Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

प्रधानन्यायाधीश कार्की सेवानिवृत्त, प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ

Sambridinews by Sambridinews
आइतवार, साउन २१, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
प्रधानन्यायाधीश कार्की सेवानिवृत्त, प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । २१ श्रावण, नेपालको न्यायिक इतिहासमै सबैभन्दा छोटो कार्यकालका लागि प्रधानन्यायाधीश रहनुभएका हरिकृष्ण कार्कीले शनिबार सेवानिवृत्त हुनुभएको छ।

कार्की प्रधानन्यायाधीशका रूपमा जम्मा ५० दिन रहनुभएको थियो। न्यायलयमा देखापरेका विकृतिविसंगति सुधारका लागि आफैंले बनाएको प्रतिवदेनसमेत कार्यान्वयन गर्न नपाउँदै कार्कीले नियमित अवकाश पाउनुभएको हो। सर्वोच्च अदालतमा आइतबारदेखि प्रधानन्यायाधीश रिक्त भएको हो। न्यायपरिषद्ले कार्कीलाई दिएको पत्रमा वैयक्तिक विवरण अभिलेखका आधारमा कार्कीको जन्ममिति २०१५ साउन २० गते उल्लेख रहेका कारण श्रावण १९ गते बिहीबार ६५ वर्ष पूरा भएकाले उमेर हदका कारण शनिबार अनिवार्य अवकाशमा जाने उल्लेख गरिएको छ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायालयमा देखिएको विकृतिविसंगतिबारे अध्ययन गराउन कार्कीको नेतृत्वमा २०७७ श्रावण ३० गते एक समिति गठन गरिएको थियो। त्यसको एक वर्षपछि कार्कीले प्रतिवेदन पेस गर्नुभएको थियो। तर आफैंले बनाएको प्रतिवेदनसमेत पेश नगरी कार्की सेवानिवृत्त भएको विश्लेषकहरू बताउँछन्। कार्कीले विवादमा आउने भ्रष्टाचारसम्बन्धी कुनै फैसला गर्नुभएन भने नियमित सरुवा बढुवा र न्यायाधीश नियुक्तिमा समेत पहलकदमी लिन नसकेको बताइएको छ। कार्कीलाई मुद्दामा लेनदेन र भ्रष्टाचार गरेको कुनै आरोप नलागे पनि प्रधानन्यायाधीशका रूपमा सामान्य जिम्मेवारी निर्वाह गर्नुभएको भनी विश्लेषण गर्ने गरेको छ। निकटवर्तीहरूका अनुसार कार्की विवादबाट टाढै बस्न मन पराउने व्यक्ति हुनुहुन्छ। त्यसले गर्दा आफंैले दिएको प्रतिवेदन कार्यान्वयनमा ल्याउन समेत अनिच्छुक देखिएको बुझिएको छ। उहाँ लोभ, लालच नगर्ने र काममा अलि ढिलाइ गर्ने स्वभाव भएको संवैधानिक कानुनका ज्ञातासमेत रहेका विकास भट्टराईको टिप्पणी रहेको छ।

प्रधानन्यायाधीशबाट कार्कीको बिदाइसँगै न्यायायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज आइतबारदेखि सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशको रूपमा कार्यसम्पादन गर्नुहुनेछ। कामुलाई अदालतको कामकारबाहीमा प्रधानन्यायाधीश सरहको अधिकार रहने छ।

श्रेष्ठलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरिए पनि संसदीय सुनुवाइ शुरू हुन बाँकी रहेकाले प्रधानन्यायाधीशको रूपमा काम गर्न केही दिन लाग्नेछ। सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश रहनुभएकाले बिहीबार संवैधानिक परिषद्को बैठक बसेर उहाँलाई अबको प्रधानन्यायाधीशमा सिफारिश गरेको हो। संसदीय सुनुवाइपछि श्रेष्ठ प्रधानन्यायाधीशमा नियुक्ति नहुञ्जलेसम्म कामु प्रधानन्यायाधीशको रूपमा जिम्मेवारी सम्हाल्नुहुनेछ ।

प्रधानन्यायाधीशले अवकाश पाउने एक महिनाअघि प्रधानन्यायाधीशमा सिफारिस गर्नुपर्नेमा कार्कीले अवकाश पाउने एक दिन अघि मात्र श्रेष्ठलाई नयाँ प्रधानन्यायाधीशमा सिफारिस गरिएको थियो। संवंैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिले अनुमोदन नगरेसम्म श्रेष्ठले कामुका रूपमा कार्यसम्पादन गर्नुहुनेछ। प्रधानन्यायाधीश, न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी र राजदूत नियुक्तिका लागि प्रस्तावित गरिएका नामको सम्बन्धमा संविधानको धारा २८२ बमोजिम सुुनुवाइका लागि संसदीय सुनुवाइ समिति रहने प्रावधान रहेको छ। समितिमा प्रतिनिधिसभाको सहमति लिई सभामुखले मनोनीत गरेका प्रतिनिधिसभाका १२ जना र राष्ट्रिय सभाको सहमति लिई अध्यक्षले मनोनीत गरेका तीन जना गरी जम्मा १५ सदस्यीय रहनेछन्।

समितिमा सुनवाइको कार्यविधिअनुरूप श्रेष्ठकोे विषयमा उजुरी, गुनासो भए लिखित रूपमा दर्ता गर्न आह्वान गर्ने छ। उजुरी परेमा त्यसको सुनुवाइ र आवश्यक परे गम्भीर छानबिनसमेत गरी समितिले संवैधानिक परिषद्को सिफारिसको अनुमोदन गर्नेछ। अनुमोदन पछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ। श्रेष्ठ संसदीय सुनुवाइबाट अनुमोदन भएमा करिब १४ महिनाजति प्रधानन्यायाधीशको रूपमा काम गर्नुहुनेछ। श्रेष्ठकोे व्यक्तिगत विवरणअनुसार २०८१ असोज १९ गतेसम्म प्रधानन्यायाधीशका रूपमा काम गर्नुहुनेछ। कार्कीको अवकाशसँगै सर्वोच्च अदालतमा न्यायाधीश रिक्तको संख्या सात पुगेको छ।

Related

Previous Post

माओवादी केन्द्र बैठकः पुन र शर्माले उठाए उत्तराधिकारी र भ्रष्टाचारविरोधी कुरा

Next Post

आगामी तीन दिन मनसुन सक्रिया हुने केही प्रदेशमा भिषण बर्ष हुने सम्भावना

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा

आगामी तीन दिन मनसुन सक्रिया हुने केही प्रदेशमा भिषण बर्ष हुने सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आयोजक एलए विजयी

आयोजक एलए विजयी

आइतवार, मंसिर १५, २०८२
नियम विपरीतका व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी ४८ घण्टाभित्र फिर्ता गर्न गृहकाे निर्देशन

आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन

बिहिबार, माघ १२, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In