Sambridinews
सोमवार, मंसिर ८, २०८३
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सलाई
FEATURED

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सलाई

by Sambridinews
शनिबार, मंसिर ६, २०८३
एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव
TOP STORIES

एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव

by Sambridinews
शनिबार, मंसिर ६, २०८३
एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि बहुक्षेत्रीय सहकार्य आवश्यक : मन्त्री मेहता
FEATURED

एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि बहुक्षेत्रीय सहकार्य आवश्यक : मन्त्री मेहता

by Sambridinews
शनिबार, मंसिर ६, २०८३
Next Post
सगरमाथा आरोही संघको २५ औँ वार्षिकोत्सव: आरोहीको हक–हित र सुरक्षाका लागि एकीकृत नीतिको माग

सगरमाथा आरोही संघको २५ औँ वार्षिकोत्सव: आरोहीको हक–हित र सुरक्षाका लागि एकीकृत नीतिको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राष्ट्रिय सेवा दल विधेयकमा बालअधिकार सुनिश्चित गर्न सिजपको आग्रह

राष्ट्रिय सेवा दल विधेयकमा बालअधिकार सुनिश्चित गर्न सिजपको आग्रह

मङ्लबार, अशोज ६, २०८३
राष्ट्रिय आर्थिक गणनालाई प्रभावकारी बनाउन राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल चेम्बर अफ कमर्सबीच सम्झौता

राष्ट्रिय आर्थिक गणनालाई प्रभावकारी बनाउन राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल चेम्बर अफ कमर्सबीच सम्झौता

मङ्लबार, जेष्ठ ५, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पूर्वमुख्यमन्त्री ईन्द्रबहादुर बानियाँविरूद्ध पक्राउ पुर्जी जारी
TOP STORIES

पूर्वमुख्यमन्त्री ईन्द्रबहादुर बानियाँविरूद्ध पक्राउ पुर्जी जारी

सोमवार, मंसिर ८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमणको दोस्रो दिन : आज मोदीसँग भेटवार्ता
FEATURED

प्रधानमन्त्री बालेनकाे भारत भ्रमणको दोस्रो दिन : आज मोदीसँग भेटवार्ता

सोमवार, मंसिर ८, २०८३
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सलाई
FEATURED

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सलाई

शनिबार, मंसिर ६, २०८३
एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव
TOP STORIES

एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव

शनिबार, मंसिर ६, २०८३
एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि बहुक्षेत्रीय सहकार्य आवश्यक : मन्त्री मेहता
FEATURED

एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि बहुक्षेत्रीय सहकार्य आवश्यक : मन्त्री मेहता

शनिबार, मंसिर ६, २०८३
नेपालीहरू संसारकै ठूलो मन भएका मानिसहरूमध्ये पर्छन् : मार्क रायन सांसद
TOP STORIES

नेपालीहरू संसारकै ठूलो मन भएका मानिसहरूमध्ये पर्छन् : मार्क रायन सांसद

शुक्रबार, मंसिर ५, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In