– भोजराज घिमिरे
कुनै समय ठुलो अनिकाल र भोकमरीमा परेको उत्तर कोरिया आज कसरी बिश्वको महाशक्ति देश अमेरिकालाई थर्काउन सक्ने भयो ? सन १९९० को शुरुआत ३ वटा महत्त्वपूर्ण घटनाहरुले उत्तर कोरियामा बहुआयामिक सङघर्ष ल्यायो ।
पहिलो सन १९९१ मा भएको सोभियत संघको बिघट्न र त्यसको प्रत्यक्ष प्रभाव उत्तर कोरियाली अर्थतन्त्रमा पर्न गयो । जस्को कारण यो देशको ८०% प्रतिशत बैदेशिक ब्यापार ठप्प भयो । त्यो समय पेट्रोलियम पदार्थको लागि उत्तर कोरिया पुर्णरुपमा सोभियत संघमाथि निर्भर थियो ।
पेट्रोलियम पदार्थको आयत पनि ७५% प्रतिशतले घट्यो, यतिबेला उत्तर कोरिया निकै दयनीय अवस्थामा पुगेको थियोे । एकातिर देशले ठुलै आर्थिक संकट भोगिरहेको थियोे भने अर्कोतिर त्यसैबेला सन १९९४ मा उत्तर कोरियाका संस्थापक नेता किम इल सुङ्गको निधन हुनपुग्यो ।
अचम्मको कुरा त केहो भने,उत्तर कोरियाका जनताले किम इल सुङ्ग बाहेक अरु कुनै पनि नेतालाई देखेकै थिएनन् । बिगत ४८ बर्ष देखि यिनैले शासन गरिरहेका थिए । उनलाई गुमाउदा आफ्नै परिवारका सदस्यलाई गुमाए जस्तो पिडा बोध भएको थियोे उत्तर कोरियाली जनताहरुलाई ।
यस लगत्तै ठुलो बिपत्ति उत्तर कोरियाले भोग्नु पर्याे । शताब्दीमै पर्ने भारी बर्षाका कारण उत्तर कोरियामा सन १९९५ र सन १९९७ पर्याे र जसले गर्दा त्यहाँ ठुलो बाडी आयो र त्यसका कारण व्यापक भौतिक र आर्थिक क्षेत्रमा क्षति पु¥यायो ।
उक्त बाडी र बर्षादले ठुलो क्षति खेतीयोग्य जमिन,जलविद्युत,कोइला खानी सिचाइ र जमिनमुनि राखिएको खाध्यान्न भण्डारनमा क्षति पु¥याएको थियोे ।
त्यहाको ८०% प्रतिशत जमिन पहाडी भुभागले बनेको छ । जाहा २०% प्रतिशत जमिन मात्रै खेतीयोग्य छ । जसमा ६ महिना मात्रै खेती गर्न सकिन्छ भने, बाँकी ६ महिना चिसो र तुसारो परेर खेती गर्न सकिन्न ।
यस्तो प्राकृतिक जटिलताले भरिएको उत्तर कोरियामा पश्चिमा संचारमाध्यमले पुन खाध्य संकट पर्न सक्ने भन्दै प्रचारप्रसार गर्देछन । त्यहाँका नेता किम जुङ्गले सन २०२५ सम्म कम खानाखान सुझाव दिएको भन्दै गलत प्रचारप्रसार गरेका छन् ।
युद्ध र भयानक प्रकृतिक संग जुद्भै लड्दै बजारिदै फेरि उठ्दै आज उत्तर कोरिया आफ्नै खुट्टामा बलियोसँग उभिएर संसारकै शक्तिशाली मुलुक अमेरिकालाई चुनौती दिइरहेको छ । त्यसैगरी ल्याटिन अमेरिकी मुलुक क्युवाले सन १९९१ मा सोभियत संघको बिघट्न भएर घोषित रुपमा पुँजीवादको पुनरस्थापना भएता पनि क्युवामा घोषित रुपमा पुँजीवादको पुनथापना भएन, जसरी पुर्वी युरोपमा भयो ।
साम्राज्यवादी अमेरिकाको नजिकै रहेर पनि क्युवाले आफ्नो बलबुताले भ्याएसम्म अमेरिकी साम्राज्यवादको डटेर मुकाबिला गरिरहेको छ । सामारिक घेराबन्दी र आर्थिक नाकाबन्दीका बिरुद्धमा समेत जुधेर समाजवादी क्युवाले आफ्नो देशको झण्डालाई अमेरिकी साम्राज्यवादका बिरुद्धमा फहराई रहेको छ ।
आजको भुमण्डलीकरणको युगमा समाजवादी क्युवाको यो साम्राज्यवाद बिरोधी प्रतिरोधलाई कम आँक्न मिल्दैन । तर नेपालका नेपाली कम्युनिस्टहरुमा त्यस्तो राष्ट्रियता सार्वभौमिकता र अखण्डताका बिषयमा एक रुपता देखिएन । पैसाका लागि बिदेशीका भरिया र दासत्व सहर्ष स्विकार्न तयार देखिन्छ । बिदेशीको स्वार्थलाई सिरोपर गर्ने कम्युनिस्ट नेतृत्वले बिगत ५० बर्षदेखि जीवनका सबै स्वार्थ त्यागेर कम्युनिस्ट आदर्शको रक्षा गर्ने योद्धाहरुलाई दास बनाउने हर्कत भैरहेको छ ।
यसरी बिकास भइरहेको गैर कम्युनिस्ट हरकतको बिरुद्धमा सच्चा कम्युनिस्ट योद्धाहरुले बेलैमा एकजुट भै आफ्नो बलिदान सँगै देखेको सपना साकार पार्न कम्मर कसेर फेरि एकपटक राष्ट्र, राष्ट्रियता सार्वभौम र अखण्डताका साथसाथै समाजवाद हुदै साम्यवादका लागि निर्णायक लडाइँ गर्ने समय आइसकेको छ ।
कम्युनिस्ट पार्टीमा अहिलेकै नेतृत्व रहिरहे देशको सार्वभौमिकता गुमने सम्भावना त्यतिकै प्रवल पनि छ । यिनीहरू भारत र अमेरिकाको गुलाम हुन । गुलाम र दास मानसिकताले कम्युनिस्ट क्रान्तिलाई नोक्सान पु¥याउछ ।