Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

समृद्ध नेपाल बनाउने अभिभारा हाम्रो काँधमा छः अध्यक्ष ओली

Sambridinews by Sambridinews
बुधबार, जेष्ठ ३, २०८०
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
समृद्ध नेपाल बनाउने अभिभारा हाम्रो काँधमा छः अध्यक्ष ओली
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

काठमाडौं ।जेठ ३, नेकपा (एमाले) ले पार्टीका तत्कालीन महासचिव जननेता मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको आज ३१औं स्मृति दिवसमा उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुका साथै उच्च सम्मान प्रकट गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेताहरूले विहान मदन नगर, बल्खुमा आयोजित कार्यक्रममा स्व। मदन– आश्रितका तस्वीरमा माल्यार्पण गर्नुका साथै उहाँहरूको योगदानको स्मरण र सम्मान प्रकट गर्नुभयो ।
कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले समृद्ध नेपाल बनाउने जननेता भण्डारीको सपना हामी उत्तराधिकारीले पूरा गर्नुपर्छ भन्नुभयो ।
जननेता भण्डारीले छोडेर जानुभएका अभिभारा पूरा गर्न सक्ने विचार र संगठन एमालेसँग रहेको र पार्टीलाई अझ सुदृढ र एकताबद्ध बनाई सक्रिय हुनुपर्ने वताउँदै अध्यक्ष ओलीले भन्नुभयो– नेपाललाई आधुनिक, सम्पन्न र न्यायोचित देशका रूपमा परिणत गर्ने कर्तव्य हाम्रो काँधमा आएको छ । यो हाम्रा सन्तति र भविष्यसँग जोडिएको विषय हो ।
समृद्ध नेपाल बनाउने यात्रामा अबरोध पुर्याउन विरोधीहरू षडयन्त्र गरेर आउने हुँदा जननेता भण्डारीले छोडेर जानुभएका अभिभारा पूरा गर्न सजिलो नभए पनि सम्भव रहेको वताउँदै अध्यक्ष ओलीले पार्टीका नेताकार्यकर्तालाई ‘हामी जित्छौं’ भन्ने आत्मविश्वास र उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गर्नुभयो ।
देशको परिस्थिति अत्यन्तै गम्भीर र जटिल रहेको, नेपाली कांग्रेस देशलाई कसरी सही बाटोमा लैजानुपर्ने हो भन्ने सोच्न सक्ने अवस्थामा पनि नरहेको, सरकार उद्देश्यविहीन, गन्तव्यहीन, नीतिविहीन तथा कार्यक्रमविहीन अवस्थाबाट गुज्रिइरहेको चर्चा गर्दै अध्यक्ष ओलीले देशको विग्रेको, भत्केको राजनीतिक, आर्थिक तथा सामाजिक स्थितिलाई कसरी सङ्लो बनाउने भन्ने विषयमा सरकार गम्भीर नरहेको वताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो– सत्तारूढ गठबन्धनमा रहेको ठूलो दल नेपाली कांग्रेस ‘भोलि उठी कहाँ जाने केही थाहा छैन…..’ बोलको गीत जस्तो किंकर्तव्यविमुढको अवस्थामा छ, सरकार सर्पको मुखमा परेको भ्यागुतो जस्तो आफू सर्पको आहारा बन्दाबन्दै पनि खान पाए नछोड्ने खालको छ ।
अध्यक्ष ओलीले सत्तामा पुग्नका लागि, सरकार गठनका लागि एमालेबाट गठबन्धन बनाउने काम नहुने स्पष्ट गर्दै वस्तुतः नेकपा (एमाले) एक्लैले जटिल परिस्थितिबाट देशलाई जोगाउनुपर्ने छ भन्नुभयो ।
अध्यक्ष ओलीले ३१औं मदन– आश्रित स्मृति दिवसमा जनताको बहुदलीय जनवादको उद्देश्य साकार पारेरै छाड्ने सङ्कल्प गर्दै यसबाट उहाँहरूप्रति सम्मान हुने विश्वास व्यक्त गर्नुभयो ।
जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो ।
कार्यक्रममा महासचिव शंकर पोखरेलले मुलुकको सङ्कटमोचन गर्न सक्ने पार्टी नेकपा ९एमाले० मात्रै भएको वताउनुभयो । उहाँले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता आजका चुनौती रहेको वताउँदै मदन– आश्रितका योगदानको जगमा आजका चुनौतीको सामना गर्नुपर्ने धारणा राख्नुभयो ।
जननेता भण्डारीको नेतृत्वमा नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रीकरण गर्दै अगाडि बढाउन सफलता मिलेको, पुष्पलालले अगाडि सार्नुभएको निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध संयुक्त जनआन्दोलनको अवधारणा कार्यान्वयन गर्न सफल भएको, २०४७ सालको संविधान जारी गर्दा जननेता भण्डारीले पार्टीका तर्फबाट राख्नुभएका २७ बूँदे फरक मत २०६२÷६३ को जनआन्दोलनले अनुमोदन गरेको चर्चा गर्दै महासचिव पोखरेलले जननेता भण्डारी दूरदर्शी नेता भएको वताउनुभयो । कार्यक्रममा पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, अनुशासन आयोगका अध्यक्ष केशव वडाल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटव्यूरो र केन्द्रीय कमिटीका सदस्यहरू, अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य, स्व।जीवराज आश्रितकी पत्नी माया ज्ञवाली तथा ठूलो सङ्ख्यामा कार्यकर्ताको सहभागिता रहेको थियो ।

Related

Previous Post

सोफेस राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिसको तयारी पूरा

Next Post

रमाना दिएका र लिएका कर्मचारीको विवरण उपलब्ध गराउन मन्त्रालयको निर्देशन

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
रमाना दिएका र लिएका कर्मचारीको विवरण उपलब्ध गराउन मन्त्रालयको निर्देशन

रमाना दिएका र लिएका कर्मचारीको विवरण उपलब्ध गराउन मन्त्रालयको निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आइफोन १५ सार्वजनिक : यस्ता छन् विशेषताहरु

आइफोन १५ सार्वजनिक : यस्ता छन् विशेषताहरु

बुधबार, भदौ २७, २०८०
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि

बुधबार सुनकाे मुल्य ७ हजार ५ सय रुपैयाँले घट्याे

बुधबार, बैशाख १०, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In